Friday, September 24, 2021
Your Ads Here
Homeबिचारविश्व कम्युनिस्ट आन्दोलनमा अन्तरसंघर्ष र पुनर्गठन

विश्व कम्युनिस्ट आन्दोलनमा अन्तरसंघर्ष र पुनर्गठन

प्रेमलकुमार खनाल,
sharethis

 

विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादको विकास भए देखिन दक्षिणपन्थी अवसरवाद अर्थात् संशोधनवादविरुद्ध स्वयं माक्र्स, एंगेल्स, लेनिन र स्टालिनको नेतृत्वमा भीषण संघर्ष भयो । यसकै परिणामस्वरूप विश्वभर माक्र्सवाद फैलिन सक्यो र सोभीयत संघ, चीन, क्युबा हँुदै विभिन्न देशमा समाजवादी क्रान्ति सम्पन्न भए ।

माक्र्सवादमा दक्षिणपन्थी अवसरवाद अर्थात् संशोधनवाद एउटा धारा हो, जसले माक्र्सवादको साइनबोर्ड राखेर भौतिकवादी द्वन्द्ववादको आधारलाई फेर्न प्रयत्न गर्छ । यसले सर्वहारा वर्गको अधिनायकत्व, वर्ग संघर्ष र समाजवादी क्रान्तिलाई अस्वीकार गर्छ र यसले शान्तिपूर्ण आन्दोलन, शान्तिपूर्ण विकास, सहअस्तित्व र क्रमिक सुधारको वकालत गर्छ ।

माक्र्स र एंगेल्सले माक्र्सवादका प्रस्थापना प्रतिपादन गरे । कम्युनिस्ट पार्टीको घोषणापत्र, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, पुँजीजस्ता कृतिहरूको सार्वजनिक भएलगत्तै देखि नै संशोधनवादीहरूले हमला सुरुवात गरे । १९औंै शताब्दीको अन्तिम देखिन संशोधनवादको जन्म भयो । जर्मन सामाजिक–जनवादी एडुआर्ड बनर्सटीनले पहिलोपटक माक्र्सवाद अपर्याप्त भएको, समय सुहाउँदो नभएकाले यसमा संशोधन र नवीकरण गर्नुपर्ने भन्दै आवाज उठाएका थिए । त्यसपछि उनका अनुयायीहरू बन्सटिन र काट्रस्की, अस्ट्रियामा एडलर, बाउएर, फ्रान्समा दक्षिणपन्थी समाजवादीहरू संशोधनवादको पक्षमा उभिए । यसरी विकास भएको संशोधनवाद विभिन्न देशहरूको कम्युनिस्ट आन्दोलनमा बेलाबेलामा देखा पर्दै आएको छ । र कतिपय देशका कम्युनिस्ट पार्टीको नेतृत्व नै कब्जा गरेर कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न पनि बनाएको छ ।

माक्र्स र एंगेल्सले तयार गरेको कम्युनिस्ट घोषणापत्र सन् १८४८ मा कम्युनिस्ट लिगमार्फत जारी भएको थियो । कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएपछि लिगभित्र संशोधनवादीहरूले हमला गर्न थाले । त्यसपछि माक्र्स र एंगेल्सले लिगको पुनर्गठनसँगै नयाँ कार्यनीतिलाई अगाडि सारे । तर, भिल्लिख र साप्पोरलगायतका संशोधनवादीहरूले माक्र्स र एंगेल्सको कार्यनीतिलाई अस्वीकार गरे । र, तत्काल उनीहरूले शसस्त्र विद्रोहको सुरुवात गरी समानान्तर गतिविधि गर्न थाले । उनीहरूले लिगको बहुमतको निर्णय मानेनन् । त्यसपछि प्रसियामा घटेको घटनापछि अन्ततः माक्र्सकै प्रस्तावअनुसार सन १८५२ मा लिग विघटन भयो ।

दक्षिणपन्थी अवसरवादको बाटोबाट पार्टीलाई आफ्नो कब्जामा लिने गतिविधिले नै एमाले एकताबद्ध हुन सकेको छैन
रुसमा अक्टोबर क्रान्तिको सफलताले विश्वका पाँचवटै महाधिवेशनमा माक्र्सवादी विचार फैलन थाल्यो र धमाधम कम्युनिस्ट पार्टी स्थापना भए

माक्र्सवादको विचारलाई फैलाउन र संसार भरका मजदुर वर्गलाई संगठित र एकताबद्व गर्न सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रिय गठन भयो । माक्र्सका अनुसार प्रथम अन्तर्राष्ट्रियको स्थापना श्रमिक वर्गको वास्तविक संगठनद्वारा समाजवादी वा अर्ध समाजवादी पन्थहरूलाई बदल्नका लागि गरिएको संघर्ष थियोे । प्रथम अन्तर्राष्ट्रियले विश्वका मजदुरलाई अजेय शक्ति प्रदान ग¥यो । तर, पुँजीपतिहरू, संशोधनवादी अन्तर्राष्ट्रियको गठन भएपछि यसविरुद्ध खनिन थाले । युरोपका सरकारहरूले त यसका गतिविधि विरुद्ध प्रतिबन्ध लगाउने कानुनसमेत बनाए । पोपले त यसलाई भगवान् र मानवशास्त्रका रूपमा अपराधी घोषणा गरे । प्रथम अन्तर्राष्ट्रियको सन् १८७२ मा भएको पाँचौं महासभामा माक्र्सवादी र वाकुनिनवादीहरूबीच भीषण संघर्ष भयो । सभामा माक्र्सद्वारा प्रस्तुत समाजवादी क्रान्ति र यसका लागि राजनीतिक संघर्ष र सर्वहारावर्गको पार्टीको स्थापना अनिवार्य भएको प्रतिवेदनलाई बहुमतले पारित ग¥योे र महासभाले बाकुनिनलाई अन्तर्राष्ट्रियबाट निष्कासन ग¥यो । तर बाकुनिनवादीहरूले महासभाको कार्यदिशालाई अस्वीकार गरेर छुट्टै समानान्तर गतिविधि गरे । यसरी समानान्तर गतिविधि बढ्न थालेपछि सन् १८७६ मा फिलाडेल्फियामा भएको सम्मेलनबाट प्रथम अन्तर्राष्ट्रियको विघटन गर्ने निर्णय भयो ।

माक्र्सको निधनपछि एंगल्सको अगुवाइमा सन् १८८९ मा समाजवादी पार्टीहरूको दोस्रो अन्तर्राष्ट्रिय स्थापना भयो । दोस्रो अन्तर्राष्ट्रियको स्थापनापछि मजदुर आन्दोलनले अग्रगति लिनुको साथै माक्र्सवादी विचारको प्रचार हुनुका साथै मजदुर तथा समाजवादी पार्टीबीच सम्बन्ध विस्तार हुन थाल्यो । तर, दोस्रो अन्तर्राष्ट्रियमा अराजकतावादीहरूले सुरुवातदेखि नै हमला सुरुवात गरे । सन् १८९५ मा एंगेल्सको मृत्युु भयो । साम्राज्यवादी आतंक सुरु भयो र दोस्रो अन्तर्राष्ट्रियमा अवसरवादी प्रवृत्तिको बोलबाला हुन थाल्यो । रुसमा बोल्सेभिकको पार्टी जसको नेतृत्व लेनिनले गरेका थिए र त्यसले अवसरवादीको विरोध ग¥यो । १ अगस्ट १९१४ मा प्रथम विश्वयुद्धको सुरुवात भयो । तर, अन्तर्राष्ट्रियभित्रका अवसरवादी र मेन्सेवीकले खुलमखुल वुर्जुवा सरकारको साम्राज्यवादी नीति अर्थात् विश्वयुद्वको पक्ष लिन थाले । र अन्ततः लेनिनको पालामा दोस्रो अन्तर्राष्ट्रिय पनि भंग हुन पुग्यो ।

विश्वयुद्धका दौरानमा कम्युनिस्ट आन्दोलनमा दुई धार देखा प¥यो । पहिलो (अन्तर्राष्ट्रिय मजदुर तथा समाजवादी आन्दोलन, दोस्रा सामाजिक अन्धराष्ट्रवादी बाटो लिएर मजदुर आन्दोलनलाई कमजोर बनाउने र राष्ट्रिय पुँजीपति वर्गलाई सहयोग पु-याउने मध्यममार्गी बाटो देखाप¥यो । तर, लेनिनले मध्यममार्गको सिद्धान्त सामाजिक अन्धराष्ट्रवादको सिद्धान्तभन्दा झन् खतरनाक र हानिकारक हुने बताए । रुसी क्रान्तिका क्रममा लेनिनले दक्षिण पन्थी अवसरवादको विचारका वाहक नरोदवाद र मेन्सेविकहरूका विरुद्ध भीषण ढंगले वैचारिक संघर्ष गरेकै परिणामस्वरूप रुसमा फरवरी क्रान्ति हुँदै अक्टोबर क्रान्ति सफल भएर समाजवाद स्थापना भएको थियोे ।

रुसमा अक्टोबर क्रान्तिको सफलताले विश्वका पाँचवटै महाधिवेशनमा माक्र्सवादी विचार फैलन थाल्यो र धमाधम कम्युनिस्ट पार्टीहरू स्थापना भए । तर, यसरी खुलेका कम्युनिस्ट पार्टीहरू वैचारिक तथा संगठनात्मक दृष्टिबाट कमजोर थिए र तिनका बीचमा समन्वयको अभाव थियोे । यस स्थितिमा तेस्रो अन्तर्राष्ट्रिय स्थापनाको टड्कारो आवश्यकता रहेको थियो । यहीँ पृष्ठभूमिमा २ मार्च १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको सम्मेलन भयो । तेस्रो अन्तर्राष्ट्रियले संशोधनवाद र अवसरवादबाट सर्वहारा क्रान्तिकारी आन्दोलनलाई शुद्ध गर्ने दिशाबोध ग-योे ।

सन् १९२४ मा लेनिनको निधन पछि स्टालिनको नेतृत्वमा सोभियत संघको समाजवादी अभियान अगाडि बढ्यो । सँगसँगै फासिस्टवादविरुद्ध लडनुपर्ने भयो । फासिस्टवाद विरोधी मोर्चा बनाउन आवश्यक भएर स्टालिनले पश्चिमा सरकारसँग प्रस्ताव अगाडि सारे तर पश्चिमा सरकारहरू जो साम्राज्यवादको पिछलग्गु थिए र उनीहरूले तेस्रो अन्तर्राष्ट्रियको विघटनको माग लाई अगाडि सारे । फासीवादका विरुद्धको युद्धमा सोभियत संघलाई बचाउन र समाजवादलाई बचाउने नै मुख्य कुरा हो भन्ने स्टालिनले ठहर गरे । तेस्रो अन्तर्राष्ट्रियको सातांै महाधिवेशनले फासीवादविरुद्ध संयुक्त मोर्चा बनाएर जाने फैसला ग-योे र यहीँ क्रममा सन् १९४३ मा तेस्रो अन्तर्राष्ट्रिय पनि विघटन भयो । र फासीवाद विरोधी संयुक्त मोर्चाको नेतृत्वमा फासीवादका विरुद्धको युद्धमा सफलता प्राप्त भएको थियोे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मतभेदभन्दा मनभेद जोखिम

स्टालिनको निधनपछि सोभियत संघको सरकार र कम्युनिस्ट पार्टीको नेतृत्वमा ख्रुश्चेभ नेतृत्वमा आए । ख्रुश्चेभ सत्तामा आएपछि संशोधनवादी र दक्षिणपन्थी अवसरवादी बाटो लिए । ख्रुश्चेभले स्टालिनका योगदानलाई नामेट पारेर वर्ग समन्वयवादी धारबाट कम्युनिस्ट पार्टी सञ्चालन गर्ने दृष्टिकोण अगाडि सारे । यसै सन्दर्भमा सन् १९६० मा विश्वका कम्युनिस्ट पार्टीहरूको सम्मेलन भयो । त्यस सम्मेलनबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष, र सर्वहारा वर्गको अधिनायकत्वको लाइन र वर्ग समन्वयवादी गरी दुई लाइन देखाप¥र्यो । ख्रुश्चेभले विश्व कम्युनिस्ट आन्दोलनमा फैलाएको संशोधनवादी एवं दक्षिणपन्थी धाराले ३० वर्ष पुग्दा नपुग्दै सोभियत संघ रुसमा कम्युनिस्ट पार्टी विघटन भयो र समाजवादी व्यवस्थाको ठाउँमा पुँजीवादको पुनरुत्थान भयो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । तर, नेकपाभित्र केपी ओलीले पार्टी र सरकार सञ्चालनमा माक्र्सवादी लेनिनवादी सिद्धान्तविपरीत गरेका गतिविधि र कार्यशैलीले दक्षिणपन्थी, विसर्जनवादी, अवसरवादी, विखण्डनकारी, व्यक्तिवादी, सर्वसत्तावादी सोच, गतिविधि र प्रवृत्तिका रूपमा प्रकट भए

नेपालमा २००६ सालमा पुष्पलालको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि माक्र्सवादी सिद्धान्तको आलोकमा पार्टी सिद्धान्त, रणनीति, कार्यनीति, कार्यनीति, कार्यक्रम तयार भयो । तर, पहिलो महाधिवेशनदेखि नै पार्टी स्थापनाका प्रस्थापनामा संशोधनवादी धारा देखा परेको थियोे । दोस्रो महाधिवेशनमा पुष्पलालले अगाडि सारेको गणतन्त्रको कार्यदिशा पारित भयो तर महासचिवमा भने राजापरस्त रुझान राख्ने केशरजंग निर्वाचित भए । रायमाझीले संवैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको लाइन लिए । रायमाझीले राजा महेन्द्रले २०१७ मा गरेको ‘कु’ लाई समर्थन गरेपछि २०१९ मा भएको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनले रायमाझीलाई पार्टीबाट निष्कासन ग¥यो । यसरी २०२० को दशक देखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादविरुद्ध वैचारिक संघर्षबाट विभाजित भएको कम्युनिस्ट आन्दोलन ३० को दशकदेखि नै फेरि को–अर्डिनेसन केन्द्र, केन्द्रीय न्युक्लियस हँुदै विभिन्न धाराबाट गठन पुनर्गठन र एकीकरण हँुदै अगाडि बढ्यो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । तर, नेकपाभित्र केपी ओलीले पार्टी र सरकार सञ्चालनमा माक्र्सवादी लेनिनवादी सिद्धान्तविपरीत गरेका गतिविधि र कार्यशैलीले दक्षिणपन्थी, विसर्जनवादी, अवसरवादी, विखण्डनकारी, व्यक्तिवादी, सर्वसत्तावादी सोच, गतिविधि र प्रवृत्तिका रूपमा प्रकट भए । यी गतिविधिले पार्टीको एकतालाई छिन्नभिन्न बनायो । फागुन २३ को अदालतको फैसलापछि त नेकपामात्रै विघटन भएन नेकपा एमालेलाई समेत विभाजन गराउने गरी फागुन २८ गते २३ जना केन्द्रीय सदस्यहरू एकतर्फी रूपमा थप्ने निर्णय गरी पार्टीमा बहुमत कायम गरेर कब्जा गर्ने काम भएको छ । र यसरी एकतर्फी रूपमा गरिएका निर्णयविरुद्ध अहिले एमालेमा भीषण अन्तरसंघर्ष चलेको छ । दक्षिणपन्थी अवसरवादको बाटोबाट सरकारमा टाँसिरहने र पार्टीलाई आफ्नो कब्जामा लिने जुन गतिविधि अध्यक्ष केपी ओलीबाट भएका छन्, यसबाट नेकपा एमालेलाई एकताबद्व हुन नदिने काम भइरहेको छ ।

विगतमा सरकार टिकाउन पटकपटक गरेको संसद् विघटन, अध्यादेशका भरमा सरकार सञ्चालन, सरकार टिकाउन देशको राष्ट्रियतामा नै गम्भीर आँच पुग्नेगरी अध्यादेशबाट नागरिकता कानुन जारी गरेको घटना, एक मधेस एक प्रदेशको माग अघि सारेर नेपाललाई विखण्डन गर्ने, नाकाबन्दी लगाउने र नाकाबन्दी गराउन उक्साउने मधेसवादी नेतासँग पार्टीको जानकारी र निर्णयबिना संविधान संशोधनका लागि कार्यदल गठन र मधेसवादी दललाई मन्त्रिमण्डलमा सहभागी गराउने कार्य, सर्वसत्तावाद लाद्न पार्टीको सहमतिबिना राजनीतिक, कूटनीतिक एवं संवैधानिक अंगहरूमा भएका नियुक्ति, एनसेल प्रकरण हँुदै यति होल्डिङ, ओम्नी र वाइडवडी प्रकरणले भ्रष्टाचार र दलाल पुँजीवादले प्रश्रय पाउने काम गरेको छ । पार्टीको जानकारीबिना प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखसँग कूटनीतिक मर्यादाविपरीत अपारदर्शी ढंगले भएको भेटघाट, सीमा अतिक्रमणको अन्त्य गर्न भारत सरकारसँग कूटनीतिक एवं राजनीतिक स्तरमा वार्र्ता गर्न गरेको उदासीनता, धर्म निरपेक्ष देश नेपालमा कम्युनिस्ट प्रधानमन्त्रीको संलग्नतामा भएका धार्मिक गतिविधिले द्वन्द्व र अराजकता सिर्जना गर्न थालेको छ ।

कम्युनिस्ट पार्टी सरकारमा जानु भनेको क्रान्तिकारी सुधार परिवर्तन गरेर समाजवादको आधारशिला निर्माण गर्ने भूमिका निर्वाह गर्ने हो । तर, केपी ओली नेतृत्वको सरकारले गरेका यस किसिमका गतिविधि नेकपा एमालेको कार्यदिशाविपरीतका गतिविधि हुन् । यी गतिविधिले राष्ट्रियताको संरक्षण गर्ने, स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आर्थिक विकास गर्ने, समृद्धि हासिल गर्ने र समाजवादको आधार निर्माण गर्ने दिशामा भूमिका निर्वाह गर्न मद्दत गरेको छैन । बरु दलाल पुँजीवाद झन्झन् मौलाएको छ र यसले समाजवादी क्रान्तिको गतिलाई पछाडि धकेलिदिएको छ । सँगसँगै २०६२/६३ को क्रान्तिबाट प्राप्त उपलब्धि र संविधानको रक्षा र कार्यान्वयनको विषयमा मद्दत गर्नुको सट्टामा झन् चुनौती खडा गर्ने काम गरेको छ ।

अन्त्यमा, विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी अवसरवाद, संशोधनवादविरुद्ध भएको अन्तरसंघर्ष र गठन, पुनर्गठनको अभियानले नै माक्र्सवादी विचार विश्वव्यापी रूपमा फैलाउन सम्भव भएको हो । विश्वका हरेक भागमा माक्र्सवादको फैलावटसँगै श्रमजीवी वर्गको अग्रदूत पार्टी कम्युनिस्ट पार्र्टीहरूले समाजवादी क्रान्तिको अगुवाइ गरिरहेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा पनि देखापरेको दक्षिणपन्थी अवसरवादी सोच, चिन्तन र प्रवृत्तिले पार्टी र सरकारमा समेत पकड कायम गरेर सर्वसत्तावादी सोचका साथ गतिविधि गर्दै आएको छ । नेकपा एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा अगाडि बढिरहेको स्थितिमा यसलाई कमजोर बनाउन एमालेभित्र एकता हुन नदिन स्वयं पार्टी नेतृत्वले पार्टीका सहयोद्वालाई नै सार्वजनिक रूपले गालीगलौज गरेर स्थितिलाई झन् चर्काउने काम भएका छन् । यति मात्रै होइन आफ्ना समर्थक कार्यकर्ताहरूलाई परिचालित गरेर यस्तो कोरोना महामारीको बेला जुलुस ¥यालीहरू गरेर अदालतको फैसलाविरुद्ध तथा पार्टी नेताविरुद्ध नाराबाजी भइरहेको छ । र, यस्ता गतिविधि गर्दै नेतृत्वले विगतमा आफूले गरेका गल्ती कमजोरीलाई ढाकछोप गर्न चाहन्छ । यो दक्षिणपन्थी अवसरवाद र अराजकतावादको विशेषता नै हो । तसर्थ, यस्तो स्थितिमा एमालेभित्रका क्रान्तिकारीले दक्षिणपन्थी अवसरवाद, व्यक्तिवाद, सर्वसत्तावादी सोच, चिन्तन र प्रवृत्तिविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्दै समाजवादी क्रान्तिको अगुवाइ गर्न सक्षम हुनेगरी पार्टीको निर्माण र पुनर्गठन गरेर अगाडि बढ्दै दक्षिणपन्थी अवसरवादी सोच, चिन्तन र प्रवृत्तिलाई परास्त गर्नुपर्ने आवश्यकता रहेकोे छ ।

तपाइको प्रतिक्रिया

(Visited 197 times, 1 visits today)

आजको समाचार

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

साताका लोकप्रिय समाचार

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४बुँदे अवधारणा पत्र

  काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

ट्रेन्डिङ

नियुक्तिमा प्रधानन्यायाधीशकै अलमल

काठमाडौं । संविधान र कानुन पालना गर्नुपर्ने मुख्य भूमिकामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक वर्षदेखि कानुनको बेवास्ता गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले...

ह्यान्डबलले सम्पूर्णको कोरोना बिमा गरिदिने

पोखरा । नेपाल ह्यान्डबल संघले खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरू गरी करिब २ सय जनाकोे कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघको बैठकले कोरोना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)