खाना पकाउने काम दिन्छु भन्दै कम्बाेडियामा युवति बेच्ने राई पक्राउ

 

काठमाडौं । फेसबुकबाट चिनजान गरी एक महिलालाई कम्बोडिया पु-याएर बिक्री गरेको अभियोगमा किसान राई पक्राउ परेका छन् ।

राईले कम्बोडियामा रहेको कन्सट्रक्शन तथा व्यापारको काम लगाइदिने भन्दै मासिक एक लाख मासिक तलब पाउने आश्वासन दिएर एक युवतिलाई कम्बोडिया पु-याएका थिए ।

धनकुटाका ३५ वर्षीय राई महिला बेचबिखन अभियोगमा पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । उनले पीडितसँग महिलासंग चार लाख ५० हजार लिएका थिए । काठमाडौँबाट काँकडभिट्टा हुँदै भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पु¥याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पु¥याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

सुरुमा राईको समुहहले महिलालाई चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने काम छ भनेर भनेका थिए । तर, पछि थाहा भयो उनीहरुले यौन शोषण गर्ने गरी बेचबिखन गरेका रहेछन् । पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन