नायिका सुपुष्पा विवाह बन्धनमा

 

काठमाडौं । कोरोना कहरमा नायिका सुपुष्पा भट्टले विवाह गरेकी छिन् । उनले चलचित्र निर्माता तथा आफ्नो प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । यी दुईबीच गत १५ बैशाखमा टिकोटालो भएको थियो ।

कोरोना संक्रमणका कारण विवाहमा सिमित चलचित्रकर्मी सहभागी थिए । यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो ।

सुपुष्पाले चलचित्र रणबीरबाट दुई वर्ष अघि नायिकाको रुपमा करिअर सुरु गरेकी हुन् । त्यसपछि उनले चलचित्र ‘छ मायाँ छपक्कै’मा सह नायिकाको रुपमा काम गरिन् । सुपुष्पाले गतवर्ष चलचित्र फिल्म ‘चपली हाइट ३’ मा काम गरेकी थिईन् । अहिलेको उनको यो चलचित्र प्रदर्शनको लागि पर्खाईमा छ । यस्तै रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य