Sunday, August 1, 2021
HomeEditor-Picksबिहानीपखै कालो रात भएछ...

बिहानीपखै कालो रात भएछ…

युमाश शेर्पा,
sharethis

बिहानीपखै कालो रात भएछ
खल्तीमा राखेको ठूलो चन्द्र हराएछ…

झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले । बुधबार झिसमिसे बिहानी हुँदै थियो, उत्तम अन्तिम सास फेर्दै थिए ।

हुन त, जीवनको यो पहिलो रात हैन
हराएको चन्द्र पनि पहिलो हैन
तर, यसपल्ट हतासिएछु
कहीँ भोलि बिहानको सूर्य पनि
चन्द्रझैं नहराओस् !

आफ्नै कविताका हरफझैं ८४ वर्षीय उत्तम बिहानीपखको चन्द्रझै बुधबार बिहान ४ बजेर ३० मिनेटमा सदाका लागि विलीन भएका छन् । साहित्यिक फाँटसम्मै भिजेका उनीकृत ‘बिना शीर्षकको’ नामक कविता संग्रहसमेत प्रकाशित छ ।

‘म विषयरहित चित्र बनाउन मन पराउँछु, चित्रमा सबैले सबैथोक देख्छ भन्ने छैन,’ उनी बारम्बर भनिरहन्थे, ‘कसैले पटक्कै देख्दैन, कसैले थोरै देख्छ । जति बढी दर्शकले देख्यो, त्यो चित्रको सुन्दरता पनि त्यति नै उजागर हुन्छ ।’

खास नाम ‘उत्तमप्रसाद कर्माचार्य’ भए पनि उनी ‘उत्तम नेपाली’का रूपमा चिनिए । ‘त्यसो किन ?’ भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, ‘म नेपाली हुँ । थरले कस्तोकस्तो अनुभूत गराउँछ । त्यसैले नेपाली राखेको हुँ ।’

भारत लखनउबाट परम्परागत ‘वाश कला’मा स्नातक नेपाली आधुनिक तथा अमूर्तकलाका अग्रणी उत्तमले शिक्षण अस्पतालको शøयामा अन्तिम सास लिए । गत आइतबार मात्रै अस्पताल भर्ना भएका उनी श्वासप्रश्वास, मुटुरोग र अल्जाइमर्सपीडित थिए ।

डेढ दशकअघि राजधानीसँको वार्ताक्रममा उनले भनेका थिए, ‘बनाउञ्जेलसम्म चित्र कस्तो बन्दै छ ? त्यसको भेउपत्तै पाइँदैन जब सकिन्छ अनि मात्र चित्रको आकृति, रूपरंग र अवस्थाबारे थाहा हुन्छ ।’

वाङ्मय र रंगफाँटमा समेत दख्खल पालेका उत्तम १९९४ वैशाखमा काठमाडौं किलागलमा जन्मिएका थिए । जहाँ स्वरसम्राट नारायणगोपालको पनि जन्म भएको थियो ।

असनमै जन्मेहुर्केका उत्तमको नसानसामा थियो, कलाभंगी । उनलाई चित्रले मात्रै छोएन । अभिनय पाटोले पनि छोयो । स्थानीय डबलीमा उनी ‘नायकै’ भए । टोलछिमेकमा ‘वाहवाही’ बटुले ।

स्वदेशी माटोमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’मा गायक–संगीतकार शिवशंकरसँग सहकार्यसमेत गरे । त्यसताका श्यामश्वेत फिल्म ‘हिजोआज भोलि’मा पनि उनी देखापरे ।

पछि उनलाई लाग्यो, ‘अब चित्रकलातिरै डोहोरिनुपर्छ ।’ जसबाट नेपाली कलामा ‘अमूर्त र आधुनिक चित्रकला’का अग्रणी अध्येताको जन्म भयो । ‘चित्रकलामा युवा अग्रसरलाई विशेष दिनुपर्छ,’ सभा–समारोहमा उनी जोड दिइरहन्थे, ‘युवापुस्ताबाटै आधुनिक कलाले वृहत्तर आकार धारण गर्छ ।’

दशकौंअघि कलाले जब परम्परागत सीमा पार ग¥यो, त्यही अवस्थाबीच अमूर्तकलाले विश्वव्यापी छलाङ मारेको बुझ्न सकिन्छ । उत्तमलाई छोएको पाटो पनि यही नै थियो ।

२०१८ सालतिर उत्तमले व्यवसायिक चित्रकला अंगाल्दा अवस्था जटिल थियो । तर, उनले त्यो ‘रिस्क’ मोले । आज नेपाली कला फाँट यहाँसम्म पुग्नुमा उनैको योगदान छ ।

आधुनिक नेपाली कला स्थापित गर्न उनी अहोरात्र खटेका थिए । सीमापारिसम्म पुगेका छन्, उनका कला । संयुक्त राष्ट्रसंघ कार्यालय न्युयोर्कमा समेत उत्तमका सिर्जना शोभित छन् ।

‘समयअनुसार मान्छेको रूपरंग बद्लिएझैं कला पनि बद्लिने’ मान्यता राख्ने उत्तम तीनपटक हृदयघाट हुँदासमेत चित्र सिर्जनाबाट विमुख भएनन् । अस्पतालको शøयामा पनि क्यान्भासमा उनको कुची चलिरह्यो ।

‘जीवनमरणसम्म चित्र कोरिरहन्छु,’ उनी भन्थे, ‘अमूर्तलाई कोहीकोही बौलाहा कला पनि भन्छन् । तर, त्यो कला हेर्दाहेर्दा रुचाइएको पाइन्छ, त्यसमा कला देख्न थाल्नु नै आनन्द हो ।’

निजामती सेवापछि रेडियो नेपालसम्म पुगेका उत्तम सूचना विभाग विभागीय प्रमुखपछि त्यहीँबाट अवकाशप्राप्त भए । यसपछि चित्रकलामा उनी दिनरात खटे । जागिर जीवनमा आधा समय दिन्थे, अवकाशपछि पूरै समय दिन थाले, चित्रकलामा ।

अमेरिका रहँदा श्वासप्रश्वासमा समस्या देखियो । स्वदेशी माटोमा मृत्युवरण गर्ने इच्छाअनुसार तीन महिनाअघि उनलाई नेपाल ल्याइएको हो ।

पाँच वर्षअघि अमेरिका रहँदै हृदयाघात भएका उत्तमको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको परिवारमा श्रीमतीसहित छोरा उद्यम र सुुद्यम तथा दुई छोरी ममता र प्रकृति छन् ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

साताका लोकप्रिय समाचार

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

  काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र...

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

ट्रेन्डिङ

कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

  काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ...

९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)