Wednesday, September 22, 2021
Your Ads Here
Homeबिचारकाँग्रेसभित्र युवा नेतृत्व

काँग्रेसभित्र युवा नेतृत्व

राजु सुनार,
sharethis

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा युवा शक्तिको जोस, जागर र आँटले क्रान्तिकारी भूमिका देखिन्छ। विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । चाहे नेल्शन मण्डेला हुन् वा गान्धी हुन् वा बिपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका थिए।

नेपालमा २००७, २०३६, २०४६, २०६२र६३ जस्ता ऐतिहासिक आन्दोलनहरू युवाहरूको सहभागिता र अग्रसरताले नै सफल भएको पाइन्छ। विडम्बना के छ भने हरेक परिवर्तनका आन्दोलनपछि देशले स्थायित्व पाउला र राजनीतिक नेतृत्वमा युवाहरूको सहभागिता होला भन्ने युवाहरूको सपना चरम निराशामा परिणत हुदै गएको छ।

बूढाहरू नेतृत्वमा बसिरहे, युवाले मौका पाएनन् भन्नु सत्य हो । तर त्यो परिवर्तन गर्ने जिम्मा मूल रूपमा दलभित्र रहेका युवा जमातको नै हो । आफ्ना दलभित्र युवाहरूलाई बोलीहीन बनाउने अनि बाहिर युवाका शक्ति कहिले उठेर मद्दत गर्लान् भन्ने आशामा बस्नुमा अर्थ छैन । बाहिर प्रदर्शन गर्ने युवाहरू सिर्जनशील हुन्छन्, ती समाजका ऊर्जा शक्ति हुन्।

हरेक आन्दोलनमा रगत र पसिना बगाएका र संगठनको नेतृत्व गरेको यी युवा, गुटका नेताको समर्थन र विरोधमा लड्न बाध्य छन्

नेपाली कांग्रेस यो मुलुकको सबैभन्दा जेठो प्रजातान्त्रिक दल मानिन्छ । तर तुलनात्मक हिसाबमा अन्य दलमा भन्दा यसमा युवाहरूलाई भूमिका प्रदान गर्नुको सट्टा युवा कै बलमा पाका नेताहरू अगाडि बढिरहने प्रवृत्ति अझै पनि हाबी छ। साथै विद्यार्थी राजनीति र आन्दोलन गरेका अन्य दलका सहकर्मीहरू पार्टीमा माथि चढ्दै गर्दा नेपाली कांग्रेसका युवा पछाडि नै देखिन्छन्। हरेक आन्दोलनमा रगत र पसिना बगाएका र संगठनको नेतृत्व गरेको यी युवा, गुटका नेताको समर्थन र विरोधमा लड्न बाध्य छन् ।

युवाको स्थान र नेतृत्व विकास भन्दा पनि युवालाई गुट उपगुट को भुमरीमा पारेर आफु माथि जान सिपालु र व्यस्त देखिन्छन् । यी पाका नेताहरूले युवाहरूलाई चुनाब जित्न, जनमत आफ्नो पक्षमा पार्न र बुथको सुरक्षाको रूपमा मात्रै प्रयोग गरेको पाइन्छ। जसले गर्दा युवा नेता नै राजनीतिलाई शक्तिको फोहोरी खेल ठान्न बाध्य भएका छन् । तर राजनीतिलाई नै फोहोरी खेल ठानेर अरूलाई औँला ठडाउँदैमा र घोक्रो सुक्ने गरी आफ्नै नेतालाई गाली गरेर मात्र पनि युवाको दायित्व पक्कै पुरा हुन सक्दैन । युवाहरु राजनीतिमा आउन सक्दैनन्।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट व्यवस्थापनमा ध्यान देऊ

जुन देशमा युबा हरुले आफ्नो सृजनात्मक श्रम, सीप र बुद्धि विवेक देशका लागि खर्च गरेका छ्न त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न पाइएको छ । राष्ट्र विकासको रथ हाक्ने आधारभुत शक्ति भनेको युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त शक्ति नै देश विकासको उर्जा हो। युबा उर्जा र क्षेमताले जुनसुकै चुनौती र अबरोधहरुलाई पाखा लगाइ नयाँ सोच र नयाँ प्राविधिबाट विकासको गोरेटो केर्न सक्छन् ।

जीवनको चक्रमा हरेक ब्यक्ति एकपल्ट युबा अबस्थामा पुग्छ्न र व्यतिगत रुपमा कुनै पद वा अहोदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको सहभागी भएकै हुन्छन । तर्सथ देश विकासको गहकिलो जिम्मेवारि लाई बोक्न सक्ने बलियो खम्बाका रुपमा रहेका युबा बर्गलाई अल्छी हुन र कुलतमा बरालिन नदिइ उनीहरुको जोश र जागरलाइ सम्मान गरि नेपाली काँग्रेसले राजनीतिमा स्थान दिएको खण्डमा राजनीति फोहोर खेल हो भन्ने युवाहरु सोचमा परिवर्तन हुन सक्छ।

आगामी निर्वाचनमा काँग्रेसको सत्ता आउछ भन्न जति सजिलो छ , बिपक्षी पार्टीसंग प्रतिस्पर्धा गर्न पनि कठिननै छ। तर पार्टी भित्र जोस, जागर, निष्ठा, निडरपन, सक्षमता र अध्ययनशील आधुनिक पुस्ताको उदयको जरुरी छ। जो सहीलाई सही र गलतलाई गलत भन्दै आफ्नै पार्टी भित्र पनि परिवर्तनकारी भूमिका खेल्न सक्दछन ।

अबको समयमा कांग्रेसको नेतृत्वले युवा भावना अनुरूप युवालाई सबल र सक्षम बनाउन युवाहरूबाटै चुनिएर गएका प्रतिनिधि पात्रलाई उपयुक्त स्थान दिएको खण्डमा मात्र कांग्रेसले युवाहरू प्रति आफ्नो दायित्व पूरा गरेको मान्न सकिन्छ। कांग्रेसमा युवा नेतृत्वका लागि केही आशाका किरण अझै पनि जीवितै रहेकाले आउने १४ औँ महाधिवेशनमा युवा नेतृत्व स्थापित गराउन सम्पूर्ण क्रियाशील सदस्यले वडा, नगर, प्रदेश क्षेत्र, जिल्लादेखि नै युवा नेतृत्व स्थापना गराइ केन्द्रसम्म युवाको सही व्यवस्थापन गराउनु पर्छ।
सुनार नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

तपाइको प्रतिक्रिया

(Visited 97 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट व्यवस्थापनमा ध्यान देऊ

आजको समाचार

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

साताका लोकप्रिय समाचार

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

ट्रेन्डिङ

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)