फार्मेसीमा औषधि नहुँदा सेवाग्राही चर्को मूल्यमा नीजिमा किन्न बाध्य

 

धनगढी । स्वास्थ्यमा समस्या आएपछि धनगढी उपमहानगरपालिका १ का सुरेश लामाले उपचारका लागी आफनी हजुरआमालाई सेती प्रादेशिक अस्पताल ल्याए । अस्पतालमा चेक जाँचपछि त्यहाँ कार्यरत डाक्टरले उनको हातमा औषधीको लिस्ट थमाए । उनी औषधी लिन अस्पतालकै फार्मेसीमा गए तर त्यहाँ उनले आवश्यक औषधीहरू पाएनन् ।
उनले भने,‘डाक्टरले ५ प्रकारको औषधीको लिस्ट दिएका थिए । तर अस्पतालको फार्मेसीमा ४ प्रकारको मात्रै पाए पछि निजी अस्पतालको फार्मेसीबाट थप औषधी खरिद गर्नुपर्यो ।’

उनले थपे,’अस्पतालकै फार्मेसीमा औषधी नपाउँदा चर्कोमुल्य तिर्नुपर्यो । सरकारले सबै प्रकारको औषधी उपलब्ध हुन्छ, भने पनि हामीहरूले आवश्यक औषधी पाइरहेका छैनौ ।’

यो उनले भोगेको समस्या मात्रै होइन उपचारका लागी अस्पताल पुग्नेहरू फार्मेसीमा आवश्यक औषधी नपाउँदा निजी फार्मेसीबाट चर्कोमुल्यमा औषधी खरिद गर्न बाध्य छन् । उपचारको लागी डोटीको विपीनगर ६ का नरेन्द्र बोहराले पनि यस्तै समस्या भोग्नु पर्यो ।

उनले भने,’अस्पतालको फार्मेसीमा औषधी नपाउँदा रित्तो हात फर्किनु पर्यो । हामीहरू त निजी फार्मेसीबाट पनि औषधी खरिद गर्न सक्छौ । तर विपन्न वर्गका नागरिकहरूलाई निकै समस्या हुन्छ । अस्पतालको फार्मेसीमा निःशुल्क पाइने औषधीलाई निजी अस्पतालमा चर्को मूल्य तिर्नु पर्छ । आर्थिक अवस्था न्यून भएकाहरूलाई निकै समस्या हुन्छ ।’
कञ्चनपुरको पुर्नवास बाट उपचारका लागी सेतीमा पुगेका जय सिंहले पनि फार्मेसीमा औषधी नपाएको गुनासो गरे । उनले भने,‘सरकारी अस्पतालमा सस्तो मूल्यमा उपचार पाउने आशामा टाढा टाढाबाट हामीहरू पुग्छौ तर यहाँ भनेजस्तो नहुँदा निकै सास्ती हुन्छ ।’

धनगढी उपमहानगरपालिका ९ का निमबहादुर पार्कीले पनि फार्मेसीमा आवश्यक औषधी नपाउँदा चर्को मूल्यमा निजी अस्पतालबाट किन्नु परेको गुनासो गरे । उनले भने, ‘अस्पतालको फार्मेसीमा बिरामीलाई आवश्यक पर्ने औषधी हुँदैन ।
यसले निकै सास्ती भइरहेको छ । अस्पतालको फार्मेसीमा सबै किसिमको औषधी उपलब्ध हुनुपर्छ । सेती प्रादेशिक अस्पतालको फार्मेसीमा हाल २ हजार एक सय औषधीका प्रकार रहेका छन् । फार्मेसी इन्चार्ज लक्ष्मी चौधरीले डाक्टरको माग अनुसार औषधी आपूति गदौ आएको उनको दावी गरिन । ‘उनले भनीन अस्पतालमा आएका सवै बिरामीहरु लाई औषधी उपलब्ध गराउछौ ।’ ‘कोरोनाका कारण अहिले बिरामीको सख्इा सगै औषधीको माग कम भएको छ,’ उनले भनिन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी