कोपामा कोलम्बिया तेस्रो

 

रियो दि जेनेरियो । एक गोलले पछि परेको स्थिति उल्ट्याएर कोलम्बियाले पेरुलाई हराउँदै कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ । लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि कोलम्बियाले पेरुमाथि ३–२ पुनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरुका योसिमार योटन र जियानलुका लापाडुलाको गोल सान्त्वना बन्यो ।

ब्राजिलस्थित ब्रासिलिया डिस्ट्रिटो फेडरलमा शनिबार बिहान भएको खेलको पहिलो हाफको अन्त्यतिर पेरुले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई पेरुले जोगाउन सकेन । ४४औं मिनेटमा यारी मिनाको हेडर पोस्टनजिकैबाट बाहिरिँदा कोलम्बिया अग्रता लिनबाट चुक्यो । त्यसमै गोलरक्षक पेड्रो गल्लासेले रिलिज गरेको बललाई काउन्टर अट्याकमा अघि बढाएपछि क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका योसिमार योटनले गोल गर्न सफल भएका थिए । जारी कोपामा उनको यो दोस्रो गोल हो । उनले यसअघि क्वाटरफाइनलमा पाराग्वेविरुद्ध गोल गरेका थिए । दोस्रो हाफको सुरुमै जुआन कोर्डाडोले फ्रिकिकमा दर्शनीय गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । ४९औं मिनेटमा एलेक्सान्डर कालेन्सले फउल गरेपछि प्राप्त फ्रिकिकलाई कोर्डाडोले जाली चुमाउँदा गोलरक्षक गल्लासेसले सही दिशामा डाइभ दिए पनि बचाउन सकेनन् ।

६५औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए । गोलरक्षक कामिल्लो भर्गासको लामो पासलाई नियन्त्रणमा लिँदै उनले एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा जियानलुका लापाडुलाले राजिल गार्सियाको कर्नरलाई हेडरमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै कोलम्बियालाई ३–२ को रोमाञ्चक जित दिलाए । कोपाको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच माराकाना स्टेडियममा प्रतिस्पर्धा हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने