Wednesday, September 22, 2021
Your Ads Here
Homeभर्खरैमामा मेरो चिना अब कसले हेर्छ ?

मामा मेरो चिना अब कसले हेर्छ ?

ध्रुव लम्साल,
sharethis

 

मुरली भन्ञ्याङको चौतारो खास लाग्थ्यो । बुढा बर पीपलको छहारीमा ठूल्ठूला चिप्लेटी थियो । त्यही चिप्लेटीमा भारी बिसाएर बस्थे उकालो ओरालो लाग्नेहरु । चिप्लेटीमा बागचालका धर्का हुन्थे । थकाई मार्दै बागचाल खेल्नेहरु पनि हुन थिए ।

ढोला, पुर्सकबाट धादिङबेसी झर्नेहरु धौखोलाको उकालो काटेपछि एकछिन् त्यही चौतारोमा थकाई मार्थे र ओरालो झर्थे । धादिङबाट भारी बोकेर उकालो लागेकाहरु पनि त्यही चौतारोमा एकछिन भारी बिसाउथे रेग्मीको दोकानमा पानी माग्थे खान्थे र गन्तब्यमा लाग्थे । पछि कलधारो आयो । बटुवाले रेग्मीको दोकानमा पानी माग्न छाडे ।

सुनखानी, चैनपुर, साल्बासबाट धादिङ हिँडेकाहरु पनि एकछिन सुस्ताउथे चौतारोमा । दसैंमा हालेको पिङ तिहारसम्म खेल्थे ।

अहिले खास लाग्दैन । सडक विभागले सडक बनाउने क्रममा ठूल्ठूला चिप्लेटीमा लपक्कै सिमेन्ट दलेर चिप्लेटी छोपिदिएको छ । चिप्लेटी नै छोपिएपछि बागचालका कोठा देखिने कुरै भएन । अचेल चौतारोमा थकाई मार्नेभन्दा पनि चौतारो छेउमा गाडी कुरेर बस्नेहरु धेरै हुन्छन् । युवा पुस्ता त बाइकबिना हिँड्नै छाडे । बाइकमा हुँइकिनेलाई चौतारोको मतलबै भएन ।

काठमाडौंबाट ६ बजे हिँडेका हामी नौ बजे पुग्यौ मुरली भन्ज्याङ चौतारोमा । बुढा बर पिपलको फेदमा सिमेन्ट लिपको पटक्कै सुहाउदो रहेनछ । राम्री युवतीले चोलो र स्कट लगाएजस्तै । गन्तब्य थियो मैदी उखुबारी । हामीलाई पहिल्यै भनिएको थियो ‘धौखोला हुँदै ढोलाको बाटो आउनु अरु बाटोमा बाइक गुड्दैन ।’

कुनै बेला माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए ‘हामी नेपाललाई स्वीजरल्याण्ड बनाउछौं ।’ डोजरले खनेको बाटोको किलोमिटर नाप्ने हो भने नेपाल स्वीजरल्याण्ड भन्दा कम छैन । नेपालको पहाडी गाउँमा मोटरबाटो नपुगेको घरै भेटिँदैन । गल्ली मासेर, कान्लो भत्काएर, कुलो ढेपेर, घाँसका रुख ढालेर घरैपिच्छे बाटो पु¥याएका छन् ।

स्थानीय सरकारले कान्ला भस्काउनका लागि हरेक वर्ष बजेट छुट्याउछ । गाउँको दृश्य हेर्दा लाग्छ । अब खोतल्न बाँकी कुनै पनि गाउँ छैन । त्यही डोजरले कोरेको धर्सा गनेर त हो प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमा भन्ने गर्छन् ‘मेरो सरकारले यति किलोमिटर बाटो बनायो ।’ विचरा प्रधानमन्त्रीलाई थाहा छैन । त्यसरी बनेको बाटोमा बर्खायाममा सवारी साधनको कुरा छाडौं भैंसी हिँडन पनि सक्दैन ।

हामीलाई जानु थियो उखुबारी (मामाघर) । ठाउँ ठाउँ हिलोमा गाडिँदै, रातोमाटोमा चिप्लदै भाइहरु मोटरसाइकलको एक्सिलेटर बटार्दै अघि बढे । पछाडी बस्नेहरु मिल्नेजति ठाउँमा च्याप्प समाएर बस्यौं । आखिर मामाघर त पुग्नै छ ।

