Sunday, August 1, 2021
Homeबिचारमहिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

राजधानी समाचारदाता,
sharethis

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको शासन व्यवस्थाको अभ्यास गरिरहेको भए पनि हाम्रा शासक वर्ग र सिंगो समाजमा महिलामाथिको भेदभावयुक्त सोचाइ र व्यवहार हट्न नसक्नुले शासकीय व्यवस्थाको मर्ममाथि नै गम्भीर प्रहार भइरहेको छ । अहिले पनि छोराछोरीलाई गर्ने व्यवहारमा भेदभाव नै छ । अझै पनि दूरदराजका गाउँहरूमा त छोरी चेलीहरू छोराका तुलनामा धेरैखाले अवसर पाउनबाट वञ्चित छन् । छोरीहरू धेरै नै असुरक्षित छन् । दिनहुँ जसोको बलात्कारको घटनाबाट महिलाहरू आक्रान्त भइरहँदा त्यसका दोषीलाई कडा कारबाही गर्न राज्यपक्ष चुक्दै आइरहेको छ जुन निकै विडम्बनायुक्त विषय हो । महिलाहरू अझै पनि निर्धक्क साथ हिँडडुल गर्न पाउने अवस्था सिर्जना हुन सकेको छैन । जसले २१आंै शताब्दीको सभ्यतामाथि नै गम्भीर प्रश्न सिर्जना गरिदिएको छ ।

महिलाको विशिष्ट आवश्यकता, अधिकार र सुरक्षा एवं शान्ति प्रक्रियामा लैंगिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुपर्ने कुरालाई जोड दिएर संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्बाट सन् २००० अक्टोबर ३१ मा प्रस्ताव नम्बर १३२५ पारित भएको थियो । यो प्रस्तावले द्वन्द्वरत अवस्थामा महिला तथा बालिकाहरूको विशेष आवश्यकताको पहिचान गरी त्यसलाई सम्बोधन गरिनुपर्ने कुरामा जोड दिँदै महिला अधिकारको संरक्षण गर्न र शान्ति निर्माण तथा द्वन्द्वोत्तरकालमा पुनर्निर्माण प्रक्रियामा लैंगिक दृष्टिकोण सुनिश्चित गर्न एवं महिला हिंसाको अन्त्य गर्न सम्बद्ध पक्षहरूलाई संवेदनशील बनाएको थियो । यसैगरी, संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्ले महिलाविरुद्ध हुने यौनजन्य हिंसा र बलत्कारजन्य घटनाहरूको सम्बन्धमा सन् २००८ जुन १९ मा प्रस्ताव नम्बर १८२० पारित गरेको थियो । यस प्रस्तावले सुरक्षा परिषद्कै प्रस्ताव नम्बर १३२५ को कार्यान्वयनलाई जोड दिँदै द्वन्द्वका पक्षहरूलाई व्यापक र योजनाबद्ध ढंगबाट द्वन्द्वको रणनीतिका रूपमा महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाको तत्काल अन्त्य गर्न आग्रह गर्नुका साथै द्वन्द्व र द्वन्द्वपश्चात् महिला एवं बालिकाको सुरक्षामा जोड दिएको छ ।

सरकारले संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्का यी दुवै प्रस्तावहरूको कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना नै बनाएर कार्यान्यन गर्ने प्रयास गरेको भए पनि त्यो अपेक्षा गरेअनुसार शसक्त हुन सकेन् । सो कार्ययोजनाअन्तर्गत मूलतः पाँचवटा स्तम्भ सहभागिता, संरक्षण र रोकथाम, प्रवद्र्घन, राहत तथा पुनःप्राप्ति र स्रोत व्यवस्थापन, अनुगमन तथा मूल्यांकन रहेका थिए ।

यी स्तम्भहरूले ‘द्वन्द्व रूपान्तरण तथा शान्ति निर्माण प्रक्रियाको हरेक निर्णायक तहमा महिला र बालिकाहरूको समतामूलक, समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, उनीहरूको अधिकारहरूको संरक्षण गर्ने तथा उनीहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्ने तथा राहत र पुनःप्राप्तिको सबै कार्यक्रमहरूको तर्जुमा र कार्यान्वयनमा उनीहरूको सहभागितालाई सुनिश्चित गर्ने लक्ष्य राखेको थियो ।

पहिलो कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका क्रममा स्थानीय संरचनागत कमजोरीले अपेक्षित उपलब्धि हासिल हुन सकेन् । यसका अतिरिक्त यसको कार्यान्वयन गर्ने निकायबीचको कमजोर समन्वय तथा सहकार्य, प्रभावकारी अभिलेखीकरण, प्रतिवेदन तथा अनुगमन प्रणालीको विकासको अभाव, अनुगमनमा द्वन्द्व प्रभावित तथा यस क्षेत्रमा कार्य गर्ने संस्थाहरूको संलग्नताको अभावजस्ता कारणहरूले पनि पहिलो कार्ययोजना सशक्त बन्न नसकेकाले दोस्रो चरणको कार्ययोजना बनाउनुपरेको थियो ।

महिलामाथि हुने सबै प्रकारका भेदभावको अन्तगरी उनीहरूलाई मूल प्रवाहमा ल्याउन तय गरिएका ती प्रस्तावहरूको सशक्त कार्यान्वयन अहिलेको अहं आवश्यकता हो । केन्द्र, प्रदेश र स्थानीय सरकारले यसका लागि समन्वयत्मक रूपमा प्रभावकारी कार्यक्रम ल्याउन ढिलाइ गर्नुहुँदैन । केन्द्रमा सरोकारवाला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसको लागि अगुवाइ गर्नुपर्छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ती प्रस्तावको प्रभावकारी कार्यान्वयन भए नभएको बारेमा नियमित अनुगमन गरी समयमा नै कार्यान्वयन गराउन नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

साताका लोकप्रिय समाचार

‘मानव बेचबिखनसम्बन्धी परिभाषा संशोधन आवश्यक’

काठमाडौं । सरोकारवालाहरुले मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चले सोमबार काठमाडौंमा आयोजना...

जसपाको कारबाहीमा ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र ११ सांसदलाई पार्टीबाट हटाउने निर्णय गरेका छन्...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

जयसिंह धामी तुइनमा चढेपछि एसएसबीले डोरी काटिदिए, धामी महाकालीमा बेपत्ता

धनगढी । दार्चुला–भारत जोड्ने दार्चुलाको ब्याँस गाउँपालिका–२ मालमा रहेको तुइँन चढेर महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइँन काटिँदा...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

ट्रेन्डिङ

सैन्य तालिममा सन अब्बल

सिओल । दक्षिण कोरिया तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका फरवार्ड ह्युङ मिन सन सैन्य तालिममा अब्बल ठहरिएका छन् । झन्डै तीन साता लामो अनिवार्य...

‘आई टी आर्मी’ले रौतहट जिल्ला स्तरीय भेला सम्पन्न

गौर। प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले रौतहट जिल्ला...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)