Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking News१५ अर्ब १५ करोड रुपैयाँ वैदेशिक सम्पत्ति घट्यो

१५ अर्ब १५ करोड रुपैयाँ वैदेशिक सम्पत्ति घट्यो

पूूर्णभक्त दुवाल,
sharethis

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक रहेको छ । देशको अर्थव्यवस्थामा कुल मौज्दात रहेको मुद्रा नै मुद्रा प्रदाय हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको साउनदेखि जेठसम्ममा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा-नोक्सान समायोजित) १५ अर्ब १५ करोड रुपैयाँ (१.१ प्रतिशत) ले घटेको छ । अघिल्लो

वर्षको सोही अवधिमा उक्त सम्पत्ति १ सय ७९ अर्ब ३७ करोड रुपैयाँ (१८.२ प्रतिशत)ले बढेको थियो ।

विस्तृत मुद्राप्रदाय भने १६.१ प्रतिशतले वृद्धि

मुुलुकको सञ्चित मुद्रा ६.१ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा सञ्चित मुद्रा ९.३ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा बढ्यो
यसैगरी आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.६ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालनमा पनि वृद्धि
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको पनि नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ । जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो ।

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको छ । २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९८ प्रतिशत रहेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

२५ प्रतिशतले बढ्यो कर्जा प्रवाह
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको कर्जा प्रवाह २५.२ प्रतिशतले वढेको छ । विकास बैंकहरुको कर्जा प्रवाह भने २५.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।

लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ जेठ मसान्तमा यस्तो धतोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।

११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ ।

केन्द्रीय बंैकले प्रकाशन गरेको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.१९ प्रतिशत छ । आयात २५.७ प्रतिशतले र निर्यात ३७.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशत र अमेरिकी डलरमा १०.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति २२ महिनापछि १५ अर्ब १५ करोड रुपैयाँले घाटामा गएको छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च ९ सय १६ अर्ब ८५ करोड रुपैयाँ र राजस्व परिचालन ८ सय १२ अर्ब ३५ करोड रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया

(Visited 112 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

आजको समाचार

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

साताका लोकप्रिय समाचार

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

अस्वाभाविक मूल्यवृद्धिको चपेटामा उपभोक्ता

दसैं, तिहार र छठजस्ता नेपालीहरूका ठूला पर्वको आगमनसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ एकाएक अकासिएको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

ट्रेन्डिङ

‘एकदेशको कथा’ मा पूर्ण र लक्ष्मी

काठमाडौँ । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित 'एकादेशको कथा' बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा रहेको 'भुलीदेउ'...

नेपालीमाझ बढ्दो इन्टरनेट पहुँच

अहिले नेपालीका माझमा इन्टरनेटको पहुँच सोचेभन्दा निकै तीव्र गतिमा भइरहेको छ । कोभिड–१९ महामारीको संक्रमणसँगै संवाद र भेटघाटका विविध पक्ष र विकल्पको खोजीसँगै इन्टरनेट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)