ओलम्पिक टोलीलाई बिदाइ

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा जाने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोलीलाई सोमबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यवहाक सदस्यसचिव एकेन्द्र कुँवरले श्रेष्ठ नेतृत्वको ओलम्पिकमा जाने टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।

टोली सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीबका अध्यक्ष श्रेष्ठसहित महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्य सुभास श्रेष्ठ र सम्पन्न श्रेष्ठलगायत छन् । नेपालबाट ओलम्पिकमा जाने यो तेस्रो टोली हो । यसअघि पौडी टोली, सुटिङ र जुडो टोली जापान पुगिसकेका छन् । अब एथलेटिक्स टोली २५ जुलाईमा त्यसतर्फ प्रस्थान गर्ने तालिका छ ।

नेपालबाट यसपटक चार खेलमा ५ खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीमा पौडीबाट जलपरी गौरिका सिंह र एलेक्स शाह छन् । जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरी छन् । पौडीको प्रशिक्षकमा शंकर कार्की, जुडोबाट सूर्यनारायण श्रेष्ठ, सुटिङबाट असिम यादव र एथलेटिक्सबाट सन्तोष श्रेष्ठ रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल ओलम्पिकको सेभ दि मिसन रहेका छन् ।

टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झन्डा संयुक्त रूपमा पौडीका गौरिका सिंह र एलेक्स शाहले बोक्नेछन् । पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमन्त्रित अर्थात् ‘वाइल्ड कार्ड’का आधारमा सहभागी हुनेछन् ।

टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले यसअघि नै बताइसकेको छ

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा मत गणना सुरू