Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रतिगामी षडयन्त्रमा नलाग्न युवासंघकाे चेतावनी

प्रतिगामी षडयन्त्रमा नलाग्न युवासंघकाे चेतावनी

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपालले जनतामा नेता र गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रणाली माथी अबिश्वास सृजना हुने र समग्र व्यवस्थालाई कमजोर बनाइ नेपाली समाजलाई फेरी प्रतिगमनमा लिने दुस्साहसका साथ आइरहेका अभिव्यक्तीहरुको खण्डन एवं भत्र्सना गर्दै प्रतिगामी षडयन्त्रमा नलाग्न जो कोहीलाई चेतावनी दिएको छ ।

संघका अध्यक्ष नरेश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै यदी कही कतैबाट नेपाली राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलीक अखण्डता संघिय गणतान्त्रिक ब्यवस्था बिरुद्धका गतिबिधी र षडयन्त्रहरु भएमा ति षडयन्त्र र प्रतिगमनकारी हरेक कदमहरुको शसक्त रुपले प्रतिरोधमा उत्रन युवा संघ नेपाल, सम्पुर्ण न्याय प्रेमी नेपाली युवाहरुमा अपिल गरेका छन् ।

नेपाली जनताले संञ्चालन गरेको आन्दोलनको जगमा स्थापित भएकोे धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली, संघिय गणतान्त्रिक व्यवस्थालाई अझै पनि धेरै सामन्तवादी, प्रतिगमनकारी शक्तिहरुले स्विकार गर्न सकिरहेका छैनन् । नेपाली जनताको संघर्षको जगमा निर्माण भएको यस व्यवस्थालाई कमजोर बनाउन निरन्तर रुपमा विभिन्न जालझेल र षडयन्त्रहरु भईरहेको अध्यक्ष शाहीले जनाएका छन् ।

‘सत्तासिन पार्टीको केन्द्रिय कमिटीमा संघिय ब्यवस्था, धर्म निरपेक्षता हुँदै घुमाउरो रुपमा गणतन्त्रिक व्यवस्था माथी प्रश्न उठाउने गरी छलफल र बहस हुनु दुखद बिषय हो । माथिल्लो सदन (राष्ट्रीय सभा) मा शिर्ष नेतृत्वलाई व्यङ्ग गर्दै प्रयोग भएका गालीगलौजका शब्दले पनि प्रतिगमनकारी शक्तिहरुमा यो व्यवस्था प्रति अझै पनि वितृष्णा र गणतन्त्र ल्याउने नेतृत्वप्रति रिस र पुर्वाग्रह रहेको देखिन्छ’ शाहीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

सरकार संञ्चालनको राज्य संयन्त्रको गैरजिम्मेवारीपनाको कारण जनताले लामो संघर्षबाट आर्जित यस व्यवस्थामा पनि दलित, महिला मधेसी, जनजाती लगायत पछाडी पारिएको जाती, क्षेत्र, समुदायले अझै पनि पुर्ण रुपमा अपनत्व लिन सकिरहेको छैन । हालै मात्र चितवनमा सुजिता भण्डारीको हत्या भएको छ । त्यो हत्या बलात्कार पश्चात भएको हुन सक्ने आफन्तको अनुमान छ । अपहरण परेको सुचना दिदा पनि प्रहरी प्रशासनले समयमै सकृय पहलकदमी नगरेकोले सुजिताको हत्यासम्म हुन पुगेको परिवारको गुनासो रहेको छ । यसरी समाज मा महिला हिंसा असुरक्षा बढ्नु गम्भिर विषय भएको संघले जनाएको छ ।

‘देशको राजधानी काठमाण्डौमा नै कोठा भाडाको बिषयलाई लिएर जातिय बिभेद भएको भन्ने मुद्दाको बिषयमा संघिय सरकारको मन्त्री नै विभेदको आरोप लागेकी व्यक्तिलाई प्रहरी प्रशासनबाट छुटाउन जानु दुखद र भात्र्सनायोग्य विषय हो । राज्य सबैको बराबर संरक्षक र अभिभावक हुनुपर्नेमा विभेद को मुद्दामा राज्यको मन्त्री स्वयं सहभागी हुनु राज्यको विभेदकारी चिन्तन र प्रवृत्ती प्रष्ट हुन्छ’ शाहीले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

देशमा अहिले घटिरहेका घटनाक्रमहरुलाई हेर्दा हाम्रो ब्यवस्था कमजोर बनाउने र यस व्यवस्था माथी जनाताको बितृष्णा बढाइ प्रतिगमनकारी कदमलाई अगाडी बढाउने गम्भिर षडयन्त्र भैरहेको अनुभुती भएको ठहर युवा संघको रहेको छ । चितवनमा हत्या गरिएकी किशोरी सुजिता भण्डारीको हत्याको गम्भिर छनविन गरी दोषी पत्ता लगाइ कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 80 times, 1 visits today)

आजको समाचार

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

साताका लोकप्रिय समाचार

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ...

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् ।...

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

ट्रेन्डिङ

जुडो प्रतियोगिता सम्पन्न

राजविराज । स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगिता मंगलबार राजरंगशालामा सम्पन्न भएको छ । जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको...

अफगानिस्तानमा घानी र अब्दुलाह दुवै नेताद्वारा राष्ट्रपतिको सपथग्रहण

काबुल । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् सोमबार दिउँसो घानीले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)