पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध, मनसुनपछि मात्र १ सय १ ठाउँका सडकमा क्षति

 

काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । एक महिनाको अवधिमा मात्र सय बढी स्थानमा सडकमा क्षति पुगेको छ । जसमध्ये आधा दर्जन बढी स्थानमा अहिले पनि सडक अवरुद्ध छ ।

सडक विभागले वर्षा जारी रहेकाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुलाउने काम जारी रहेको जनाएको छ । अविरल वर्षापछिको बाढीले अवरुद्ध सडक खुलाउन सडक विभागअन्तर्गतको विभिन्न निकायका साथै प्रहरी प्रशासनले निरन्तर काम गर्दै आएका छन् ।

कतिपय स्थानका सडकमा गम्भीर रूपमा क्षति पुगेको स्थानमा वैकल्पिक माध्यमको प्रयोग गरेर सवारी आवागमन सुचारु गर्ने काम भइरहेको विभागले जनाएको छ भने सामान्य क्षति पुगेको स्थानमा तत्काल मर्मतसम्भार गरेर सडक सुचारु गरिएका छन् ।

सडक विभागका अनुसार वर्षापछिको एक महिनाको अवधिमा अवरुद्ध सडकमध्ये ५७ स्थानमा एकतर्फी चालू रहेको २९ स्थानमा दुवैतर्फ सडक आवागमन सुचारु छ ।

सडक डिभिजन हेटौंडाअन्तर्गत मकवानपुरको लामीडाँडा–सिमभन्ज्याङमा अवरुद्ध सडक खुल्न सकेको छैन । कान्ति राजमार्गअन्तर्गत मकवानपुरको बगुवा र जीतपुरमा पनि सडक अवरुद्ध हुन पुगेको छ ।

नारायणघाट बुटवल सडक योजनाअन्तर्गत नवलपुरको थुम्सी र पितौजी तथा सडक डिभिजन, दमौलीअन्तर्गतको तनहुँको भन्सारमा पनि सडक अवरुद्ध हुन पुगेको छ ।

सडक डिभिजन, हेटौंडाअन्तर्गत मकवानपुरको लामीडाँडा सिमभन्ज्याङमा दुवैतर्फ सवारी सुचारु भएको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाट, काभ्रेपलाञ्चोकको माम्तिा खोला र त्रिभुवन राजमार्गअन्तर्गत धादिङको नौबिसे दामेचोमा पनि एकतर्फी रूपमा सवारी सुचारु भएको छ ।

त्रिभुवन राजमार्गअन्तर्गत धादिङको विशालटारमा अवरुद्ध सडक पनि दुवैतर्फी रूपमा खुलेको छ । मकवानपुरको बगधोरा, भैंसेदेखि चुनियसडक खण्ड, नारायणघाट, मुग्लिन सडकअन्तर्गत चितवनको ४ किलो, १४ किलो र २० किलोमा पनि एकतर्फी सवारी खुलेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे