बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा स्पेनसँग भिड्ने

 

न्युयोर्क । उपाधि दाबेदार मानिएको इटालीले युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा उसले बेल्जियमलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो हाफमा लिएको २–१ को अग्रता नै अन्तिम समयसम्म कायम रहेको थियो ।

दुवै टोलीले खेलको सुरुवाती समय आक्रमक खेल पस्केका थिए । जसले खेल रोमाञ्चक बनेको थियो । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई सानदार बचाउ गरे । त्यसअघि इटालीका लिओनार्दो बोनुचिले गोल गरे पनि रेफ्रीले भीएआरको सहयोग लिँदै उक्त गोललाई मान्यता दिएनन् । इटालीले त्यसपछि खेलमा दबाब कायम ग-यो ।

दोस्रो हाफमा बेल्जियमलले पाएको केही अवसर सदूपयोग गर्न सकेन । रोमेलु लुकाकुले शुक्रबार राम्रो प्रदर्शन गर्न सकेनन् । उनले दुई मिठो अवसर खेर फाले । बेल्जियमले आक्रमण बुनेको भए पनि गोलमा परिणत हुन सकेन ।

खेलको ३१औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको चुनौती चिर्दै शक्तिशाली प्रहारमा गोल गरेका थिए । मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा राखेर डिफेन्सलाई बिट गरेपछि उनको प्रहार गोल भएको थियो ।

४४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिए पनि बचाउन सकेन । पहिलो हाफको अतिरिक्त समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा कायम नै राखे । इटालीका डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई विपरीत दिशामा पठाउँदै गोल गरे ।

इटालीले आफ्नो अपराजित यात्रालाई ३२ खेलसम्म कायम राख्न सफल भएको छ । बेल्जियमले भने १४ खेलपछि हारको सामना गरेको हो ।

इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)