Friday, September 24, 2021
Your Ads Here
Homeप्रमुखअब सहजै रुपमा खोप लगाउन पाइने

अब सहजै रुपमा खोप लगाउन पाइने

केन्द्रदेखी जिल्ला तहसम्म खोप पुर्याउदै सरकार

प्रशान्त वली,
sharethis

 

काठमाडौं । सरकारले लक्षित सबै नागरिकलाई खोप लगाउने योजना तयार गरेको र सोहीअनुसार खोप अभियानलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ । खोप अभियान केन्द्रदेखि प्रदेश र जिल्ला तहमा समेत पु-याउन थालिएको छ । यद्यपि खोप लगाउने कार्यको व्यवस्थापनमा भने केही समस्या देखिएको छ ।

हालसम्म ६५ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको मध्ये ११ लाख २६ हजार ८ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । हालसम्म ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ६६ हजार १ सय ३६ जनाले भेरोसिलको दोस्रो मात्रा लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १ लाख २ हजार ९ सय १५ जना, प्रदेश २ मा ८५ हजार ५ सय ३७ जना, बाग्मती प्रदेशमा ६ लाख १ हजार ५ सय ३६ जना, गण्डकी प्रदेशमा ७४ हजार १ सय १८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।

यस्तै, लुम्बिनी प्रदेशमा १ लाख ४६ हजार २ सय ५, कर्णाली प्रदेशमा ४६ हजार ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७० हजार ९१ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । यसैबीच, साउन १५ भित्र नेपालमा थप ३२ लाख खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १५ साउनभित्र कम्तीमा ३२ लाख र त्यसपछि निरन्तर खोपहरू नेपाल आउने क्रम जारी रहनेछ । मन्त्रायलयले खोप अभियान आइतबारबाट पुनः सुरु हुने भन्दै सबै नागरिकलाई संयमित हुन आग्रह गरेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

केही महिना निकै ढिलो गरी भित्रिएको खोप पछिल्लो केही दिनयता आउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केही दिनदेखि भेरोसेलको खोपहरू विभिन्न प्रदेशका जिल्लामा पुगी खोप अभियान सुरु भएको बताए ।

हालसम्म नेपालमा कोभिसिल्ड र भेरोसिल खोप उपयोगमा आएको छ । सरकारले २ करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । यस्तै, शनिबार थप १ हजार ८ सय ७५ जनामा संक्रमण देखिएको छ । देशभर शनिबार ६ हजार ८ सय ५८ पीसीआर र ३ हजार २ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हालसम्म कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । शनिबार थप २१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ । संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको भन्दै स्वास्थ्य मन्त्रालयले हेलचेक्रयाइँ नगर्न आमनागरिकलाई आग्रह गरेको छ ।

तर, बन्दाबन्दी खुकुलो भएसँगै अधिकांश नागरिकले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा अटेरी गर्दै आएका छन् । जनस्वास्थ्य विज्ञहरूले भौतिक दूरी कायम, व्यक्तिगत सरसफाइ र मास्कको समुचित प्रयोग गरेमा कोरोना जोखिमबाट बच्न सकिने सुझाव दिएका छन् ।

 

तपाइको प्रतिक्रिया

(Visited 317 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

आजको समाचार

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

साताका लोकप्रिय समाचार

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७...

 देवीकाले ल्याइन् नयाँ गलबन्दी

काठमाडौं । डेढ दशकसम्म लोक दोहोरीमा आफुलाई समर्पण गरेपछि लोक गायिका देविका केसी क्यानडा गईन । उनी केही वर्ष देखि क्यानडामा बस्दै आएकी छन्...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

ट्रेन्डिङ

माधव नेपाल: १५ वर्ष महासचिव, १५ वर्षपछि संसदीय दलको नेता

  काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३...

जबरजस्ती धर्म परिवर्तन र सजायको व्यवस्था

धर्म सत्य हो, धर्म प्रेम हो र धर्म जीवन दर्शन पनि हो । कुनै चिजवस्तु र व्यक्तिमाथि राम्रो पुण्यकर्म र विचारका लागि विश्वास गरिने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)