कुइपर्स फाइनलको रेफ्री

 

एजेन्सी ।  युरोपको ११ सहरमा जारी १६औं संस्करणको युरोकप फुटबलको फाइनल खेल नेदरल्यान्ड्सका रेफ्री बियोर्न कुइपर्सले खेलाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जनाएको छ ।

युरोकपको फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्नेछन् । आइतबार राति हुने फाइनल खेल वेम्वली स्टेडियममा हुनेछ । ४८ वर्षीय कुइपर्स युरोकपको फाइनल खेलाउने पहिलो डच रेफ्री हुनेछन् । कुइपर्सले सातौंपटक युरोपियन प्रतियोगिताको फाइनल खेल खेलाउन लागेका हुन् । यसअघि पनि उनले इंग्ल्यान्ड र इटालीबीचको खेल खेलाइसकेका छन् । सन् २०१४ को विश्वकपको समूह चरणमा इंग्ल्यान्ड र इटाली भिड्दा कुइपर्स रेफ्री रहेका थिए । कुइपर्स सन् २००६ देखि फिफा रेफ्री भएका छन् । उनले जारी युरोमा समूह चरणमा स्पेन र स्लोभाकियाविरुद्धको खेल खेलाएका थिए । यस्तै डेनमार्क र बेल्जियम तथा चेक रिपब्लिक र डेनमार्कबीचको खेल खेलाएका थिए । उनको सहायकमा डच सन्डेर भान रोइकेल र इर्विन जेइन्स्ट्र रहनेछन् ।

फोर्थ अफिसियलमा स्पेनका कार्लाेस डेल सेरो ग्रान्डी रहनेछन् । बास्टियन डान्कर्ट भिडियो असिस्टेन्ट रेफ्री रहनेछन् । उनलाई क्रिस्टियन जिटेलमान, मार्काे फ्रिट्ज र पोल भान बोइकेलले साथ दिनेछन् । कुइपर्सले सन् २०१८ मा मार्से र एट्लेटिको म्याड्रिडबीचको युरोपा लिगको फाइनल, २०१४ मा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीचको च्याम्पियन्स लिगको फाइनल, २०१३ मा बेन्फिका र चेल्सीबीचको युरोपाको फाइनल, २००९ मा जर्मनी र इंग्ल्यान्डबीचको युरोपियन यू–२१, २००६ मा चेक र रसियाबीचको युरोपियन यू–१७ को फाइनल र २०११ मा बार्सिलोना र पोर्टाेबीचको युरोपियन सुपर कपको फाइनल खेल खेलाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले