गैह् आबासीय नेपाली संघको १० औं ग्लोवल सम्मेलन अक्टोबर २३-२५ मा हुने

 

काठमाडाैं ।  गैह्र आबासीय नेपाली संघको १० औं ग्लोबल सम्मेलन एबं साधारण सभा आयोजना हुने मिती निश्चित भएको छ । शनिबार सम्पन्न ७८ औं परिषदको बैठकले मिती निश्चित गरेको हो ।

संघले सम्मेलन अक्टोबर २३ देखी २५ सम्म अनलाईन प्रणाली मार्फत गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक कमिटी गठन गरिने भएको छ ।

बैठकले निर्वाचनको उम्मेदवार मनोनयन शुल्क सन २०१९ को निर्बाचनमा तोकिए बनोजिम  हुने जानकारी पनि दिएको छ । बैठकले आर्थिक बर्ष २०७८- २०७९ को बजेट पारित गरेको छ । संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार बैठकले गैह्र आबासीय नेपाली संघको निर्बाचन सम्बन्धि नियमावली, एनआरएनए फ़ाउण्डेशन, आर्थिक नियमावली लगाएतका बिभिन्न १९ वटा नियमाबलीहरू पनि संशोधन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै