Sunday, August 1, 2021
HomeEditor-Picksबालविवाहः भाग्यले जहाँ–जहाँ डोहो-याउँछ

बालविवाहः भाग्यले जहाँ–जहाँ डोहो-याउँछ

सरिता दाहाल,
sharethis

सरिता दाहाल

घटना १
‘कक्षा ९ पढ्दै थिएँ, भागेर बिहे गरें, अहिले धेरै पछुतो लाग्या छ, न जागिर खान सकियो न राम्रो घर व्यवस्था भयो, आपसमा छुटिनै नसकिने भैयो भनेर बिहे गरेको, अहिले उहाँ (श्रीमान्) विदेश, म बालबच्चा स्याहार्दै यहाँ मेलापात धाउँछुु,’ उनले (नाम गोप्य) एकै श्वासमा यति भनिन् । यो वाक्य सुन्दैगर्दा लाग्थ्यो कि उनलाई आफ्नो भविष्यको चिन्तासँगै विगतले पनि पोलिरहेको छ । बाल्यवस्थामै भागेर विवाह गरेकी उनी अहिले दुई सन्तानकी आमा छिन् । उमेर २१ वर्ष । ‘साथीहरूले अझै बिहे गरेका छैनन्, कलेज पढ्दै छन्, केहीले पढ्दै जागिर खान्छन्,’ उनले थप सुनाइन्, ‘मसँगै कक्षा ९ मै पढ्दापढ्दै बिहे गरेकी साथीको सुत्केरी हुन नसकेर पोहोर मृत्यु भयो, म धन्न बाँचें ।’ यो कथा हो, मकवानपुर मकवानपुरगढी गाउँपालिका–९ को ।

घटना २
कक्षा १० मा पढ्दै गरेकी १८ वर्षीया र कक्षा ११ मा पढ्दै गरेका २१ वर्षीय केटोको विवाह मिति तय भयो । किशोरीको उमेर नपुगेकाले विवाह रोक्ने दबाब आयो तर परिवार तयार भएन । कारण थियो, किशोरीको गर्भमा रहेको ७ महिनाको बच्चा । ‘परिस्थिति आइलागेको’ भन्दै कानुनविपरीत सामाजिक परम्पराअनुसार विवाह सम्पन्न गरियो । घटना बाहिरिएन । घटना हो, मकवानपुर कैलाश गाउँपालिकाको हो ।

घटना ३
कक्षा ११ मा अध्ययनरत १९ वर्षीया र कक्षा १० मा अध्ययनरत किशोर एकाएक सम्पर्कबिहीन भए । परिवारले प्रहरीमा उजुरी ग¥यो । १०औं दिनमा उनीहरू सम्पर्कमा आए । आपसमा बिहे गरेको र कुनै पनि हालतमा नछुट्टिने उनीहरूले बताएपछि घटना बाल हेल्प लाइन पुग्यो । बाल हेल्प लाइनले दुबैलाई पराशर्म ग¥यो । दुबै तत्कालका लागि आ–आफ्नो परिवारसँग बस्न राजी भए ।

घटना ४
२५ वर्षीय युवाले १७ वर्षीया किशोरीसँग विवाह गरे, शारिरीक सम्बन्ध भयो । अधिकारकर्मीको पहलमा उनीहरू अलग पनि भए । युवालाई बलात्कार अभियोग लगाइयो, किशोरीलाई संरक्षण गृह एक साता राखेर घर पठाइयो । आफूले जीवन सुम्पेको साथीलाई बलात्कार अभियोग लगाइएको घटनाले किशोरी अहिले मानसिक रूपमा विक्षिप्त छिन् ।

प्रतिनिधि घटनामात्र हुन् । बालापन रमाउने उमेर । पढेर भविष्यका लागि आधारशिला तयार पार्ने समयकाल । यही उमेरमा जीवनको सबैभन्दा ठुलो जिम्मेवारी उठाउने क्षण विवाह गरेपपछि त्यसपछिको भविष्यबारे के योजना बन्न सक्थ्यो होला र ?

विवाह के हो ? र वैवाहिक जीवनपछि क–कस्ता जिम्मेवारी आइपर्न सक्छन् ? कसरी व्यवस्थापन गर्नुपर्लाजस्ता सुझबुझ हुन नपाउँदै घरव्यवहारको झमेलामा फस्छन्, किशोरकिशोरी । बालविवाहको कारण समस्यामा फस्नेमा बालकभन्दा बालिका बढी रहेको तथ्यांकले औंल्याएको छ ।

२०६८ को जनगणनाअनुसार देशभर १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको संख्या १ लाख ३८ हजार १५ छ । जसमा बालिका संख्यामात्रै १ लाख १५ हजार १ सय ५० अर्थात् साढे ८३ प्रतिशत रहेको छ ।

२०६८ को जनगणनाअनुसार १९ वर्षमुनि विवाह हुने ६५ लाख १७ हजार २ सय ८१ मध्ये किशोरी संख्या ६६ प्रतिशत छ । युएनएफपीएले नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै हुने गरेको जनाएको छ । दक्षिण यसियामा बालविवाह हुने मुलुकमा नेपाल तेस्रो स्थानमा पर्दछ ।

उजुरी कम घटना अधिक
बालविवाह गैरकानुनी भए पनि यस्ता घटनाको उजुरी सहज देखिन्न । कारण हो, सामाजिक विषयका रूपमा स्वीकार गरिनु । ‘बाल क्लबका बालबालिकाले उजुरी गरे भनेमात्रै हो, अभिभावक अझै समाजमा रिसिइबी हुने डरले उजुरी गर्दैनन्,’ सिविन बाल हेल्प लाइन मकवानपुर प्रमुख तथा सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश बालअधिकार समिति सदस्य झविन्द्र ज्ञवाली भन्छन्, ‘त्यही सामाजमा बसेर त्यही“को छोराछोरीको भविष्य बिगार्ने भन्ने आक्षेप आउँछ, त्यसैले यो सहजै उजुरी हु“दैन ।’

सिविन बाल हेल्प लाइन (१०९८) अनुसार बाग्मती प्रदेशको धादिङ, नुवाकोट र रसुवाबाहेक १० जिल्लामा आर्थिक वर्ष २०७७-०७८ मा ८८ बालविवाह रोकिएका छन् । सबैभन्दा बढी मकवानपुरमा आव २०७७-०७८ मा ६० बालविवाह रोकिएका छन् ।

चितवनमा ७ र काठमाडौंमा ६ बालविवाह रोकिएको छ । बालविवाहसम्बन्धी उजुरी सहजै नहुने गरेकाले रिपोटिङमै समस्या भएको ज्ञवालीको अनुभव छ । मकवानपुरको दुई गाउँपालिका ‘बालमैत्री स्थानीय शासन’ लागू भएको पालिका घोषणा भइसकेको छ । त्यहाँ बाल सञ्जाल सक्रिय भएका कारण राम्रोसँग रिपोटिङ हुने गरेको ज्ञवाली बताउ“छन् । जति घटना हुने गरेका छन्, त्यसको केही प्रतिशतमात्रै रिपोटिङमा आउने गरेकाले देखिएको तथ्यांकभन्दा धेरै गुणा बढी घटना गाउँमा लुकाइएको सिविनको ठहर छ ।

विवाहका कारण समस्या फसेका बालबालिकाको भविष्यमा धेरै प्रकारका उल्झन आउने गरेको पाइएको छ । पढाइ पूरा नहुने, शारिरीक र मानसिक रूपमा सक्षम नभएकाले पाइलैपिच्छे समस्या झेल्नुपर्ने अवस्था आइपरेका छन् । घटनापछि उचित परामर्श गर्न नसक्दा पनि धेरै बालबालिका तथा अभिभावक समस्यामा रहेको सिविन बाल हेल्प लाइन मकवानपुरले जनाएको छ ।

बालविवाह उजुरी प्रहरीमा एकदम कम पुग्ने गरेको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकले देखाउँछ । बाल हेल्पलाइन मकवानपुरमा ६० घटना दर्ता हु“दा प्रहरीमा एउटै पनि दर्ता भएको छैन ।

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आर्थिक वर्ष २०७७÷७८ मा धादिङको ४, काभ्रेको १, सिन्धुलीको २ र चितवनको १ गरी जम्मा ८ घटना दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा नुवाकोटको ५ काभ्रे र धादिङको २÷२ वटा गरी ९ घटना दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आन्तरिक उल्झन
कानुनले २० वर्षभन्दा कम उमेरकालाई विवाह मान्दैन र त्यो स्वतः बदर हुन्छ । तर, २० वर्ष नपुग्दै प्रेममा रहेका जोडीमा हुने शारीरिक सम्बन्धले किशोरीमै समस्या बढेको छ ।

मकवानपुर मनहरी गाँउपालिकामा एक जोडी (किशोर १९, किशोरी १७ वर्षको) भागेर बिहे गरे । त्यो अभिभावकलाई स्वीकार्य थिएन । स्थानीय अगुवासमेतको समन्वयमा उनीहरूलाई सम्झाइयो, कानुनी व्यवस्थाबारे बताइयो । आ–आफ्ना घरमा बस्ने, पढाइलाई निरन्तता दिने र उमेर पुगेपछि त्यही जोडीलाई बिहे गराइदिने सहमति हुँदै थियो । किशोरीले मानिनन् । कारण थियो, किशोरीको पेटमा १७ साता नाघ्दै गरेको बच्चा ।

नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । सरकारले सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित राष्ट्रिय रणनीति २०७२ जारी गरिसकेको छ । यद्यपि, लक्ष्यभन्दा यथार्थ धेरै टाढा छ ।

बाग्मती प्रदेश सरकारले २०७८ को अन्त्यसम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने घोषणा गरेको छ । तर, प्रदेश सरकार पनि यो नतिजा उन्मुख भने देखि“दैन । कोरोना महामारीका कारण बालविवाह झनै बढेपछि घोषित अभियान पूर्णतासम्म पु¥याउन चुनौती थपिएको छ ।

कमजोर चेतनाको पाटो
२० वर्षपछि मात्रै विवाह गर्नका लागि अहिले मुख्यतया अभिभावक र विद्यालय परिवारको ठूलो योगदान रहने सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश बालअधिकार समिति सदस्य तथा सिविन बाल हेल्प लाइन मकवानपुर प्रमुख ज्ञवाली बताउँछन् ।

‘बालबालिका, अभिभावक, विद्यालय, जनप्रतिनिधि तथा सरकारले आ–आफ्नो स्थानबाट सचेतना पाटोमा लाग्नुपर्छ, तर, यो पाटो कमजोर छ,’ ज्ञवाली भन्छन् । उनका अनुुसार अभिभावकमा चेतनाकै कमीका कारण विशेषगरी छोरीको विवाह २० वर्षअगावै गर्ने गरेको पाइएको छ । शिक्षाभन्दा विवाहमा खर्च गर्नेतर्फ सोच्ने गरेका कारण बालविवाह उन्मुलन हुन नसकेको ज्ञवालीको बुझाइ छ ।

सन्तानको भविष्यको आधार नै तयार नगरी विवाह गर्ने सामाजिक प्रथा नै भएका कारण बालविवाह उन्मुलन हुन नसकेको बाल अधिकारकर्मी औंल्याउ“छन् । कानुनी पाटो एकातिर छ, सामाजिक रूपमा गुपचुप राखेर विवाह सम्पन्न गर्ने गरिएका घटना धेरै छन् ।

‘छिमेकीको छोराछोरीको विवाह भाँडेर दुश्मन किन बन्ने ?’ भन्ने भावना अभिभावकमा चेनता कमी छ । जनप्रतिनिधिमा मतदाताको मन नदुखाउने मनसाय, बालबालिकामा सामाजिक सञ्जाल दुरुपयोग, सरकारले उच्च प्राथमिकता नदिएका कारण बालविवाह विषय चुनौतीपूर्ण बन्दै आएको छ ।



राज्य नयाँ संरचना अनुसार व्यवस्थामा अघि बढ्न अभ्यास गरिरहेको छ । यसअनुसार विद्यालय शिक्षा अधिकार स्थानीय सरकारमा निहित छ । स्थानीय जनप्रतिनिधिले विद्यालय शिक्षाबाटै सशक्त सचेतना अभिवृद्धि गर्न सक्दछ । तर, यहाँनेर जनप्रतिनिधि नै चुकेको बालअधिकारकर्मीको ठहर छ ।

सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशका बालविवाहमुक्त प्रदेश निर्माण सहजकर्ता पविना लामाका अनुसार बालबालिकाको गुणस्तरीय शिक्षामा जोड दि“दै बालविवाहविरुद्ध समुदायमा बहससहित चेतना अभिवृद्धिमा लाग्नुपर्ने, बलबालिकामा बालविवाहले पर्ने असरबारे जानकारी गराउने, बाल क्लब बाल सञ्जाल तथा साथीबीच बालबिवाह अन्त्यसम्बन्धी छलफल चलाउनेजस्ता कार्यसमेत गरि“दै आएको छ ।

बालविवाहपछि ती व्यक्ति भविष्यमा पनि सामाजिक उत्तरदायीपूर्ण जीवन निमार्णमा सधैं पछिपर्ने गरेको अधिकारकर्मीको भनाइ छ । बाल्यवस्थाको घटनाले मानसपटलमा गहिरो छाप पर्ने गरेको मनोविमर्शकर्ता सम्झाना अधिकारी बताउँछिन् ।

‘केटा साथीलाई आफूमाथि बलात्कार अभियोग लगाइएका कारण मानसिक रूपमा विक्षिप्त किशोरी पनि भेटिएका छन्, उनीहरूलाई गहिरो परामर्श खाँचो छ,’ बाल हेल्प लाइन मकवानपुरमा कार्यरत मनोविमर्शकर्ता सम्झना अधिकारी भन्छिन्, ‘सामाजिक सचेतनासँगै मनोविमर्शको पाटो दरिलो बनाउनुपर्ने अवस्था छ ।’

धार्मिक संस्कारले रोक्ला ?
धर्मगुरु विवाह साक्षी मानिन्छन् । कानुनको स्रोत धर्म पनि हो । धार्मिक आस्थाका कारण बालविवाह हुने गरेको विश्लेषण हुन्छ । धार्मिक तथा सामाजशास्त्रीय परिभाषाले पनि विवाहलाई ‘संस्था’को रूपमा लिएको छ, जुन संस्थाले राष्ट्रिय समृद्धिका लागिसमेत अमूल्य योगदान गर्न सक्दछ ।

पछिल्लो समय बालविवाह रोक्न धर्मगुरुलाई सामाजिक अभियन्ताका रूपमा परिचालन गर्नुपर्नेबारे बहस हुन थालेको छ ।

‘विशिष्टम् बहनमु’ अर्थात् जीवनमा सबैभन्दा ठुलो उत्तरदायिŒव बहन हिन्दुधर्मले विवाह भनेर चिनाएको छ । धर्मका कारण बालविवाह भएको आरोपमात्रै लाग्ने गरेको तर हिन्दूधर्मले विवाहलाई कानुनभन्दा पनि ढिलो अर्थात् २५ वर्षपछि मात्रै विवाह गर्ने अनुमति दिएको हिन्दूधर्म प्रवचक चैतन्य कृष्ण सुनाउ“छन् । अध्ययन कम भएका धर्मगुरुले बाल्यवस्थामै विवाहका लागि प्रेरित गरेको हुनसक्ने बताउँदै उनीहरूलाई कानुनी कारबाही गर्नुपर्ने चैतन्य कृष्णको जोड छ ।

‘२० वर्षभन्दा कम उमेरमा हुन लागेको विवाह सरिक नहुन’ उनले धर्मगुरुहरूलाई आग्रहसमेत गरेका छन् । बैद्धिक धर्मले पनि गृहस्थ जीवन प्रवेशका लागि २५ वर्ष पुग्नुपर्ने बताएको बौद्ध अध्यता बसन्त महर्जन बताउँछन् ।

मुस्लिम गुरु नजरुम हसनका अनुसार यो धर्मले पनि विवाहका लागि योग्य उमेर २५ नै भनेको छ ।

छोरीलाई शिक्षामा पछाडी पारिएको र विवाहलाई छोरीको सुरक्षाका रूपमा लिने गरेका कारण बालविवाह न्यूनिकरणमा समस्या भएको सञ्चारिका समूह केन्द्रीय अध्यक्ष नितु पण्डित बताउ“छिन् । बालविवाहको सवालमा ग्रामीण धर्मगुरु सामाजिक दबाबमा आउने गरेकाले पनि समस्या भएको धर्मगुरुहरूको भनाइ छ ।

बालविवाह रोक्ने मुख्य व्यक्ति धर्मगुरु नै हुनसक्ने उनीहरूको स्वीकारोक्ति छ । ‘कानुनलाई धर्मले छल्छ तर कानुन छले पनि धर्म र रितिरिवाज छाल्नसक्ने हैसियत समाजको हु“दैन,’ कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान अध्यक्षसमेत रहेका चैतन्य कृष्ण भन्छन्, ‘नेपालको कुनै पनि जाति आ–आफ्नो धर्मगुरुको कुरा काट्न सक्दैनन्, यसर्थ धर्मगुरुले चाहेमा ठुलै परिवर्तन ल्याउन सकिन्छ ।’

यस्तो छ, कानुनी व्यवस्था
बालविवाहसम्बन्धी ऐन २०७५ ले बालविवाह गरेमा तीन वर्षसम्म कैद र ७५ हजारसम्म जरीवाना व्यवस्था गरेको छ । अधिवक्ता जगन्नाथ सुवेदीका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७३ ले बालविवाह निरुत्साहन गर्दै २० वर्षभन्दा कम उमेरमा भएको विवाह स्वतः बदर हुने भनेको छ ।

ढिलो विवाह किन ?
बालविवाह एउटा पाटो हो । तर, यसले छोएका विषय अथाह छन् । बालविवाह नगर्नेबारे एउटा कानुनले धेरै सामाजिक व्यवस्था व्यवस्थित गर्दछ । ढिलो विवाहले शिक्षाको पूर्णता हुन्छ । शैक्षिक दक्ष जनशक्ति रोजगारका लागि योग्य हुन्छ, जसले देशको ग्राहस्त उत्पादनमा प्रत्यक्ष टेवा दिनसक्छ । जनसंख्या नियन्त्रणमा भूमिका खेल्दछ । शिक्षित जनशक्ति स्वस्थ्य रहने र यसले गरिबी निवारणमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

बालविवाह भएकाले उमेर नपुग्दै वयस्कजस्तै जिम्मेवारी बहन गर्नुपर्छ, जसका लागि उनीहरू तयार भएका हुँदैनन् । बालविवाह भएकाले छिट्टै अभिभावकको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । जसका कारण उनीहरू शिक्षा र रोजगारी अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छन् । अशिक्षा, गरिबी, शारीरिक कमजोरीजस्ता समस्या भोग्नुपर्ने अवस्थासमेत आइपर्न सक्छन् ।

(Visited 70 times, 2 visits today)
Loading comments...

आजको समाचार

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

सर्लाहीमा हात्ती आंतक एकको मृत्यु, एक घाईते

सर्लाही । सर्लाहीमा जंगली हात्तीको आंतक बढेको छ । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हरिवन...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

ट्रेन्डिङ

कालापानी जाने घोरेटो बाटोको ट्रयाक खोल्यो सेनाले

दार्चुला ।  नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको...

रौतहटका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु, थपिए ७९ संक्रमित

वीरगन्ज । पर्साको वीरगन्जमा उपचारका लागि ल्याएका रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । वीरगन्जको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचार गराइरहेका ती...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)