Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३आउटस्ट्याण्डिङ कलेज अफ द इयर २०२१ बाट जेभियर इन्टरनेशनल पुरस्कृत

आउटस्ट्याण्डिङ कलेज अफ द इयर २०२१ बाट जेभियर इन्टरनेशनल पुरस्कृत

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपालको जेभियर इन्टरनेसनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।

हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको सहप्राचार्य दिपेन दाहालले बताए ।

कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरी सो अवार्ड प्राप्त भएको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताए । 

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षामा सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । साथै, युनिभसिटी अफ क्यामब्रिजको ‘ए’ लेबलमा २००९ र २०१९ मा विश्वको टप रिजल्ट निकाल्न सफल भएकाे जानकारी कलेजका सहप्राचार्य दिपेन दाहालले जानकारी गराए ।

तपाइको प्रतिक्रिया

(Visited 100 times, 1 visits today)

आजको समाचार

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

साताका लोकप्रिय समाचार

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

  सुनसरी । गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष...

ट्रेन्डिङ

कोरोना संक्रमित विराटनगरकी महिलाको मृत्यु

मोरङ ।  कोरोना संक्रमित विराटनगरकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर –११ की ४३ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...

पर्वतीय खेलकुदको कार्यविधि तयार

काठमाडौं । बागमती प्रदेश पर्वतीय खेलकुद महासंघको कार्यसमिति बैठकले वार्षिक कार्य योजना तयार पारेको छ । भर्चुअलमार्फत बसेको बैठकले वार्षिक कार्ययोजना पारित गरेको हो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)