कसैको पनि स्मरणमा नबिझाउने शब्द हो मामाघर । लाग्छ आम नेपालीका लागि मामाघर त्यस्तो पवित्र धाम हो जहाँ गएपछि मस्तिबाहेक केही हुन्न । चलनअनुसार भान्जा भान्जी जति खराब भए पनि मामा माइजुले तँ भन्नै मिल्दैन । जन्मिदै उपाधि लिएर आएका हुन्छन् भान्जा भान्जी । घरमा आएका भान्जा भान्जीलाई भएका मध्ये मीठो खुवाउनु त मामा माइजुको कर्तब्य नै हो । चाँडबाँड होस् या अन्य विवाह, ब्रतबन्धलगायत सामाजिक कार्य । भान्जाभान्जीका लागि नियमित आन्दानी हुने ठाउँ पनि हो मामाघर । मामाघरका फाइदा लेखिसाध्यै छैन कति हो र मलाई मलाई लाग्छ मामाघर जस्तो रमाइलो दोस्रो ठाउँ हुँदै हुँदैन खस आर्यका लागि ।

हामी सबैको चिना मामाले लेखिदिनु भएको थियो । आमा बेला बेलामा चिनाको मुठो लिएर पुग्नुहुन्थ्यो त्यत्तिकै पनि । ज्यामरुङ, पाल्पा, माख्लो धादिङ, साङ्कोष, ढोला, पुर्सुक, नलाङ, पात्ले, खरीसम्मका मान्छे मामालाई भेटन आउँथे । टाढाका मान्छेहरु बिहान आएर बेलुका फर्किन नभ्याउने भएर बासै बस्ने गरी आउँथे

हामी मामाघर पुग्यौं । तर, यसपालीको मामाघर यात्रा उत्साहविहित थियो । पहिलो पटक हो नरमाइलो मान्दै मामाघर गएको । मामाघर नपुग्दै वरैबाट देखिन्छ मामाको लामो र अग्लो घर । भूकम्पपछि लामो त्यो तीनतले घर पनि स्मृतिमा सीमित भयो । मामाघर भन्दा पहिला आँगनमा त्रिपाल देखियो । केही मान्छेहरु ओहोर दोहोर गरिरहेका थिए । घरको अर्को छेउबाट धुवाँ पुत्पुताइरहेका थियो ।

पुरानो गाई हिँडने गल्ली अहिले रोड भएको छ । पाहुना पाच्छाको बाइकले रोड पुरै पर्किङ स्थलजस्तो बनेको छ । गाउँका मान्छेले आँगन भरिएको छ । आँगनकै एकछेउमा त्रिपाल मुनी मामाका छोराहरु (सीताराम दाई र गौतम दाई) धोती पाटा फेरेर बसिरहेका छन् । मामाको चश्मा लगाएको मुसुक्क हाँसेको फोटो छेउमा राखिएको छ भने मामाका छोराहरु पण्डितको आदेश अनुसार पूजा पाठ गरिरहेका छन् ।’

उमेरले ८० पुग्नु भएकी माइजु जहिल्यै निधारमा एक रुपैयाँको सिक्का आकारको टिका लगाउनु हुन्थ्यो । तर, हामी पुग्दा माइजु सेतो धोती र पछ्यौरा ओढेर बसिरहनु भएको थियो । दृश्य हेर्दा हिन्दु संस्कारका शैली परिवर्तनको आवश्यकता महसुस हुन्थ्यो । एक महिनाको अन्तरमा दुईजना (साइला र ठूला) मामा बित्नु भो (कोरोनाले होइन) । माइलो मामा सुकिलो लुगा लगाएर पूजा पाठ गरेकै ठाउँमा सघाई पघाईमा ब्यस्त हुनुहुन्थ्यो तर, अनुहारमा कुनै उत्साह थिएन । शायद उहाँको मनले भनिरहेको थियो होला ‘पालो मेरै हो ।’ साइला मामा बित्दा लकडाउन कडा थियो । जान सकिएन, ठूला मामा बित्दा हल्का लुज थियो, समस्या भएन ।’

नाताले ठूलो मामा । वास्तवमै गाउँकै ठूला मान्छे हुनुहुन्थ्यो । हिउँद होस् या वर्खा कहिल्यै घरको ढोका लागेन । गाउँको दोकानमा भन्दा बढी आउजाउ हुन्थ्यो मामाघरमा ।

हामी मामाघर जाँदा मामा प्रायः पावरवाला चश्मा लगाएर खाटमा बसेर कोही न कोहीसँग कुरा गरिरहनु हुन्थ्यो । साथमा हुन्थ्यो– एकसय वर्षको पात्रोको चाङ । सानो छँदा मामाघर जाँदा रित्तो हात कहिल्यै जान पाएनौं । एकमुठी माटो, चामल बोकेर कुनै न कुनै समस्या लिएर गइहाल्थ्यौं । भैंसीको दुध पग्रिएन, घ्यु लागेन, गोरु बिरामी भयो, घरमा कसैलाई बिसञ्चो भयो । अस्पतालभन्दा पहिला हामी मामाघर पुग्थ्यौं । मामाले आखर हेरेर दिएको सुझाव कार्यान्वयन गरेपछि दुध पग्रिन्थ्यो, घ्यु लाग्थ्यो, गोरुलाई ठीक हुन्थ्यो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

मामा कहलिएका ज्योतिष हुनुहुन्थ्यो । हामी सबैको चिना मामाले लेखिदिनु भएको थियो । आमा बेला बेलामा चिनाको मुठो लिएर पुग्नुहुन्थ्यो त्यत्तिकै पनि । ज्यामरुङ, पाल्पा, माख्लो धादिङ, साङ्कोष, ढोला, पुर्सुक, नलाङ, पात्ले, खरीसम्मका मान्छे मामालाई भेटन आउँथे । टाढाका मान्छेहरु बिहान आएर बेलुका फर्किन नभ्याउने भएर बासै बस्ने गरी आउँथे ।

हिँउदमा सबैभन्दा धेरै चाप हुन्थ्यो । विवाह, ब्रतबन्धको साइत हेर्नेदेखि चिना लेख्ने काम हिउँदमै बढी पथ्र्यो । हेरेको वा चिना लेखेको कुनै दररेट थिएन । गच्छेअनुसार दक्षिणा दिन्थे । हेराउन आउनेले एकमाना चामल लिएर आउने चलन थियो ।

अहिले हो खत्तम भएको, स्कुल पढ्दा मेरो अक्षर दामी थियो । हिउँदमा आँगनको डिलमा गुन्द्रीमा बसेर म मामालाई चिना लेख्न सघाउथेँ । रत्नपुस्तक भण्डारबाट लगेको चिनाको फारममा मामाले भने अनुसार अंक र अक्षर थप्थेँ म ।

झारबुटीको पाखे औषधि पनि बनाउनु हुन्थ्यो । नछुने हुँदा रगत नरोकिएर रगत ताली परेका महिलाहरुका लागि चट्टै हुने झारबुटीको ओखती दिनुहुन्थ्यो । के के झारबुटी जम्मा पारेर औषधी बनाउनु हुन्थ्यो । हामीलाई थाहा थिएन । अन्य सामान्य विरामीका लागि पनि धेरै थरि औषधि दिनुहुन्थ्यो झार बुटीका र अर्को महत्वपूर्ण कुरा ग्रह दशा हेरेपछि अस्पताल जान सुझाब दिनुहुन्थ्यो ।

अग्ला रुखको टुप्पोमा पुग्न मन लाग्ने, नसकी नसकी पनि अरु सरहकै घाँसको भारी बोक्न मन लाग्ने । दुई कान्ला एकै पटक नाघ्न मन लाग्ने । केटाकेटीले त्यस्ता काम गरेको प्राय अभिभावकले मन पराउदैनन् तर, मेरा मामा ति उट्पट्याङ काममा पनि साक्षी बसिदिनु भयो

मामा आफ्नो क्षेत्रमा विख्यात ज्योतिष त हुनुहुन्थ्यो तर, मामासँग ज्योतिषको कुनै प्रमाणपत्र थिएन । एकदिन मैले सोधेँ मामा तपाई कसरी ज्योतिष हुनु भयो ?

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

हजुर बा काशीमा पढेर पण्डित हुनु भएको थियो । हजुरबाको चाहना थियो जेठो छोरालाई पनि पण्डित बनाउने । मामा पढ्नका लागि गोरखा जानु भयो (अहिले ठाउँ बिर्सिए) गुरुका घरमा । गुरुको खेती ठूलो थियो । १८/२० वटा लैनो गाई । तीन हल गोरु । भैंसी उत्तिकै । मामाजस्तै अरु ७ जना केटाहरु विभिन्न गाउँबाट पुगेका थिए पढनका लागि । बिहान उठ्ने बित्तिकै भकारो सोर्ने, गाई गोरुका लागि घाँसपानी ठीक पार्ने काम गर्नुपथ्र्यौ । त्यसवापत गुरुले पढाइदिन्थे । खाने बस्ने व्यवस्था गुरुकै घरमा हुन्थ्यो । मामा सातौं महिनामा पढ्दै हुनुहुन्थ्यो । घरबाट चिट्ठी गयो । ‘आमा सिकिस्त बिरामी छ तुरुन्तै घर आउनु ।’ आमालाई ठीक भएपछि फर्किन्छु भन्दै गुरुसँग विदा मागेर मामा घर आउनु भयो । मामा आइपुगेको चौथो दिन हजुरआमाले संसारबाट बिदा लिनु भयो ।

जेठो छोरो । एक वर्षसम्म बरखी बार्न पर्ने । जहाँ पायो त्यही गएर खान नहुने । घर गृहस्थीले थिच्दै गयो । सन्तान थपिँदै गएर फेरि फर्किएर गुरुकोमा जाने दिन आएन मामाको । सात महिना पढेको आधारमा स्वअध्ययन गर्नु भएका मामालाई गाउँको विख्यात ज्योतिष हुन समय लागेन ।

मामा केबल मेरो चिना लेख्ने मान्छे मात्रै नभएर खाँट्टीको दोस्त पनि हुनुहुन्थ्यो । एउटा समय थियो । अग्ला रुखको टुप्पोमा पुग्न मन लाग्ने, नसकी नसकी पनि अरु सरहकै घाँसको भारी बोक्न मन लाग्ने । दुई कान्ला एकै पटक नाघ्न मन लाग्ने । केटाकेटीले त्यस्ता काम गरेको प्राय अभिभावकले मन पराउदैनन् तर, मेरा मामा ति उट्पट्याङ काममा पनि साक्षी बसिदिनु भयो । बारीछेउमा भत्केको पर्खाल लाउँदा होस् वा गोठ बनाउदा गा-हो लगाउने काममा मामाको साथी हुन पाएपछि म पनि निपूर्ण भएँ । भकारी, डोको र पिँजडा बुन्न अनि डोको थुन्सेको पिँध लाउन मैले मामाबाटै सिकेँ ।

मामाको निधन केबल निधन होइन्, एउटा युगको समाप्ती हो । मामा नभएपछि हाम्रो चिना हेर्ने काम त पूर्ण बिराम लाग्यो नै, त्यो घरमा चिना लेख्ने र हेर्ने काम त अबको पुस्ताबाट सम्भव छैन । मामाले जम्मा गरेको पात्रोको ठेली मात्रै जगेर्ना गर्ने हो भने पनि जो कसैका लागि कामकाजी हुनसक्छ ।

हामी मामाको निधन भएको १२ औं दिन पुग्यौ १३ दिनको प्रसाद खाएपछि मात्रै फर्कियौ । हामी हिँड्ने तयारी गर्दै थियौं । मुक्तिनाथ मामा (९१ वर्ष) ले भन्नु भयो । ‘फेरि यसै गरी भान्जा भान्जीसँग भेट हुन्छ हुँदैन भन्न सकिन्न । म मरेको खबर पाएपछि मेरा छोराहरुले बिर्से भनेँ पनि १२ दिनको दिन जसरी पनि आउनु सबै जना !’

हामीसँग हुन्छ हुन्न भन्ने शब्द थिएन । माइलो भाइ गाई डो-याउदै बाटो लाग्यो । मामाको नाती कञ्चनले भन्यो ‘हजुरबाले लेख्नु भएको ६५ वटा चिना रहेछ क–कसको हो हेरेर म पनि भोलि काठमाडौं फर्किन्छु ।’ मेरो चिना अब कसले हेर्छ ? मेरो प्रश्नको जवाफ दिने मान्छे कोही थिएन । चिना हेर्ने मान्छेको फोटो मात्रै थियो भित्तामा ।

तपाइको प्रतिक्रिया

(Visited 157 times, 1 visits today)

आजको समाचार

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

साताका लोकप्रिय समाचार

कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

  सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

अस्वाभाविक मूल्यवृद्धिको चपेटामा उपभोक्ता

दसैं, तिहार र छठजस्ता नेपालीहरूका ठूला पर्वको आगमनसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ एकाएक अकासिएको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

ट्रेन्डिङ

२७ वर्षपछि गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले

 झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिँदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् ।...

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

सिओल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)