इंग्ल्यान्डलाई अन्डरडग डेनमार्कको चुनौती

लन्डन । युरोपेली च्याम्पियनसिपको सेमिफाइनलको दोस्रो खेलमा बिहीबार बिहान इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

वेम्वली स्टेडियममा हुने खेलमा इंग्ल्यान्ड अन्डरडग डेनमार्कलाई हराउँदै पहिलोपटक युरोपेली च्याम्पियनसिपको फाइनलमा पुग्ने दाउमा हुनेछ । इंग्ल्यान्डले १६ मध्ये १० संंस्करणमा छनोट हँुदा दुईपटक तेस्रो स्थान हासिल गरेको छ । सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीका लागि सबैभन्दा राम्रो नतिजा हो ।

यसपटक लयमा रहेको इंग्ल्यान्ड त्योभन्दा माथि उठ्न चाहन्छ । डेनमार्कलाई हराउन सके इंग्ल्यान्ड पहिलोपटक युरोको फाइनलमा पुग्नेछ । पछिल्लो ११ खेलमा अपराजित इंग्ल्यान्ड सोही अपराजित यात्रालाई डेनमार्कविरुद्धको खेलमा पनि निरन्तरता दिने लक्ष्यमा हुनेछ । सन् २०२० नोभेम्बरमा नेसन्स लिगमा बेल्जियमसँग २–० ले पराजित भए तापनि इंग्ल्यान्डले १० जित र १ बराबरीको नतिजा निकालेको छ ।

त्यसअघि १५ अक्टोबर २०२० मा इंग्ल्यान्डले डेनमार्कसँग नेसन्स लिगमै १–० को हार बेहोरेका कारण टोली डेनमार्कविरुद्ध सचेत भएर खेल्नेछ । इंग्ल्यान्डको फाइनल यात्रामा ह्यारी केन र रहिम स्टर्लिङ नायक बन्न सक्नेछन् । यसबाहेक टोलीसँग जाडोन सान्चो, मासन माउन्ट, डिक्लन रिस, केल्भिन फिलिप्स, लुका सा, ह्यारी मगाएर, जोन्स स्टोन्स, केल वाल्कर र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् ।

यस्तै फिल फोडेन, बुकायो साका, ज्याक ग्रेयालिस, डोमिनिक काल्भर्ट लेविन, मार्कुस रासफोर्ड, जोर्डन हेन्डरसन, विन ह्वाइट, बेन चिलवेल र रिस जेम्स टोलीमा रहेका छन् । इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

यता, अन्डरडगको छवि बनाएको डेनमार्क बलियो इंग्ल्यान्डलाई स्तब्ध पार्दै २९ वर्षपछि युरोको फाइनल पुग्ने दाउमा हुनेछ । डेनमार्कले सन् १९९२ मा अप्रत्यासित रुपमा युरोको उपाधि जितेको थियो । त्यसपछि डेनमार्कले चार संस्करणको युरो खेल्दा सन् २००४ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । डेनमार्क सन् २०१६ को युरोमा छनोट हुन असफल भएको थियो ।

समुह चरणको सुरुवाती दुई खेल गुमाएर बाहिरिने संघारमा पुगेको डेनमार्कले त्यसपछि अनपेक्षित नजिता निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको थियो । यसक्रममा डेनमार्कले रसिया, वेल्स र चेक रिपब्लिकलाई हराएको थियो । टोलीसँग कास्पर स्माइकल, कप्तान सिमोन कासर, मार्टिन ब्रेथवेट, कास्पर डालवर्ग, युस्सुफ पाउल्सेन, पिएरे इमिल होब्जजर्ग र आन्द्रेस क्रिस्टेन्सेनलगायतको खेलाडीको साथ रहेको छ । यसबाहेक टोलीमा मिक्केल डाम्सगार्ड, जोआकिम, थोमस डिलाने, जेन्स लार्सन र भेस्टेरगार्ड पनि रहेको छ ।

यि दुई टोलीबीचको इतिहास हेर्दा इंग्ल्यान्ड बलियो देखिएको छ । यि दुई टोलीको हालसम्मको २१ खेलको नतिजामा इंग्ल्यान्ड १२ खेलमा विजयी भएको छ । चार खेल डेनमार्कले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो ६ खेलको नतिजा हेर्दा डेनमार्क बलियो देखिएको छ । डेनमार्कले तीन खेल आफ्नो पक्षमा पार्दा दुई खेल इंग्ल्यान्डले जितेको छ । एक खेल गोलरहित बराबरीमा सकिएको छ । सोही कारण पनि खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

एरिक्सनबिना खेलिरहेको डेनमार्क
जारी युरोपेली च्याम्पियनसिपमा डेनमार्कको अद्वितीय यात्रा कायम छ । यसलाई ‘परीको कथा’ भन्न पनि सकिने छ । चेक गणतन्त्रलाई हराएर डेनमार्क सेमिफाइनल पुगेको छ । प्रतियोगिताको पहिलो खेलमै हृदयघातका कारण आफ्ना प्रमुख खेलाडी क्रिस्टियन एरिक्सनलाई गुमाएको डेनमार्कले त्यसयताका खेलमा आफूलाई मानसिक रूपमा अझ बलियो साबित गरेको छ । अन्तिम १६ मा वेल्सलाई पन्छाएको थियो भने अन्तिम आठमा चेकले तेस्र्याएको कडा चुनौती पार गरेको थियो । बुधबार डेनमार्कले वेम्वलीमा इंग्ल्यान्डको सामना गर्नेछ ।

त्यो खेलको नतिजा कस्तो होला त ? हामी यस’bout अनुमान मात्र गर्न सक्छौं । कम्तीमा यत्ति भन्न सक्छौं, डेनमार्क फेरि एक अर्को ‘परीको कथा’ बुनिरहेको छ । लगभग तीन दशक भइसकेको छ । जतिबेला डेनमार्कले युरो १९९२ जितेको थियो, त्यो पनि अचम्मै तरिकाले । डेनमार्क युरोका लागि अन्तिम चरणमा छनोट भएको थिएन, तर युगोस्लाभियालाई युरोबाट हटाइएपछि डेनमार्कले खेल्ने अवसर पाएको थियो । त्यति बेला डेनमार्कले खेलेर मात्र होइन, उपाधि नै जितेर देखाइदियो । सायद यस्तै कथा दोहोरिन सक्छ ।

समूह चरणको पहिलो खेलमा फिनल्यान्डविरुद्धको पहिलो खेल ४१ मिनेटपछि डेनमार्कका एरिक्सन मैदानमै ढले । यो खेल जारी राख्न डेनमार्कलाई सजिलो थिएन, तर खेल्नैपर्ने बाध्यता थियो । खेल्यो तर उसले खेल मात्र गुमाएन, त्यसपछि बेल्जियमसँग पराजित भयो । सबैले अनुमान गरेका थिए । डेनमार्कले समूह चरण पार गर्न सक्दैन भनेर तर, समूह चरणको अन्तिम खेलमा रुसलाई प्रभावशाली ढंगले हराएर र भाग्यले साथ दिएपछि टिम नकआउट चरण पुगेको थियो ।

यसअघि युरोमा कुनै पनि टिमले सुरुवाती दुई खेल गुमाएर दोस्रो चरण पुगेको कसैलाई थाहा थिएन । अहिले यही टिम सेमिफाइनल पुगेको छ । यहाँतिर प्रशिक्षक कास्प र हिजुलमन्ड भन्छन्, ‘हामी प्रत्येकपटक एरिक्सनका लागि खेलिरहेका छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार