‘ए’ डिभिजन लिग’bout ४ क्लबको असहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ असोजबाट आयोजना गर्ने तयारी गरिरहेको शहीद स्मारक ‘ए’ डिभिजन तोकिएको मितिमा हुनेमा शंका बढेको छ । ललितपुरका ४ ‘ए’ डिभिजन क्लबले एन्फाले एकपक्षीय रूपमा लिगको मिति घोषणा गरेको र क्लब दर्ताका लागि १० साउनसम्मको मिति तोकेकोमा असहमति जनाउँदै ‘ए’ डिभिजन क्बलको बैठक बोलाउन माग गरेको छ ।

जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष डा. लालकुमार पुनले मंगलबार संयुक्त रूपमा एन्फालाई पत्र बुझाएका छन् । एन्फा अध्यक्षलाई सम्बोधन गरेको पत्र ‘ए’ डिभिजन क्लबका पदाधिकारी महासचिव इन्द्रमान तुलाधरले बुझाएका थिए । ‘एन्फाबाट असार ३१ गते कर्मचारीको इमेबलबाट पठाएको पत्रमा २०७८ साउन १० गतेभित्र टिम दर्ताका लागि पत्र पठाइएकोमा हामी ४ वटा क्लबको असहमति रहेको जानकारी गराउन चाहन्छौं ।

असार १४ गते एन्फा र ‘ए’ डिभिजन क्लबको संयुक्त बैठकमा लिग प्रतियोगिताको मार्केटिङका लागि मात्र मिति तय गरौं भन्ने अध्यक्षको विशेष अनुरोधअनुसार हाललाई लिग असोज ३ गतेका लागि तय गरी अन्य विषयमा छलफल गर्न छिट्टै सम्पूर्ण क्लबसँग बस्ने निर्णय भएको थियो,’ पत्रमा भनिएको छ, ‘उक्त सहमति अनुसार नभई एन्फाबाट टिम दर्तासम्बन्धी एकपक्षीय रूपमा पत्र पठाएको कुरामा असहमति जनाउँदै ‘ए’ डिभिजन क्लबको यथाशीघ्र बैठक बोलाउन हार्दिक अनुरोध गर्दछ ।’

कोभिडको भयावह स्थितिमा पनि ‘ए’ डिभिजन लिग आयोजना गर्न कुनै पनि हालतमा उपयुक्त नभएको ठहर गर्दै ४ क्लबले संक्रमण दरमा अत्याधिक कमी आइसकेपछि मात्र लिगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने सुझाव दिएका छन् । साथै उनीहरूले एन्फा अध्यक्ष, पदाधिकारी, सदस्यलाई यो विषयलाई गम्भीरतापूर्वक लिन आग्रह समेत गरेका छन् । केही ‘ए’ डिभिजन क्लबले भने खेलाडी आबद्ध गर्नेदेखि लिगलाई लक्षित गर्दै तयारी सुरु गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !