श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ । गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो ।

श्रीलंकाको ओपनर ब्याट्सम्यान अविस्का फ्रेनान्डो र मध्यक्रमका ब्याट्सम्यान चरिथ असालान्काले अर्धशतकीइ पारी खेल्दै श्रीलंकालाई बलियो स्थितिमा पुर्‍याएका थिए । १७६ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको भारतले ४९ दशमलव १ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि यो जीत भारतको पक्षमा गएको हो ।

एक समय हारको नजिक पुगिसकेको भारतलाई आठौं विकेटका लागि बलर दीपक चाहर र भुवनेश्वर कुमारले ८४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले रोमाञ्चक जीत हात पारेको हो ।

हिजोको खेलमा २ विकेट लिंदै ६९ रनको अविजित ब्याटिङ गरेका दिपक चाहर म्यान अफ द म्याच घोषित भएका थिए । अब तेस्रो तथा अन्तिम एक दिवसीय खेल आउँदो जुलाई २३ तारिखमा खेलिंदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो