Sunday, August 1, 2021
Homeप्रदेशदेउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सर्वाेच्च अदालतलाई संदेश दिने नेकपा एमाले अध्यक्ष एवं केपी शर्मा ओलीको योजना संसदको ग्यालरी बैठकमा तुहिएको थियो । ३ साउन विहान अध्यक्ष ओली र जसपा नेता महन्थ ठाकुर तथा राजेन्द्र महतोले विश्वासको मत असफल पार्ने योजना बनाएका थिए । तर त्यो योजना एमाले बरिष्ठ नेता माधवकुमार नेपालले तुहाइदिएका छन् ।

सर्वाेच्च अदालतको आदेशअनुसार ३ साउनमा विघटित प्रतिनिधि सभाको बैठक बस्दै थियो । बैठक बस्नु भन्दा एक दिनअघि बानेश्वरमा पाँच दलिय गठबन्धनका शीर्ष नेताबीच गोप्य छलफल भयो । छलफलले पहिलो दिन नै विश्वासको मत लिने निर्णय गर्यो ।

पहिलो दिन नै विश्वासको मत लिने पाँच दलका शीर्ष नेताको गोप्य सुचना एमाले अध्यक्ष ओली ३ गते विहान पाए । लगतै जसपा नेता ठाकुर र महतोलाई बालकोटमा निम्तो दिए । ओलीको निम्तो पाएपछि ठाकुर र महतोसहितका जसपा नेताहरु बालकोट पुगे ।

प्रचण्डलाई नेपालकाे सन्देश

वालकोटमा ओली, ठाकुर र महतोसहितका नेताहरुले योजना बनाइरहेका बेला नेपाली कांग्रेसले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेको थियो । प्रस्ताव दर्ता भएपछि देउवाले आजै विश्वासको मत लिनेमा ओली ठाकुर ढुक्क भए । त्यसपछि बालकोटमा योजना बन्यो महन्थ राजेन्द्र पक्षले विश्वासको मत दिने घोषणा गर्ने तर नदिने ।

महन्थ ठाकुर पक्षले विश्वासको मत दिए देउवालाई प्रधानमन्त्री बन्न एमालेको मत आवश्यक थिएन । नेपाल पक्षलाई यही बहानामा रोक्ने र संसदबाट बाहिर पठाउने योजना थियो । नेपाल पक्षधर सांसदहरुले संसद पनि बचाउने र एमाले एकता पनि जोगाउने बताउँदै आएका थिए । ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने घोषणा गरेलगतै वरिष्ठ नेता नेपालमाथी उनकै समुहले दवाव बढायो । तर बालकोट योजनाको सुचना नेता नेपालले जानकारी पाइसकेका थिए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनले सन्देश पठाइसकेका थिए । उनले आफ्नो समुहका कुनैपनि नेता र सांसदलाई यो कुराको जानकारी दिएनन् ।

भीम रावल र नेपालकाे ठाकठुक

ठाकुर पक्षले विश्वासको मत दिने भएपछि नेपाललाई रोक्न दुवै पक्षका नेताहरु सक्रिय भए । सवैभन्दा नजिकका विश्वास पात्र भीम रावलसँग नेपालको ठाकठुक नै पर्यो । त्यही आवेगमा रावलले सांसद पदबाट राजीनामा समेत दिए ।

उता बालकोटबाट फर्केपछि महन्थ राजेन्द्र जसपाको बैठक बस्यो । बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गर्यो । तर आफ्ना सवै सांसदलाई एमालेको माधव नेपाल समुहले देउवालाई मत नदिँदासम्म आआफ्नै स्थानमा बस्ने, नेपाल समुहले नदिए तटस्थ बस्ने र विश्वासको मत तुहाउने भनियो । नेपाल समुहले दिए आफुहरुले पनि दिने निर्देशन सांसदहरुलाई दिइयो । त्यही निर्देशनअनुसार जसपा सांसदहरु अन्तिम समयसम्म आआफ्नै स्थानमा बसिरहेका थिए । जसपाका सांसदतिर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेरिरहेका थिए ।

महन्थ कार्ड खेलेर ओलीले नेपाल पक्षका ८ सांसदलाई संसदबाट बाहिर पनि पठाए । तर ओलीका चाल बुझेका नेपाल संसदको पछिल्लो रोहमा बसेर अदालतको सम्मान र संसद जोगाए । नेता नेपाल नै विश्वासको मत दिने स्थलमा पुगेपछि ओलीको योजना तुहियो । नेता नेपालसहितका २२ सांसदले विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि विश्वासको मत दिन लाइन लागेको थियो ।

(Visited 1,453 times, 1 visits today)
Loading comments...

आजको समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

साताका लोकप्रिय समाचार

पूर्वसभामुख महराले पाए सफाई

  काठमाडाैं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल...

बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण

  काठमाडाैं ।  बुद्ध एयरको दुई वटा जहाज आज (सोमबार्र आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

  काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई...

ट्रेन्डिङ

जसपा विवाद : एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोध्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र अहिले एकले अर्कालाई स्पष्टीकरण सोध्ने होडबाजी चलेको छ । एकअर्कालाई चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए...

कोराेना संक्रमितको दैनिक मृत्यु, अस्पतालमै भएको आइसियु र भेन्टीलेटर प्रयोग बिहिन

रौतहट । जनशक्तिको अभाबमा रौतहटको गौर अस्पतालको आइसियू र भेन्टिलेटर प्रयोग बिहिन बनेको छ । जनशक्ति अभाबमा गौर अस्पतालमा १० बेडको आइसियू, ४ भेन्टिलेटर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)