पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो ।
जारी प्रतियोगितामा अपराजित ब्राजिलका लागि लुकास पाक्वेटाको एकमात्र गोल नै निर्णाय रह्यो । रियो द जेनेरियोमा ३५औं मिनेटमा लुकासले नेयमारको पासमा गोल गर्न सफल भए ।
यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो । ब्राजिलले अब अर्जेन्टिना र कोलम्बियाबिच बुधबार बिहान हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधि भिड्न्त गर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 556 times, 1 visits today)