Thursday, September 16, 2021
Your Ads Here
Homeभर्खरैवरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । नेता नेपाल निवासमा मंगलबार भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गर्नुभएको र विस्तृत विवरण पछि जानकारी गराउने बताए ।

उनका अनुसार जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गरेका हुन् । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो ।

त्यसलगत्तै अध्यक्ष यादवले पनि छुट्टै नेता नेपालसँग छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 59 times, 1 visits today)

आजको समाचार

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

साताका लोकप्रिय समाचार

नक्कली अन्तःशुल्क स्टिकर प्रकरण : राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न

  काठमाडौं । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको...

मादी हत्याकाण्डका आरोपी पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर...

स्कुल खोल्न सकिन्छ त ?

बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकें होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेहुँला । स्कुल खुल्ने...

१६ जना सीडीओकाे सरुवा (को कहाँ ?)

  काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको...

फर्नान्डेज युएस ओपनको फाइनलमा

न्यूयोर्क । क्यानडाकी टिनएजर लेला फर्नान्डेज युएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन् । अमेरिकाको न्युयोर्कमा शुक्रबार बिहान सम्पन्न सेमिफाइनल खेलमा दोस्रो वरियताकी एरिना साबालेन्कालाई...

ट्रेन्डिङ

प्रहरीले गलत रिपोर्ट दिएको भन्दै सांसद साहले गरे कारवाहीको माग

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको...

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्धतिलाई तत्काल संस्थागत गर: अध्ययन रिपोर्ट

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अमलेखगन्ज खण्डमा यही पुस १८ गते (शनिबार) गाडीको ठक्करबाट विश्वकै दुर्लभ पाटेबाघ मारिएको छ । दुर्घटनामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)