रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन

 

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ। काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन्। गाउँपालिका अध्यक्ष बर्मा लामो समयदेखि मधुमेह तथा बिपिको समस्या बाट ग्रसित थिए ।

 एक्कासी अध्यक्ष बर्माको स्वास्थ्यमा समस्या आएको भुपु निमित प्रसासकीय अधिकृत रामपुकार महतोले जानकारी दिए । ६७ वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। ब्लड प्रेसर बढेपछि नाक र मुख बाट रगत आएको थियो। आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति नै उपचारका क्रममा शनिबार राति १२ बजेर ५ मिनेटमा  मृत्यु भएको रामनगर गाउँपालिकाका निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बर्माको निधन भएपछि अहिले गाउँपालिका नै शोकमा डुबेको छ । अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने रामनगर गाउँपालिकाले जनाएको छ । जिल्ला का २० स्थानिय निकाय मध्ये बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्छ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी