काठमाडौं । कैलालीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बर्दगोरीया गाउँपालिका-२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई जबरजस्ती करणी अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती महिलालाई जानकी गाउँपालिका-४ मनुवाबाट बा.१० च १८३९ नम्बरको जीपमा राखी झबही भन्ने स्थानमा लगेर जीपभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्षमी नगरपालिका(५ घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।