नेपाल समूह ‘बी’मा

काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत छनोटको समूह ‘बी’मा परेको छ । यस समूहको सम्पूर्ण खेल ताजिकिस्तानमा आयोजना हुनेछ ।

एसियन फुटबल कन्फेडेरेस (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको समूह ‘ड्र’ अनुसार नेपालको समूहमा ताजिकिस्तानसँगै इरान र लेबनान रहेका छन् । प्रत्येक समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने शीर्ष ४ टोली पनि छनोट हुनेछन् । एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदै छ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

यसपटक नेपाली टोलीमा राष्ट्रिय टोलीमा रहेका अभिषेक रिजाल, सुमन अर्याल, मनिष डाँगी, दीप कार्की, अर्पण कार्की, सेसेहाङ आङदेम्बे, राजीव लोप्चन लगायत खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा चुनावपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका