Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksबेड नम्बर ३०५ मा जीवन खाेज्दैछिन् ‘चम्सुरी’

बेड नम्बर ३०५ मा जीवन खाेज्दैछिन् ‘चम्सुरी’

डब्बु क्षत्री,
sharethis

 

काठमाडौं । बाटुलो अनुहार । पुक्क गाला । रातो गोलो ठूलो टीका र गुन्युचोली । ‘चम्सुरी’ सम्झिनेबित्तिकै यिनै छवि आँखामा नाच्न थाल्छन् । टेलिभिजन ‘टीआरपी -याङ्किङ’मा कुनै समय नम्बर १ ‘मेरी बास्सै’की प्रमुख पात्रमध्येकी ‘चम्सुरी’ अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ३०५ मा रोगसँग लडिरहेकी छन् ।

भेट्न आएका आफन्त वा कलाकार देखेपछि आँसु धरधरी चुहिन्छ । पाँच वर्षअघि नै मिर्गौलामा समस्या देखियो । एउटा मिर्गाैलाले ‘राम्ररी काम गरिरहेको अवस्थामा पनि अर्को कसरी बिग्रियो ?’ उनले भेउ पाउनै सकेनन् ।

पछिल्लो समय स्वास्थ्यमा अचानक खराबी भयो । साह्रै गाह्रो भएपछि २० दिनअघिबाट उनी अस्पतालमा छिन् ।

सन् १९९५ को ‘मिस नेपाल’ प्रतियोगी पल्पसा डंगोल ‘मेरी बास्सै’ प्रसारणसँगै रातारात ‘चम्सुरी’ले नामले चर्चित बनिन् । त्यसताका ‘मिस नेपाल’मा उनले ‘बेस्ट ड्रेस अवार्ड’समेत हासिल गरेकी थिइन् ।

‘दुवै मिर्गौलाले काम गर्न छाडेको छ,’ राजधानीसँग मंगलबार भेटक्रममा डंगोलले सुनाइन्, ‘अब मिर्गौला प्रत्यारोपण गर्नुको विकल्प छैन, दाताको खोजीमा छु ।’ दुवै मिर्गौला डाइलासिस गराइरहेकी डंगोल राम्ररी बोल्न सक्ने अवस्थामासमेत छैनन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

सुरुमा त आशंका लाग्यो, ‘कोरोना पो भयो कि ?’ परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आयो । तर, जब परीक्षण दायरा मोडियो, उनी छाँगाबाट खसेसरी भइन् । ‘छोरीलाई थाहा नहोस् भनेर सुरुमा लुकाएँ,’ भरिएका गहमा डंगोलले भनिन्, ‘तर, स्वास्थ्य झन् बिग्रँदै जान थाल्यो, छोरीलाई भन्नुपर्ने अवस्था आइप-यो ।’

अभिनेत्री डंगोलको उपचार गर्न देश–विदेशबाट शुभचिन्तक तयार छन् । तर, उनी ‘पैसाभन्दा साथ र सहयोग’को अपेक्षामा छिन् । उपचारमा संलग्न चिकित्सक ‘मिर्गौला प्रत्यारोपण नभएसम्म हरेक साता डाइलासिस गर्नुपर्ने अवस्था रहेको’ बताउँछन् ।

चलचित्र कलाकार संघ अध्यक्ष रवीन्द्र खड्का नेपालमा उपचार अवस्था नभएको खण्डमा भारतमै लैजान पहल थाल्ने बताउँछन् । झन्डै १५ वर्षदेखि कला फाँटमा सक्रिय डंगोलका लागि मिर्गाैला प्रत्यारोपण गर्ने दाता वा आफन्तको खोजी जारी छ ।

तपाइको प्रतिक्रिया

(Visited 130 times, 1 visits today)

आजको समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

साताका लोकप्रिय समाचार

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

  काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

एमालेको विधान महाधिवेशन सर्‍यो

  काठमाडौं । एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय...

ट्रेन्डिङ

कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना...

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)