साउन १५ पछि शरणार्थीले समेत कोरोना विरुद्धको खोप लगाउन पाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने मन्त्रालयले जनाएको छ ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सबैले खोप लगाउन पाउने उल्लेख गरेका छन् ।

जारी विज्ञप्तीमा उल्लेख भए अनुसार हाललाई ५५ वर्ष भन्दा माथीका विश्वविद्यालयका प्राध्यापक शिक्षकदेखी सवारीसाधनका कर्मचारी समेतले पाउनेछन् । त्यस्तै एकडोज मात्रै लाए पुग्ने जानसेनको खोप ५० देखी ५४ वर्ष उमेर समुहका अपाङ्गता भएकादेखी शरणार्थी समेतले लगाउन पाउने भएका छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