Saturday, May 15, 2021
Home Editor-Picks सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

नयाँ स्वास्थ्य सचिवको सुरुवाती कदम

,

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सचिव कोइरालाले अस्पतालहरू सेवामुखी हुनुपर्ने बताए । पदभार कार्यक्रम पछि निजी अस्पताल सञ्चालकसँगको भेटमा सचिव कोइरालाले कोरोना भाइरस संक्रमण फैलिएमा नियन्त्रण गर्न सरकारी र निजी संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गरिने बताए ।

उनले नेपालमा कोरोना भाइरसको उच्च जोखिम भनि एपनि आत्तिन नपर्ने र सम्भावित समस्याको समाधान गर्न सरकार सक्षम रहने दाबी गरे । ‘कसैमा कोरोना भाइरस देखियो भने पनि उपचारका सबै व्यवस्था मिलाउने गरी आवश्यक रणनीति बनाउँछौं त्यसैले कोही पनि आतंकित हुनुपर्दैन,’ सचिव कोइरालाले भने । सचिव कोइरालाका अनुसार कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा उपचारका लागि काठमाडौंका सबै निजी अस्पताललाई समेत १० शøया खाली गर्नुपर्ने गरी सर्कुलर जारी गरिनेछ । सोहीअनुसार निजी अस्पतालले अनिवार्य रूपमा उपचार गराउनुपर्ने निर्णय गरिनेछ ।

‘प्रत्येक निजी अस्पतालले कम्तीमा १० जनालाई उपचार गर्ने गरी अहिलेदेखि नै कम्तीमा १० शøयाको व्यवस्थापन गर्न भनेका छौं । अस्पतालले त्यसो गरेनन् भने कडा कारबाही गरिनेछ,’ सचिव कोइरालाले भने ।

सचिव कोइरालाले कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिँदै गएकाले नेपालमा फैलन नदिन सबै रणनीति र उपाय अवलम्बन गरिने बताए । मन्त्रालयले पूर्वसचेतनाका सबै कार्यक्रम सञ्चालन गर्ने गरी आवश्यक गृहकार्य अघि बढाएको कोइरालाले जानकारी दिए ।

सचिव कोइरालाले सरकारी नियमअनुसार निजी अस्पतालले गरिब विपन्नका लागि निःशुल्क छुट्याउने भनिएको शøयाको वास्तविक उपयोग भए–नभएको बारेमा अनुगमन गर्ने गरी छिट्टै विशेष योजना ल्याइने बताए । कोइरालाका अनुसार अधिकांश अस्पतालले विपन्न गरिबलाई निःशुल्क शøया उपलब्ध गराएका छैनन् । त्यसरी शøया उपलब्ध नगराउने अस्पतालको पहिचान गरी उनीहरूमाथि आवश्यक कानुन कारबाही गरिने सचिव कोइरालाले बताए ।

सचिव कोइरालाका अनुसार चिकित्सकले सरकारी अस्पतालमा कम र निजी अस्पतालमा बढी समय दिने गरेका गुनासोसमेत अत्यधिक आउने गरेका छन् । कोइरालाले सरकारी काममा ठगी गर्ने चिकित्सकलाई पहिचान गरी कारबाही गरिने बताए । यसका लागि आवश्यक गृहकार्य गर्न सचिव कोइरालाले मन्त्रालयका शाखा तथा महाशाखा प्रमुखलाई आवश्यक निर्देशनसमेत दिइसकेका छन् ।

यस्तै, सचिव कोइरालाले मन्त्रालयमा हरेक निर्णय र कार्य पारदर्शिताका आधारमा हुने र अपारदर्शिता मान्य नहुने चेतावनी दिए । स्वास्थ्य क्षेत्र लामो समयदेखि धेरै विकृति आएको गुनासो सर्वसाधारणको छ । ‘स्वास्थ्य मानिसको आधारभूत र अत्यावश्यक क्षेत्र हो त्यसैले यस क्षेत्रमा व्याप्त विकृति नहटाई समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नसकिने हुँदा सोहीअनुसारको रणनीति बनाइनेछ,’ सचिव कोइरालाले भने । सरकारी अस्पतालमा पनि शय्याहरू लुकाउने गरिएको र सोर्सफोर्सका आधारमा मात्रै शøया पाउने गुनासा अत्यधिक छ ।

यस्तै, सर्वसाधारणले भेन्टिलेटरको सुविधा पाउन निकै कठिन हुने गरेको छ । सचिव कोइरालाले शय्या लुकाउने र सोर्सफोर्स चाहिने परिपाटी अन्त्य गरिने बताए । सरकारी अस्पतालमा सर्वसाधारणका लागि भेन्टिरलेटरको पहुँचलाई वृद्धि गर्ने गरी आवश्यक कार्ययोजना ल्याइने सचिव कोइरालाले जानकारी दिए ।

(Visited 157 times, 1 visits today)
Loading comments...

आजको समाचार

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

साताका लोकप्रिय समाचार

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

ट्रकको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षिय सत्यनारायण मंडल मंगलबार बिहानै साइलकमा श्रीमती सुनितालाई बोकेर बरमझिया गाउँतिर लागे । लकडाउनको समय...

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले...

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

ट्रेन्डिङ

कर्मचारीलाई तयारी कक्षा लिन गरिएको प्रतिबन्धले उब्जाएका प्रश्न

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई लोकसेवा आयोगलगायतका सबै प्रतिस्पर्धात्मक परीक्षामा सफलता दिलाउने उद्देश्यले स्थापित संस्थाहरूमा प्रशिक्षण दिन, आफैं उपस्थित...

डायलासीस गराउने मृगाैलाका ६ जना बिरामीसहित थप १६ मा कोरोना संक्रमण

सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा नियमित डायलाइसिस गराउँदै आएका ६ जना मृगाैलाका बिरामी  सहित सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण फेला...

भक्तपुरमा घरको दोस्रो तल्लाबाट खसेर एकको मृत्यु

भक्तपुर । जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं ६ ठिमी कुण्डोलमा ठाकुर अधिकारीले बनाउदै गरेको पक्की घरको दोस्रो तलाबाट लडेर एक जनाको मृत्यु...

कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिने संकेत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाल...

अब स्कुलको पाठ्यक्रममा पनि चलचित्र शिक्षा

काठमाडौं । नेपाल सरकार शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले आगामी वर्षदेखि स्कुलका पाठ्यक्रममा चलचित्र शिक्षा राख्ने भएको छ । जसका लागि विकास बोर्डका अध्यक्ष...

दोस्रोपटक मिर्गौला सफल प्रत्यारोपणपछि प्रधानमन्त्री डिस्चार्ज, मुस्कुराउँदै बालुवाटारतर्फ

केही दिनमै सरकारी काम थाल्ने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भर्ना भएको १०औं दिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन् । उनी...

पश्चिमी वायुको प्रभावले देशभर वर्षा, भोलिबाट मौसम सुधार हुँदै जाने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

सप्तरीमा थपिए ७ जना संंक्रमित, निषेधाज्ञाले राजविराज सुनसान

सप्तरी । अघिल्लो दिन १४ जना संक्रमित फेला परेको सप्तरीमा बिहीबार सात जना संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४...

फ्रान्सेली विद्यालय अर्को दुई साता बन्द

पेरिस। कोरोना भाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठान ‘कम्तीमा’ आगामी दुई साता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै...

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारले अधिकारिक रुपले जानकारी नदिएपनि प्रादेशिक प्रयोगशालाबाट...

अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको अपील

काठमाडौ । प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)