Friday, September 24, 2021
Your Ads Here
Homeभर्खरैमाधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि सिधै बालुवाटार हानिए । नयाँ मन्त्रिमण्डलको प्रस्ताव लिएर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।

मन्त्रिपरिषद् विस्तारको तयारी रहेका बेला शीर्ष नेताहरूले भेटघाटमा सक्रियता देखाइरहेका छन् । मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुङ्गो लागिसकेको छैन । प्रधानमन्त्री देउवाले यस अघि नै मन्त्रिपरिषदमा काँग्रेसबाट २ र माओवादीबाट २ मन्त्री नियुक्त गरिसकेका छन् । मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

यता, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएको छ । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर तीन मन्त्रालय मागेका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा मात्र सरकारमा सहभागी हुने भनिए पनि अहिले ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको हो । जसपाका ३२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा पहिले ठाकुर पक्ष सरकारमा सहभागी नहुने पक्षमा रहेको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 462 times, 1 visits today)

आजको समाचार

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

साताका लोकप्रिय समाचार

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

प्रिमियर लिगमा चेल्सी र ला लिगामा रियाल म्याड्रिड शीर्षस्थानमा

लन्डन । प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ भने स्पेनिस प्रिमियरा लिगामा रियाल म्याड्रिडले शीर्ष स्थानमा पुगेको छ । टोटनह्याम हट्सपरलाई ३–० ले...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

ट्रेन्डिङ

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ ।...

संक्रमण रोक्न स्थानीय तहको महत्वपूर्ण भूमिका

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यसरी पुष्टि भएका सबै जना नेपालमा नै बसेको नभई विभिन्न देशमा बस्दै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)