माधव नेपाल जस्ता गद्दारलाई क्षमा गर्न सकिन्नँ : ओली

 

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल गद्दार भएकाे टिप्पणी गरेका छन् । नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको भन्दै माधवकुमार नेपाललाइ लाजशरम नभएकाे मान्छे भनेर टिप्पणी गरे।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आलोचना गरे ।  ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’ उनले भने । आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्लानी नभएको प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित