Friday, July 23, 2021
Homeमेराे नेपालकठै हाम्रो चरित्र

कठै हाम्रो चरित्र

,

 

नयाँ बानेश्वर स्थित चल्तीको खाद्य स्टोर । मुख्य सडकवाट थोरै भित्र छ । उपभोक्ताको इच्छा अनुसार छानी छानी सामग्री लिन पाइन्छ । खाद्य सामग्रीका लागि प्रसिद्धि पाएको ठाउँ हो । पुरानो र भरपर्दो । ‘यहाँ किनेको सामग्रीमा खोट लगाउने ठाउँ हुन्न । मुल्य पनि अन्यत्र भन्दा सस्तो छ ।’ त्यहि खाद्य स्टोरमा भेटिएका एक उपभोक्ताले भने ।

उक्त खाद्य स्टोरको अर्को पनि विषेशता छ । आफुलाई आवश्यक पर्ने सामग्री खरीद गरेर बिल तिरेपछि होम डेलीभरीको सुविधा छ । अझ अर्को पनि सुविधा छ । दाल, चामल, गेडा गुडी वा अन्य कुनै खाद्य पदार्थको स्वाद मन परेन वा पुरानो जस्तो लाग्यो, कुनै कारण मन परेन विना झण्झट साटेर लान पाइन्छ । त्यहि कारण उपभोक्ताका लागि प्रिय बनेको छ उक्त स्थान ।

केही दिन भयो उक्त खाद्य स्टोरमा उपभोक्ताको चाप अत्याधिक बढेको छ । ‘कोरोनाको हल्लाले दसै तिहारमा जस्तै भिड सुरु भएको छ । बुधवार मध्यान्ह खाद्य स्टोर पुग्दा उपभोक्ताको भिड उस्तै थियो । ‘अचेल त चिया खाने फूर्सद पनि छैन ।’ विलिङ शाखाका कर्मचारीले भने ।

दाल, चामल, गेडागुडी, साबुन, सेम्पु, विभिन्न क्रिमदेखी जुत्तामा लगाउने पालिस समेत पाइन्छ । साना सामग्री उपभोक्ता आफैं छान्छन् । स्टोरले उपलब्ध गराएको बास्केट हातमा लिन्छन् र घुमी घुमी आवश्यक सामग्री जम्मा पार्छन् अनि काउन्टरमा बिल तिर्छन् । चामल, नुन, धेरै किलो दाल (एक बोरा)आवश्यक प¥यो भने त्यहि कार्यरत कर्मचारीको सहयोग माग्छन् कर्मचारीले उपलब्ध गराइदिन्छन् ।

बुधवार बिहान एकजना भलाद्मी कार पार्किङ गरेर अन्य उपभोक्ता जस्तै गरि सामग्रीको जोहो गर्न लागे । विभिन्न सामग्री जोहो गरिसकेपछि खाद्य स्टोरका कर्मचारीसंग सोधे ‘भाइ नुन कता छ ?’

कर्मचारीले नुनको बोरा देखाइदिए । उनले भटाभटी २० प्याकेट नुन छुट्याए । त्यही कार्यरत कर्मचारीले प्रश्न गरे ‘यात्रो धेरै नुन किन छुट्याउनु भएको ?’ उनले जवाफमा भने ‘भाई तिमीलाई थाहा छैन । अब खाद्यान्ह सर्टेज हुँदैछ । खान परेन ।’

कर्मचारीले आग्रहको भाषामा भने ‘नुनको चिन्ता नगर्नुस् हामी जत्ति पनि दिन सक्छौं तर, बिस प्याकेट नलैजानुस् ।’
‘ए भाई सित्तैमा लान लागेको हो र ?’ उनले फुर्तिका साथ भने अन्य उपभोक्ताहरु आ –आफ्नै तालमा आफुलाई आवश्यक सामग्री थुपार्नमा व्यस्त थिए ।

नुनकै विषयमा कर्मचारी र उपभोक्तविच एकछिन् छलफल भयो । कर्मचारीले फेरि आग्रह गर्दै भने ‘पाँच प्याकेट भन्दा बढी नलैजानुस् ।’ त्यति भनिसकेर कर्मचारी अन्य उपभोक्ताको आग्रहमा अन्य केही सामग्री खोज्न हिँडे ।
ति भलाद्मी झनक्क रिसाउदै बोले ‘सित्तै लान खोज्या जस्तो गर्छन् यार ।’ १० पोका नुन परतिर सारे ।

‘पाँच पोका तँ लिइ पाँच पोका म ।’ श्रीमतीलाई आदेश दिए ।
‘आ पर्दैन यस्तो किच किच गरिराछन् ।’ श्रीमतीले पाँच किलो लाँदा पनि काम चल्ने कुरा गरिन् । तर, भलाद्मी मानेनन् ।
‘राख न राख मैले भन्या मान् । तँ र म छुट्टा छुट्टै बिल काटम्ला ।’
श्रीमानको आदेश मान्दै श्रीमतीले पाँच पोका नुन हातमा लिइन् ।

०००
अर्का भलाद्मी जोडी कार पार्किङमा राखेर खाद्य स्टोरमा छिरे । उमेर ६० वढीकै हुनुपर्छ । दाल, चामल, चिनी लगायतका सामग्री जोहो गरिसकेपछि खाद्य स्टोरकै भाइलाई आदेश दिए ‘भाई छ बोरा चामल निकाल्दिनु त ।’
पुरानै भाइ हाँजिर थिए । उनले भने ।

‘छ बोरा त धेरै हुन्न र ।’ कामदार भाईले सम्झाउन खोजे ।

‘ए भाइ तिमीले समाचार हेर्ने गरेका छैनौ । बजारमा सामान सर्टेज भैसक्यो । खान परेन ।’ कामदार भाइले थप सम्झाउन चाहेनन् । उनले भने ‘चामल त छ बोरा मात्रै हैन १० बोरा पनि हामी दिन सक्छौं तर, दुई महिनापछि फिर्ता गर्न आउनु भो भने हामी फिर्ता लिन्नौं ।’

हामी असाध्यै राष्ट्रवादी छौं । सामान्य केही भयो कि सरकारको आलोचना गर्दै फेशबुक र ट्वीटरमा कडा स्टाटस लेख्दै भन्छौं ‘यहाँ यस्तो बिजोक भैसक्यो सरकार कहाँ छ ?’

ति भलाद्मी दम्पत्ति २० किलोका दरले ६ बोरा चामल गाडीमा राखेर हुइकिए । एकछिन् त्यही कार्यरत भाइसंग भलाकुसारी भयो । ६ बोरा चामल लैजाने भलाद्मी खाद्य स्टोरका नियमित ग्राहक रहेछन्, रिटायर्ड सरकारी कर्मचारी । अन्य समयमा उनीहरुलाई एक बोरा चामलले एक महिना पुग्छ । तर, यसपाली ६ बोरा लिएर गए । यसको अर्थ ति दम्पत्तिले आउदो साउनसम्मका लागि चामलको जोहो गरे ।

यी त दुई प्रतिनिधी पात्र मात्रै हुन् । काठमाडौका विभिन्न खाद्य स्टोटर घुम्ने क्रममा ‘बोक्रे भलाद्मी’ धेरै भेटिए । १०÷१५ किलो दाल, १० किलो भन्दा बढी चिनी, ३/४ बोरा चामल ओसार्नेहरु धेरै भेटिए । प्रायको भनाई थियो ‘खाद्य सर्टेज हुन लाग्यो । बाँच्नका लागि खाद्यान्हको जोहो गर्नुपर्छ ।’

आफुले त लगे लगे अन्यलाई पनि त्यहि उपाय सुझाउदै थिए । ‘सामानको जोहो गरिहाल्नुस् हैन नत्र दुःख पाउनु होला ।’
कोरोना भाइरसको सन्त्रास बढे लगत्तै सरकारले विभिन्न सभा सम्मेलन रोक्न आग्रह गरेको छ भने विद्यालयलाई परिक्षा चाँडै सकाउन आग्रह गरेको छ । यसको अर्थ हो, भीडभाडमा कोही संक्रमित सहभागी भैहाले भने धेरैलाई संक्रमण हुन सक्छ । विद्यालयमा पनि एकजना संक्रमित विद्यार्थीको प्रवेश भयो भने धेरै विद्यार्थी संक्रमित हुन सक्छन् । संक्रमित हुनवाट जोगिने यो एउटा उपयुक्त उपाय हो । सरकारले अपनाएको उपायको वारेमा आलोचना गर्नु जरुरी छैन ।
संक्रमणवाट जोगिन उपाय अबलम्बन गरेको विषयलाई केही भलाद्मीहरुले यसरि व्याख्या गरेका छन् ‘उनीहरुको व्यवहार देख्दा लाग्छ, नेपाल कोरोनाको महामारीमा फसिसक्यो ।’तर, यथार्थमा त्यस्तो केही पनि भएको छैन ।

ग्यास डिपोको हालत उस्तै छ । बुधवारदेखी काठमाडौका विभिन्न ग्यास डिपोहरुमा उपभोक्ताहरु रित्ता सिलिण्डरसंगै लाइन बस्न सुरु गरिसके । जबकि ग्यास सर्टेजको कुनै संकेत आएको छैन । अर्को कुरा अहिले पहिला जस्तो लोडसेटिङ हुन्न । कतिपयको घरमा इन्डक्सन चुल्हो पनि छ । आफ्नो समस्या कसरि व्यवस्थापन गर्ने भन्दा पनि साना समस्यालाई कसरि भयाबह बनाउने भन्नेमा हामी अभ्यस्त भैसकेका छौं ।

हामी असाध्यै राष्ट्रवादी छौं । सामान्य केही भयो कि सरकारको आलोचना गर्दै फेशबुक र ट्वीटरमा कडा स्टाटस लेख्दै भन्छौं ‘यहाँ यस्तो बिजोक भैसक्यो सरकार कहाँ छ ?’

तर, २० किलो नुन र ६ बोरा चामल ओसार्ने हामी आफ्नै चरित्रको वारेमा कठै भन्न चाँहि सक्दैनौं ? हामीलाई थाहा छ बजारमा कुनै पनि सामानको माग उत्पादन भन्दा धेरै भएपछि अभाव हुन्छ । अनावश्यक सामग्री हामी आफैं थुपार्छौ र कृतिम अभाव सिर्जना गर्नेहरुलाई बाटो देखाइदिन्छौं अनी ठूलो स्वरमा प्रश्न गछौंं ‘सरकार कहाँ छ ?’

Loading comments...

आजको समाचार

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ । साथै बैठकले...

ओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको...

साताका लोकप्रिय समाचार

छोरीहरुले थाहा नपाउन् भनेर ‘चम्सुरी’ले रोग लुकाएकी थिइन्

  काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको...

११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च, विकास बजेट २ खर्ब २८ अर्ब मात्रै

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ को बजेटमा राखिएको अधिकांश लक्ष्य भेट्टाउन नसकेको सरकारले एक वर्षमा जम्मा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट...

श्रीमान तीन वर्षदेखी साउदीमा, श्रीमती भ्रुण हत्या अभियाेगमा नेपालमा पक्राउ

  बलेवा । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको...

लुम्बिनी प्रदेश सरकार अवैधानिक: पूर्वमन्त्री बराल

गुल्मी । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य सुदर्शन बरालले अहिले चलिरहेको लुम्बिनी प्रदेश सरकार अवैधानिक...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

ट्रेन्डिङ

प्रदेश १ का थप ४ जना कोरोना जितेर घर फर्के

विराटनगर । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका...

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित, कूल संक्रमित ८३८ पुगे

कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?