प्रशिक्षक श्रेष्ठ टोकियो ओलम्पिक जाने

काठमाडौं । एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा अर्काे प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा जाने भएका छन् । नेपाल ओलम्पिक कमिटीले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि लंलिस्टमा रहेका सन्तोष श्रेष्ठ जाने उल्लेख गरेको छ । यस विषयमा नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीबीच छलफल भएको थियो ।

नेपालका तर्फबाट एथलेटिक्समा प्रशिक्षकका रूपमा इन्द्रकुमारी मल्ल सहभागी हुने निर्णय भएअनुसार उनको सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा कोभिड–१९ को पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिडसम्बन्धी नियमअनुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उनको स्थानमा पहिलेको सूचीमा एक्रिडेसन कार्ड भइसकेका प्रशिक्षक सन्तोष श्रेष्ठ जाने भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपाल ओलम्पिक कमिटीले प्रशिक्षक मल्ललाई कोरोना पुष्टि भएको पत्र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको राखेपअन्तर्गतका राष्ट्रिय टिम तयारी समितिका संयोजक महेन्द्र राईले जानकारी गराए ।

अब ओलम्पिकका लागि जाने तय भएको प्रशिक्षक श्रेष्ठको पनि लगातार कोरोना परीक्षण हुनेछ । श्रेष्ठले ओलम्पिक जानबाट वञ्चित पारिएका धावक गोपीचन्द्र पार्कीका प्रशिक्षक हुन् । गोपी जान नपाउने भएपछि प्रशिक्षक पनि स्वतः नजाने सूचीमा रहेपछि संघको सिफारिसमा अन्तिम समयमा इन्द्रकुमारी मल्ल ओलम्पिक जाने तय भएको थियो । एथलेटिक्स टोली २५ जुलाईमा टोकियो जाने तालिका छ । खेलाडीमा सरस्वती चौधरी रहेका छन् । उनले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । नेपालबाट ३ खेलका टोली जापान पुगिसकेका छन् । पौडी टोली अघिल्लो साता नै टोकियो पुगिसकेका छन् । जुडो र सुटिङ टोली शुक्रबार जापान प्रस्थान गरिसकेको छ । ओलम्पिक २३ जुलाईदेखि ८ अगस्टसम्म हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार