ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले जनाएको छ । ओलम्पिक भिलेजभित्र रहेका ३ जना र बाहिरका ७ जना गरी आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार एकै दिन ३ खेलाडी, ओलम्पिक गेममा सम्बन्धित ५ जना अधिकारी, एक जना मिडिया र एक जना टोकियो ओलम्पिक कन्ट्रयाक्टर गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म टोकियो पुगेका ४ जना खेलाडीसहित ५५ जना संक्रमित भइसकेका छन् । ओलम्पिक सुरु हुन ५ दिन बाँकी छँदा खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिएपछि झन् बढी सन्त्रास फैलिएको छ । कोरोना पोजेटिभ देखिएका खेलाडीको नाम भने गोप्य राखिएको छ ।

ओलम्पिक भिलेजमा रहेका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि ती खेलाडी र उनको टोली नै आइसोलेट भएका छन् । कोरोना भाइरसको महामारीबीच सुरु हुन लागेको ओलम्पिकमा एकपछि अर्को खेलाडीमा संक्रमण देखिएपछि थप चुनौती देखिएको छ । यसअघि शनिबार टोकियोमा ल्यान्ड भएपछि चेक रिपब्लिकका एक जना अफिसियललाई कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियो पुगेपछि एन्टिजेन टेस्ट गराउँदा कोरोना पुष्टि देखिएको हो । स्टाफमा कोरोना संक्रमण देखिएपछि उनको आसपासमा रहेका अन्य आइसोलेसनमा बसेको छन् । अन्य खेलाडी तथा स्टाफमा कोरोना परीक्षण गर्दा नतिजा भने गोप्य राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने