शर्मा सचिवमा सिफारिस

 

काठमाडौ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वरिष्ट सहसचिव किरणराज शर्मालाई सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस गरेको हो । शर्मा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको रुपमा रहेका छन् । शर्मा निजामती सेवामा कुशल र इमान्दार प्रशासकको रुपमा परिचित छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको हो ।अब बस्ने मन्त्रिपरिषद् बैठकले शर्मालाई स्वतह सचिवमा बढुवाको निर्णय गर्नेछ ।

शर्माले यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, वन तथा वातावरण मन्त्रालय, लोकसेवा आयोग, सूचना विभाग, र गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रहेका कुशलतापुर्वक जिम्मेवारी बहन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी