Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थअन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

मधुजंग पाण्डे,
sharethis

काठमाडौं । सरकारले बिहीबार (आज)बाट सुरु भएको जुलाई महिनाभरका लागि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय हवाई उडानको तालिका सार्वजनिक गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि आगामी ३१ जुलाईसम्मका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

पछिल्लो समय स्वदेशमा मात्र नभएर संसारभर कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएसँगै प्राधिकरणले प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान भर्नेगरी नयाँ उडान तालिका स्वीकृत गरेको छ । यो तालिका पछिल्लोपटक मन्त्रिपरिषद्ले दिएको हवाई उडान स्वीकृतिका आधारमा तय गरिएको प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को निणर्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम हाल प्राधिकरणले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकेर नियमित अन्तर्राष्ट्रिय उडान खोलेको छ ।

अझै दक्षिण कोरिया र चीनबाट भने सम्बन्धित वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । यी मुलुकबाहेक अन्य गन्तव्य मुलुकमा सातामा कुल २१ वटा अन्तर्राष्ट्रिय उडानको अनुमति दिइएको छ । यसरी अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।

स्वदेशी वायुसेवा कम्पनीका विमान नजाने गन्तव्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । हाल कोरिया, टर्की, कुवेत र ओमान स्वदेशी वायुसेवा कम्पनीको विमान नजाने गन्तव्य मुलुक हुन् । हाल नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट भारतको नयाँ दिल्ली, कतारको दोहा, यूएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा सीधा उडान भर्नेछ । यसैगरी, अर्को स्वदेशी निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट साउदी अरेबियाको दमाम, यूएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान भर्ने अनुमति पाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

यस नयाँ उडान तालिकाअनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउने विदेशी वायुसेवा कम्पनीमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाई दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले आगामी ३१ जुलाईसम्मका लागि स्वीकृत उडान सम्बन्धित वायुसेवा कम्पनीले कोरोना महामारीबीच हवाई उडानमा अपनाउनुपर्ने सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पु-याएर उडान भर्ने सर्तसहित माग गरेअनुरूप स्वीकृत भई उडान तालिका सार्वजनिक गरिएको बताए ।

यसैगरी, प्राधिकरणले बिहीबारदेखि नै लागूू हुनेगरी नियमित आन्तरिक हवाई उडान सञ्चालनको अनुमति दिएको छ । सोहीअनुरूप सम्बन्धित वायुसेवाका विमानले बिहीबार बिहानैदेखि नियमित आन्तरिक हवाई उडान भर्नेछन् । हाललाई सरकारले साबिकको तुलनामा ५० प्रतिशतभन्दा नबढाउने गरी आन्तरिक उडान भर्ने अनुमित दिएको छ । यस अनुमतिअनुसार उडान स्वीकृत पाएका सम्बन्धित वायुसेवाका विमानले दैनिक जम्मा ६४ वटा मात्र उडान भर्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया

(Visited 158 times, 1 visits today)

आजको समाचार

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

साताका लोकप्रिय समाचार

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार

  काठमाडौं । माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशद्वय दीपक...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जना लाई विभूषण

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।    नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

दुई दिनपछि सरकार विस्तार हुन्छ : प्रचण्ड

  जनकपुरधाम । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

ट्रेन्डिङ

वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययनमा जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)