जुडोमा पुलिस टिम हाबी

राजविराज । नेपाल प्रहरी क्लब पाँचौं राष्ट्रव्यापी लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति जुडो प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । राजविराजमा भएको प्रतियोगितामा प्रहरीले ९ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो । दोश्रो भएको नेपाल आर्मी क्लबले ५ स्वर्ण र ४ रजत हात पा¥यो । तेश्रो स्थानमा चित्त बुझाएको बाँकेले २ रजत र उत्तिनै कांस्य प्राप्त ग¥यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगिताको पुरुषमा प्रहरीका उमेश मगर तथा महिलामा आर्मीकी सुमित्रा राई उत्कृष्ट खेलाडी घोषित भए । उमेशले ६० केजी तथा सुमित्राले ५२ केजीमा स्वर्ण जितेका थिए । विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न २३ जिल्ला र तीन विभागीय टोलीका १ सय १६ खेलाडीले सहभागिता जनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी