इटहरी । इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण ५७ जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार कोरोनाको दोस्रो भेरियन्ट आइकन ५७ जनाको मृत्यु भएको हो ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार दोस्रो भेरियन्ट आइकन इटहरी क्षेत्रमा मात्रै ३ हजार ४२ जना संक्रमित पुगेका छन् । ती मध्ये २,१२९ जना निको भएका छन् भने ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै नागरिकस्तरबाट जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले संक्रमणदर फैलिएको अस्पताल इन्चार्ज धमलाको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)