काेराेना संक्रमणबाट ३९ लाख ४७ हजार ९९ जनाको मृत्यु (२० मुलुककाे सूचीसहित)

 

एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २२ लाख ४ हजार ८५७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ४७ हजार ९९ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुलाई १ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

कुन  देशमा कतिकाे मृत्यु

संयुक्त राज्य अमेरिकामा  तीन करोड ३६ लाख ६४ हजार ९४९ जना संक्रमित भएका छन् भने  छ लाख ४ हजार ७१४ काे मृत्यु भएकाे छ । भारत तीन करोड ४ लाख ११ हजार ६३४ जना संक्रमित भएका छन् ।  तीन लाख ९९ हजार ४५९ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

ब्राजिल काेराेना संक्रमित धेरै भएकाे अर्काे मुलुक हाे । अहिलेसम्म  एक करोड ८५ लाख ८७ हजार संक्रमित भएका छन् भने   पाँच लाख १८ हजार ६६ काे मृत्यु भएकाे छ । फ्रान्समा ५८ लाख ३७ हजार २६५   जना संक्रमित छन् एक लाख ११ हजार २४४ काे मृत्यु भएकाे छ ।

रुसमा ५४ लाख ३९ हजार ५९४  जना संक्रमित भएका छन् भने एक लाख ३२ हजार ९७३ काे मृत्यु भएकाे छ । टर्कीमा ५४ लाख २५ हजार ६५२ संक्रमित भएकाेमा ४९ हजार ७३२ काे मृत्यु भएकाे छ । बेलायतमा ४८ लाख १७ हजार २९८ संक्रमित भएकाेमा एक लाख २८ हजार ४०४ जनाकाे मृत्यु भएकाे छ ।

अर्जेन्टिनामा ४४ लाख ७० हजार ३७४ जना संक्रमित भएकाेमा ९४ हजार ३०४काे मृत्यु भएकाे छ । त्यस्तै इटालीमा ४२ लाख ५९ हजार ९०९  जना संक्रमित भएकाेमा एक लाख २७ हजार ५६६ जनाकाे मृत्यु भएकाे छ ।

कोलोम्बियामा ४२ लाख ४० हजार ९८२ संक्रमित भएकाेमा  एक लाख ६ हजार ५४४ जनाकाे मृत्यु भएकाे छ । स्पेनमा ३८ लाख ८ हजार ९६० मा संक्रमण भएकाे थियाे भने ८० हजार ८७५ जनाकाे निधन भएकाे छ । जर्मनी ३७ लाख ३६ हजार २०५ जना संक्रमित थिए । ९० हजार ९४५काे मृत्यु भएकाे छ भने इरान ३२ लाख ४ हजार ५५७ मा संक्रमण पुष्टी भएकाे थियाे । ८४ हजार २६४ जनाकाे निधन भएकाे छ । 

पोल्याण्डमा २८ लाख ७९ हजार ९१२ मा संक्रमण भएकाेमा ७५ हजार २१ जनाकाे मृत्यु भएकाे छ । मेक्सिकोमा २५ लाख १९ हजार २७९ संक्रमित भएकाेमा दुई लाख ३३ हजार ४७ काे मृत्यु भएकाे छ । युक्रेनमा २३ लाख १०१ संक्रमित भएका थिए भने ५४ हजार ५८१ जनाकाे मृत्यु भएकाे थियाे । इन्डोनेसियामा २१ लाख ७८ हजार ३७२ संक्रमित भएका थिए भने  ५८ हजार ४९१ काे मृत्यु भएकाे छ । 

पेरुमा २० लाख ५२ हजार ६५ जनामा संक्रमणा भएकाेमा  एक लाख ९२ हजार ३३१ काे मृत्यु भएकाे थियाे । दक्षिण अफ्रिका १९ लाख ७३ हजार ९७२ संक्रमित भएकाेमा ६० हजार ६४७ मृत्यु भएकाे छ । त्यस्तै नेडरल्याण्डमा १७ लाख १२ हजार ७४७ संक्रमित भएकाेमा १८ हजार २८ जनाकाे मृत्यु भएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)