Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश २चन्द्र नहरको बाँध भत्कियो, सयौं घर डुवानमा

चन्द्र नहरको बाँध भत्कियो, सयौं घर डुवानमा

एमके माझी,
sharethis

 

सप्तरी, राजविराज । नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ । सप्तरीको सप्तकोशी नगरपालिकास्थित चन्द्र नहरको बाढीले कटान गर्दा करिब तीन सय घर डुबानमा परेको हो ।

नहरको बाँध फुटेर सप्तकोसी नगरपालिकाका वडा न १, २, ४ र ११ का गरी तीन सय घर डुबानमा परेको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । चन्द्र नहरको बाँध भत्केर ती वडाका घर घरमा दुई/तीन फिटसम्म पानी जमेको उनले जानकारी दिए ।

सोमबार साँझदेखि सुरु भएको वर्षा मंगलबार विहान पनि जारि रहँदा सप्तकोसी नगरपालिकाका जुटपानी, सत्रापत्र, अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहरको बाँध दुई ठाँउमा भत्काएको स्थानीय अमर खवासले बताए ।

बाढीले बाँध सँगै नहर छेउको ठूलो सिमलको रुख समेत ढालेर दुई स्थानमा गरी करिब ५० मिटर नहर कटान गरेको उनको भनाई छ । नगरक्षेत्रका खहरेखोलाको बाढी ओभरफ्लो भई निरन्तर धक्का दिन थालेपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको स्थानियवासी दिनेश शर्माले बताए ।

विगतमा पनि सप्तकोसी नगरपालिका ९ कमलपुरमा चन्द्र नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर करोडौंको क्षति पु¥याएको थियो ।

यता जिता नदीको बाढीले जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुर, वडा नं. ५ बरसाइन र वडा नं. ८ तोपाका करिब सय भन्दा बढी घर डुबानमा पारेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिएका छन् ।

दुई दिन यता निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर निकै बढेकोले स्थानिय प्रशासनले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ ।

 

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ...

कोरोना महामारीमा पनि मोबाइल विक्रेता मालामाल

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि आर्थिक वर्ष २०७७÷७८ मा मोबाइल विक्रेता व्यवसायी मालामाल भएका छन् । भन्सार विभागका अनुसार गत आवको कोरोना...

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन...

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

  सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

ट्रेन्डिङ

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)