यूरोकपः इटालीसँग सचेत स्पेन

लन्डन । युरोपेली च्याम्पियनसिपको सेमिफाइनलका खेल मंगलबार रातिदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा उपाधिका दुई दावेदार टोली इटाली र स्पेनबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ ।

इटाली र स्पेनबीचको सेमिफाइनल खेललाई २०१२ को फाइनलको रिप्लेका रूपमा हेरिएको छ । उक्त फाइनलमा स्पेनले ४–० को सानदार जित रचेको थियो । उक्त खेलमा डेभिड सिल्भा, जोर्डी अल्वा, फर्नान्डो टोरेस र हुआन माटाले गोल गरेका थिए । अहिले स्पेनको टोलीमा अल्वा मात्रै रहेका छन् ।

पछिल्लो ३२ खेलसम्म अपराजित रहेको इटाली अर्काे बलियो टोली स्पेनको चुनौती पन्छाउँदै सन् २०१२ को फाइनलमा भोगेको हारको बदला लिँदै ९ वर्षपछि युरोकपको फाइनलमा पुग्ने दाउमा हुनेछ । इटाली सन् २०१२ मा फाइनलमा स्पेनसँग पराजित हँुदै उपाधिबाट विमुख बनेको थियो ।

उत्कृष्ट लयमा रहेको इटालीसँग लोरेन्जो इन्सिग्ने, सिरो इमोविले, फेडरिको चिइसा, निकोलो बरेल्ला, मार्काे भेराट्टी, जर्गिन्हो, इमर्सन, जर्जियो चिलियानी, लियोनार्दाे बोनुची, जियोभानी डि लोरेन्जो र गोलरक्षक जियानलुइजी डोन्नररुम्मा रहेका छन् । यसबाहेक टोलीसँग जियाकोमो रास्पाडोरी, डोमिनिको बेरारडी, माटियो पेस्सिना, फेडरिको बर्नरडेस्ची, एलेसान्द्रो प्mलोरेन्जी र एलेसान्द्रो बास्टोनी टोलीमा रहेका छन् ।

इटालीका दुई डिफेन्डर जर्जियो चिलियानी र लियोनार्दाे बोनुचीको काम युभेन्टसका आफ्नै सहकर्मी अल्भारो मोराटालाई रोक्ने हुनेछ । यी तीन खेलाडी एक अर्कामा जानकार रहँदा सबैलाई खेलमा सहज असहज दुवै हुन सक्नेछ । यी दुईले बेल्जियमका सेन्टर फरवार्ड रोमेलु लुकाकुलाई कुनै पनि समय खुलेर खेल्न दिएको थिएनन् ।

यता, युरोकपको सुरुवाती दुई खेलमा गोल गर्न नसकेको आलोचना खेपेको र त्यसपछि लगतार दुई खेलमा ५ भन्दा बढी गोल गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको स्पेन उत्कृष्ट लयमा रहेको इटालीलाई हराउँदै सन् २०१२ पछि फाइनल पुग्ने दाउमा हुनेछ । स्पेनले २०१२ मा इटालीलाई हराउँदै तेस्रोपटक युरो च्याम्पियन बनेको थियो । स्पेन २०१२ कै फाइनल खेल दोहो¥याउने लक्ष्यमा रहँदा इटाली उक्त हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । त्यसपछि यी दुई टोलीको ६ भेटमा स्पेन ४ खेलमा विजयी हुँदा एक खेल इटालीले आफ्नो पक्षमा पारेको छ ।

एक खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यी दुई टोलीले सन् २०१७ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दा स्पेनले ३–० को जित निकालेको थियो । स्पेनसँग जारी युरोमा दुई गोल गरिसकेका अल्भारो मोराटा, फेरान टोरेस, पाब्लो सारावियासँगै ड्यानियल ओल्मो, पेड्री, सर्जियो बुस्क्वेट्स, कोकी, जोर्डी अल्वा, पाउ टोरेस, एमेरिक लापोर्टा, सेसर एज्पिलिक्वेटा र क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा नायक बनेका गोलरक्षक उनाई सिमोन रहेका छन् । यस्तै टोलीसँग मिकेल ओयरजावाल, जेरार्ड मोरेनो, एडमा ट्राओरे, रोड्री, मार्काेस लोरेन्टे, थियागो अलकान्तरा, एरिक गार्सिया र डिएगो लोरेन्टे जस्ता खेलाडीको साथ रहेको छ ।

हेड टु हेड
हेड टु हेडमा स्पेन केही अघि देखिएको छ । यी दुई टोलीले हालसम्म ३३ खेलमा प्रतिस्पर्धा गर्दा स्पेन १२ खेलमा विजयी भएको छ । इटालीले ९ खेल आफ्नो पक्षमा पार्दा १२ खेल बराबरीमा सकिएको छ । सन् २०१६ को प्रि–क्वाटरफाइनलमा २–० ले पराजित भएयता स्पेनले पछिल्लो दुई खेलमा इटालीसँग हार बेहोरेको छैन । जसमा एक जित र बराबरीको नतिजा छ ।

इटालीको यात्रा कहाँसम्म ?
११ सहरमा जारी युरोपेली च्याम्पियनसिपको यो संस्करणमा इटाली जतिको राम्रो अर्को टिम देखिएको छैन । बेल्जियमलाई हराएपछि इटाली उपाधिबाट दुई जित मात्र टाढा छ । अब प्रश्न रह्यो इटाली कहाँसम्म पुग्नेछ त ? निकोलो बरेल्ला र लोरेन्जो इन्सिग्नेको उत्कृष्ट गोलमा इटालीले क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराएको हो । इटालीको यो यात्रामा अब त्यस्ता एक खेलाडी हुने छैनन् ।

जसले अहिलेसम्म सबैभन्दा राम्रो खेलेको छ । उनी हुन्, लियोनार्दो स्पिनजोला । चोटका कारण उनी मैदान छाड्न बाध्य बने । उनी कम्तीमा पनि ६ महिना मैदान बाहिर रहने पक्का छ । यो अवस्थामा उनले इटालीले सेमिफाइनल र फाइनल पुगेको खण्डमा खेल स्क्रिनमा हेर्नुबाहेकको विकल्प छैन । सन् १९६८ यता इटालीले अहिलेसम्म युरो जितेको छैन ।

तर, यही टिमले पछिल्ला तीन वर्षयता कुनै खेल पनि गुमाएको छैन । अहिले यो टिम लगातार ३२ खेलसम्म अपराजित छ । त्यसमध्ये १३ खेल लगातार जितेको छ । यो जितमा दुई खेलमा मात्रै विपक्षी टोलीले गोल गर्न सफल भएको छ ।

यसमा समस्या एउटै के हो भने यी सफलता कुनै ठूला टिमविरुद्ध भने थिएन । उसको सफलता साना प्रतिद्वन्द्वीविरुद्ध नै थियो । बेल्जियमलाई हराएपछि गतिलो जवाफ दिएको इटालीसामु अब स्पेन चुनौतीका रूपमा रहेको छ । टोलीको यात्रा यसले पनि निर्धारण गनए सक्नेछ । पछिल्लो नतिजामा इटालीको आक्रमण अहिले निकै तिखारिएको छ ।

इटाली एकपछि अर्को पास निकाल्न र यसक्रममा बलमाथि पर्याप्त नियन्त्रण राख्न सक्षम देखिएको छ । इटालीको अद्वितीय यात्राका सारथी रोबर्टाे मान्सिनी नै हुन् । पछिल्लो जितका लागि आफ्नो टिम पूर्णतः हकदार छ । प्रशिक्षक मान्सिनीले बेल्जियमविरुद्धको खेलपछि अन्तिम १० मिनेट बेल्जियमसँग दबाबमा खेल्नुपरेको स्वीकार गर्दै यात्रा अझै लामो भएको बताएका छन् । उनले आफ्नो अगाडि दुई निकै महत्वपूर्ण खेल हुनसक्ने आँकलन गर्दै बेल्जियममाथि प्राप्त जितमा खुसीसँगै त्यसपछि के गर्ने हो, त्यस’bout सोच्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
गोरखाको चुमनुब्री : डाेकाेमा बाेकेर दुई दिनपछि मतपेटिका आइपुग्याे तर, सुरु भएन मतगणना