Friday, September 24, 2021
Your Ads Here
HomeUncategorizedएकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ ।

साथै बैठकले नेपालको संविधानको धारा ७६(५) लाई संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ । एमाले प्रवक्ता, प्रदीप ज्ञवालीले बैठकले फैसलाबारेमा गम्भीर विमति राखेको र सो विमतिलाई जनतासमक्ष, लैजाने निर्णय गरिएको जानकारी दिए ।

लगातार तेस्रो दिन जारी बैठकले विविध विषयमा चारवटा प्रस्ताव पारित गरेको प्रवक्ता ज्ञवालीले बताए । ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको तथा दलीय प्रणाली खल्बल्याएको भन्दै यससँगका असहमतिहरू जनतामा पु¥याउने पहिलो प्रस्ताव छ ।

सर्वोच्चको फैसलाले पार्ने ‘साइड इफेक्ट’लाई संवैधानिक माध्यमबाट समाधान गर्न प्रयास गर्ने निर्णय भएको ज्ञवालीले बताए । सर्वोच्च अदालतले संविधानको निर्दलीय व्याख्या गरेको भन्दै धारा ७६(५) लाई संशोधन गर्न पार्टीले प्रयत्न गर्ने निर्णय गरेको उनको भनाइ छ ।

दोस्रो प्रस्तावका रूपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकूलताका बाबजुद ऐतिहासिक कामहरू गर्न सफल भएको ठहर गरिएको छ ।

तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रूपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ । यसैगरी चौंथो प्रस्तावमा कार्यकर्ताहरूलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टीले कमब्याक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कमब्याकको अर्थका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता ज्ञवालीले भने, ‘यो भनेको फेरि चुनाव जितेर सरकारमा आउँछौं भनेको हो ।’

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने र हदैसम्म लचिलो हुने बताएका थिए ।

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध कटु आलोचना गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो बनेको र एकताकै लागि नेपालाई दोस्रो अध्यक्ष दिनसमेत तयार रहेको प्रस्ताव गरेका हुन् ।

ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’

१० बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचना २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउन दोस्रो अध्यक्ष दिन तयार छु । तर, मैले यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’ पार्टीबाट आफूहरूलाई हटाउन अनेक प्रपञ्च रचिएको, केन्द्रीय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।

तपाइको प्रतिक्रिया

(Visited 49 times, 1 visits today)

आजको समाचार

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

साताका लोकप्रिय समाचार

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

ट्रेन्डिङ

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

वेपत्ता पत्रकारको कंगाल भेटियो, घटनाको अनुसन्धान गर्न माग

काठमाडौं । गत मंसिरमा भेटिएको कंगाल वेपत्ता अवस्थामा रहेका पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको छ । २०७६ मंसिरमा भेटिएको कंगाल नेपाल पत्रकार महासंघ डोटी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)