युरोकपको उपाधि होम होइन, रोम पुग्यो

लन्डन । युरोकप फुटबल २०२० को उपाधी इटालीले जितेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

अतिरिक्त समयसम्म पनि १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो अन्तिम तीनवटा पेनाल्टी गोल गर्नबाट चुकेपछि घरेलु मैदानमै इङ्ल्याण्डले पराजय भोगेको हो ।

लण्डनस्थित वेम्ब्ली मैदानमा सोमबार बिहान सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डले खेलको दोस्रो मिनेटमै कर्नर किकमार्फत आएको बललाई लुके सले गोल गर्दै अग्रता दिलाएका थिए । उनको यो गोल युरोकप फाइनलको इतिहासकै सबैभन्दा छिटो गरिएको गोल रह्‍यो ।

पहिलो हाफसम्मको खेलमा ६५ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्न इटालीले गोल गर्न भने सकेन । दोस्रो हाफको ६७औं मिनेटमा लियोनार्दोले गोल गर्दै इटालीलाई खेलमा फर्काएका थिए । निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त समयसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधि उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो उपाधि जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधि जितेको हो ।

घरेलु मैदानमा घरेलु समर्थकमाझ इङ्ल्याण्ड पराजित हुँदा उपाधी होम नभई रोम गएको छ । युरोकप फाइनलको इतिहासमा पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको यो दोस्रो खेल हो । यसअघि १९७६ को युरोकप फाइनलमा पेनाल्टीमार्फत चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो ।

यसैबीच पोर्चुगलका स्टाइकर क्रिष्टियानो रोनाल्डोले २०२० युरोकपको गोल्डेनबुटको उपाधी जितेका छन् । उनले खेल अवधिभर व्यक्तिगत पाँच गोल गरेवापत यो उपाधी जितेका हुन् । त्यस्तै इटालीका गोलरक्षक जियान लुइजी डोनारूम्मा युरोकप २०२० का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी