दुवैतर्फको बहस सकियो, अब बहसको समय ७ घण्टा मात्रै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलामसा सुुनुवाइ भइरहेको प्रतिनिधि सभा विघटनसम्बन्धी निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीको बहस शुक्रबार सकिएको छ । प्रधानमन्त्रीका तर्फबाट २१ जना कानुन व्यवसायीले बहस गरेका छन् । १५ घण्टाको बहसमा सरकारपक्षका कानुन व्यवसायीले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरे ।

९ असारदेखि निरन्तर सुुनुवाइ भइरहेको यो मुद्दामा रिट निवेदक शेरबहादुर देउवासहित १ सय ४६ जना तत्कालीन सांसदको तर्फबाट ३६ जनाले बहस सकेका थिए । त्यस्तै, सरकारी वकिलतर्फबाट ११ जनाले बहस गरे ।

इजलाससमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा (कार्यसमय) र प्रत्यार्थीहरूको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कुल ३ घण्टा समय गरी कुल (अधिकत) १५ घण्टा बहसका लागि समय प्रदान गरिएको थियो । सरकारी वकिलसहित प्रत्यार्थीहरू तर्फका सबै कानुन व्यवसायीका लागि कुल (अधिकतम) १५ घण्टा मात्र कार्य समय (बहस समय) प्रदान गरिएको थियो । अब प्रत्यार्थीहरूका लागि ३ घण्टा जवाफी बहस गर्न मात्रै समय बाँकी छ । सम्भवत आगामी मंगलबारसम्म अन्तिम फैसला आउन सक्ने देखिएको छ ।

– प्रतिनिधिसभा विघटन मुद्दा
– मंलगबारसम्म फैसला आउन सक्ने

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइको समय अब ७ घण्टा मात्रै बाँकी छ । यो समयमा सभामुखका वकिलका लागि २ घण्टा, रिट निवेदकलाई जवाफी बहसका लागि ३ घण्टा छुट्याइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको तर्फका कानुन व्यवसायीको बहस आइतबार हुनेछ ।

सभामुख तर्फको बहस सकिएपछि रिट, निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहसका लागि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुंगो लागेको छ ।

रिट निवेदकको जवाफी बहस सकिएपछि एमिकस क्युरी (अदालतका सहयोगी)ले संविधानको धारा ७६ (५) र राष्ट्रपतिको अधिकारको सम्बन्धमा संवैधानिक इजलासमा स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि इजलासले २ घण्टाको समय तोकेको छ ।

विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाएको छ ।

६ जेठमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने भन्दै २१ घण्टाभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । सो समय अवधिमा कांगे्रस सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । साथै प्रधानमन्त्री ओलीले एमाले र जनता समाजवादी पार्टीको पत्रसहित आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी पेस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ जेठमा प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक र मंसिरमा निर्वाचन घोषणा गरेकी थिइन् । प्रतिनिधि सभा विघटनको सो कदमसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालेले विघठित प्रतिनिधि सभाका १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटको निवेदनमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा सुनुवाइ भइरहेको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

कैलालीमा १३ जेठसम्म निषेधाज्ञा थपियो
गोट्जे पीएसभीमा
मापदण्ड विपरित सल्लाको खोटो संकलन हुँदा सल्लाको वन संकटमा
रौतहटमा गोली हानी युवतीको हत्या
सर्वोच्च अदालतको मुद्दाको बहस अब ‘भिडियो कन्फरेन्स’ बाटै
परिचय नदिई कागजात माग्दै अख्तियार, आतंकित पारेको जनप्रतिनिधीको आरोप

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी