कोरोना जोखिममा बालबालिका

 

काठमाडौं । बालरोग विशेषज्ञले ‘अबको कोरोना जोखिममा बालबालिका रहेको’ भन्दै जनस्वास्थ्य मापदण्ड अपनाउन सचेत गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १५ हजार ५ सय २२ बालबालिकामा संक्रमण भएको छ । विद्यालय बन्द भएका कारण अधिकांश बालबालिका घरभित्रै छन् ।

सरकारले निषेधाज्ञा खुकुलो गरे पनि विद्यालयमा भौतिक पठनपाठन अनुमति दिएको छैन । मुख्यतः बालबालिकामा कोरोनाविरुद्ध खोप प्रयोगमा नआउँदा र अन्य उमेर समूहभन्दा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिका जोखिममा रहेको विशेषज्ञले औंल्याएका छन् । हालसम्म १८ वर्षमुनिका बालबालिकालाई कुनै खोप सिफारिससमेत गरिएको छैन । कान्ति बाल अस्पतालका निर्देशक प्रा.डा. आरपी बिच्छा कोरोना जोखिममा बालबालिका बढी रहेको बताउँछन् । ‘बालबालिकामा भ्याक्सिन प्रयोगमा आएको छैन, युवा अवस्थाको तुलनामा उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ,’ उनी भन्छन्, ‘अन्य उमेर समूहसँग घुलमिल हुने भएकाले उनीहरू बढी जोखिममा छन् ।’ बालबालिकालाई संक्रमणबाट जोगाउन अभिभावक नै जिम्मेबार हुनुपर्नेमा जोड दिँदै उनीहरूले बालबालीकासंग भेट्दा मास्क समुचित प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

बालरोग विशेषज्ञ चिकित्सक संगठन नेपाल पेडियाट्रिक सोसाइटीले अति आवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान अनुरोध गरेको छ । कतै जानुपरेमा स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउन उसले आग्रह गरेको छ । त्यस्तै, बालबालिकामा कुनै समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीबाट सल्लाह लिनसमेत अपिल गरिएको छ । जनस्वास्थ्य विज्ञका अनुसार अहिले पनि कोरोना संक्रमण दर २० देखि २५ प्रतिशत कायमै छ । ‘यस्तो अवस्थामा लकडाउन खोल्नु हुँदैनथ्यो,’ कान्ति बाल अस्पतालका निर्देशक डा. विच्छा भन्छन्, ‘अहिले पनि हामी जोखिममै रहेकाले बालबालिका जोगाउनुपर्छ । यसका लागि उनीहरूलाई प्रशस्त मात्रामा पोषणयुक्त खाना खुवाउनुपर्छ ।’ उनका अनुसार सफा पानी प्रशस्त मात्रामा पिउने र दूधैबालकलाई निरन्तर स्तनपान गराउनुपर्छ ।

बालबालिकाका लागि खोप विकसित भइनसकेको र रोगसंग लड्ने क्षमतासमेत कम हुने भएकाले भाइरसले सहजै आक्रमण गर्नसक्ने डा. विच्छा औंल्याउछन् । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ मध्यनजर गर्दै प्रत्येक अस्पताललाई कुल शैयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन पत्राचारसमेत गरिसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेल पनि बालबालिका लागि अझै कोरोनाविरुद्ध खोप विकास नभएकाले उनीहरू जोखिममा रहेको बताउँछन् । यसैबीच, शनिबार देशभर थप २ हजार १ सय ६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३० पीसीआर र ३ हजार ८ सय ८७ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

देशभर कुल संक्रमित संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ । गत २४ घण्टामा १ हजार ४ सय ३२ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ । शनिबार देशभर २२ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ । संक्रमित संख्या घटे पनि जोखिम भने टरिसकेको छैन ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु
प्रमाेद खरेलकाे नयाँ गीत सार्वजनिक
पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : अर्थमन्त्री पौडेल
भारतीय आर्थिक परिदृश्यमा नेपाल
काठमाडौं र धनगढी फाइनलमा
ईन्डो हस्पिटल टी २० नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि हुने

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी