सबैलाई समेटेर सरकार गठन गर्न देउवालाई नेपालकाे सुझाव

 

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई सुझाव दिएका हुन् ।

बैठकमा सरकार गठन र पावर सेयरिङका विषयमा छलफल भएको थियो । नेपालले सर्वोच्चको फैसलापछि एमालेको अहिलेको परिस्थितिमा परिवर्तन आउनसक्ने सम्भवना यथावत रहेको भन्दै सुझबुझपूर्ण ढंगले अगाडि बढ्न देउवालाई सुझाव दिएकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी