Sunday, August 1, 2021
Homeबिचारओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबा देशका निर्णायक

अच्युतप्रसाद पौडेल ‘चिन्तन’,
sharethis

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई खोप दिन भोलि भोलि भने, पैसा तिरिसकेको खोपमा कमिसन नमिलेर ल्याउन सकेनन्, लुटको धन फुपूको श्राद्धको उखान चरितार्थ गराए । अब देउबाले के के गर्ने हुन् निधो भइसकेको छैन, उनलाई बालुवाटार फलामको च्यूरा त भई हाल्ला, जनादेशको हविगत त्यस्तो भयो भने परमादेशको हविगत के होला, आखिर लोकतन्त्रको व्याख्या आपूm खुसी नै गर्ने हो, लोकतन्त्रको जननी देशलाई थाहा होला हामीलाई थाहा भएन । यति हो कि देउबाले पहिलेजस्तै भ्यु टावरको चाँग लगाउँदैनन् होला । देउबाकै दल हो संविधान उत्कृष्ठ भनिएको ४७ सालको र त्यो उनकै दलको नेतृत्वमा आएको थियो, कम्फोर्टेबल मेजोरिटी पनि उनकै दललाई थियो, बालुवाटार छोड्दा छाता र सुराही लिएर आफन्तका घरतिर सर्ने नेता पनि उनकै दलका थिए । संसद्मा उनकै दललाई प्रतिपक्षीले आच्छु आच्छु पार्दा प्रतिनिधिसभाको रोस्टममै लडेका प्रमलाई उठाएर अस्पताल लग्नु परेको थियो ।

अहिलेका देउबालाई पनि प्रतिपक्षी कडै हुनेछ, लामो समय विजिनेस नपाएको संसद्मा ठुलै बहस होला, आप्mनै दलभित्र पनि गुटहरू छन्, माओवादी केन्द्र छ, जसपा छ, एमालेका ओलीपक्षले पनि गतिलै विरोध गर्लान्, माधवपक्षलाई त उसैदिन कोटेश्वर भेट्न जानुपरेकै हो । शपथका समयमै विवाद देखियो, शपथ खुवाउनेले बधाई दिन सकेनन्, नीति, निष्ठा, संस्कार, नैतिकता हराएको लामै समय भइसकेको छ देशमा । भारत पाकिस्तानको वाक्युद्ध कम छैन तर ठूलाको फेरबदलमा एकले अर्कालाई खुलेर बधाई दिने गरेका छन्, सँगै बसेर खाएकाले अहिले यहाँ बधाई भन्न सकेका छैनन् ।

जुन संविधानबाट अहिले देउबा बालुवाटार जानुभयो त्यो संविधान बनाउने नेतृत्वको दल पनि तपाईँकै हो, अरूले पनि साथ सहयोग दिएका हुन्, सरकार संविधानको ट्रयाक बाहिर गएकाले अदालतले सच्याइदियो भन्नेहरूको भन्दा पख्लास् खान दिउँला भन्नेको संख्या धेरै छ अहिले । अर्को कुरा ओलीबाको अहंपनाले भएको देशको जर्जर अवस्थालाई कसरी सच्याउनु होला, उही पुरानो तपाईँको शैली, देशले धान्नै नसक्ने मन्मिण्डलको आकार आउला, प्राडो, पजेरो मोह बढ्ला, भन्सार छुट गर्नुभएकै हो, तपाईँकै पालामा पुरुष सांसद पनि सुत्केरी भएको चर्चा आएकै थिए, होटलमा लुकामारी त कति भएकै हुन्, घात, अन्तरघातको राजनीति र सशस्त्र विद्रोह पनि तपाईँकै पालोमा सुरु भएको हो ।

अभैm पहिलेकाले भैmँ ट्यापे, मुन्द्रे, फटाहा, गुण्डा लिएर बस्नुभयो भने कांग्रेसको मात्रै होइन सबैको भविष्य संकटमा पर्नेछ, इँटा भट्टामा जिउँदै जलाउँनेलाई सपोर्ट गरे भनिएको छ । देशको भूगोल कहाली लाग्दो छ, समथरका ओलीबाले उचो भ्युटावरको कल्पना बढी गरे, तपाईँ त दुर्गम पहाडको, आपैंm अग्लो स्थानमा बसेकाले भ्युटावरको कुरा नल्याउँदा राम्रो । दुर्गमको स्थिति राम्ररी थाहा होला, तपाईँकै जिल्ला जाने बाटो भासुभीरमा दिउँसै बत्ती बाल्नुपर्छ । यति फरक रह्यो ओलीबा पूर्वका परे, देउबा पश्चिमका । ओलीबा र देउबाको फरकपन के महसुस होला, जब कि तपार्इँ पनि एमसीसीको विज्ञ रे उतै ढल्कनु भएको देखिन्छ । ४१ महिनामा ओलीबाले देशलाई हरिबिजोक र कंगाल बनाएका छन्, साँढे आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने सपना देखाए । ऋणको मात्रालाई तेब्बर बनाउँदै ऋणात्कम नै आर्थिक वृद्धिमा समृद्धिको खोक्रो नारा अलापे, चमत्कारी आर्थिक विकास गरेको भन्दै उनकै छिमेकीलाई अमेरिकी राजदूत बनाए, पुरस्कृत बनाए ।

भारतको पुनर्गठित मन्त्रिपरिषद्मा मन्त्रीको योग्यता मगाएर पढ्नूस्, विश्लेषण गर्नूस् अनि योग्यता संस्कार, सभ्यता के रहेछ भनेर थाहा हुन्छ

अध्यादेशको चाङलाई कसरी छिनो फानो गर्ने, योग्यता नै नभएका र सुनुवाइबिनै खल्तीबाट नियुक्ति भएका उच्च उच्च पदस्थ संवैधानिक आयोगका महानुभावलाई के गर्नुहुन्छ ? हेर्नुस् झुन्ड र आसेपासेले वरिपरि चाकरी देखाउँदैमा सबै मान्छे आप्mना हुँदैनन्, लोभ नगरी परै बसेर समालोचना गर्ने, ठीकलाई ठीक भन्ने बेठीकलाई बेठीक भन्ने निष्पक्षी भई आलोचना गर्नेलाई पनि सम्झने गर्नुस्, ओलीबामा भएको मपार्इँ र अहंपनाले गर्दा भारी बहुमत गुमेको हो, कम बोल्नोस् धेरै काम गर्नोस्, फजुलको भाषण नगर्नोस्, जनतालाई कोरोनाले मात्रै होइन दलको व्यवहारले आजित पारेको छ, नसक्ने कामको फेहरिस्त नै नदेखाउनुस्, अब ओलीबाको जस्तो सपना बाँडेर जनता पत्याउनेवाला छैनन् ।

स्मरण रहोस् देशमा अहिलेको जस्तो नाटक धेरैपटक मञ्चन भइसकेको छ, ओलीबा गएर देउबा आउँदा पूmलैपूmलको वर्षा हुने होइन देशमा, बरु वर्षाको भेलले मेलम्ची मात्रै होइन देशै बगाउँन लागिसक्यो, तपाईँको दल समेतको समर्थनमा आएको चुच्चे नक्साको हालत अब के हुने हो ? अन्य सिमाना सुरक्षाको सट्टा नेता सुरक्षामा खर्च बढी भयो नि त लोकतन्त्र र गणतन्त्र भनेको यही हो कि यो गाँडतन्त्र र लोभतन्त्रै बढी हो ? अहिले तपार्इँलाई संयोग प¥यो बालुवाटार पाउनुभयो अब निर्वाचनबाट जनताले तपाईँलाई त्यहाँ लग्ने कामको प्रयास गर्नुस् तर पैसाको लगानीले होइन जनताको मन जितेर नि । कोरोनाको अर्को लहर भन्दै ओलीबाले भैmँ नेपाल पुरै बन्द गरेर आपूm सुरक्षित हुनुपर्ने अवस्था आउला ।

पुराना पापहरू बाँकी छन् भने धोइपखाली गर्दा राम्रो हुन्छ । समय यही हो चोखिने समय यति बेला नै हो, अझ सक्नुहुन्छ भने तपार्इँलाई के नपुग्दो छ र तपाईँ र तपाईँको टिमले तलब नलिई काम गर्ने घोषणा गर्नूस्, जनतालाई राहत दिनूस्, इन्धनको भाउ भारी मात्रामा घटाइदिनूस्, धारा बत्तीको भाउ आधै पारिदिनूस्, असारे विकास, डोजरे विकासलाई छोड्नूस् । सांसद विकास कोष एकातिर मात्रै होइन देशैभरि रोक्नूस्, जनतालाई रोजगारी र खोप दिनूस्, विदेश भासिनुबाट जोगाउनूस् गरिब देशले यत्राविधि राजनीतिक संयन्त्र पाल्नै सक्दैन, सोच्नूस्, नजिकको देश भारतमा २२ करोड जनसंख्या भएको ठाउँमा एक प्रदेश छ, अस्ति मात्रै पुनर्गठित भारतको मन्त्रिपरिषद्मा मन्त्रीको योग्यता मगाएर पढ्नूस्, विश्लेषण गर्नूस् अनि थाहा हुन्छ, योग्यता संस्कार, सभ्यता के रहेछ भनेर । यो भएन, त्यो भएन भनेर खिल्ली उडाउँन सजिलो छ हातैमा डाडुपन्यूँ भएका बेला भान्से बन्न सजिलो छैन ।

भारत पाकिस्तानको वाक्युद्ध कम छैन तर ठूलाको फेरबदलमा एकले अर्कालाई खुलेर बधाई दिने गरेका छन्, सँगै बसेर खाएकाले अहिले यहाँ बधाई भन्न सकेका छैनन्

निरंकुश अध्यादेशमुनि बसेरै राज्य सञ्चालन गर्ने कि उदार लोकतान्त्रिक भएर, उदार र लोकतान्त्रिक हुन त्यस्तै शिक्षा र संस्कार चाहिन्छ, योग्यता, विज्ञता, क्षमता, भिजन, मिसन र एक्सन चाहिन्छ । अतीतमा त तपाईँसँग त्यस्तो देखिएको थिएन, पहिले भैmँ टालटुले पाराले देश चलाउने भए ओलीबा र देउबामा जनताले केही फरक देख्न पाउने छैनन्, एउटा बोल्नमा कडा अर्को बोल्नमा अलि नरम मात्रै । जनताको आँसु सुकिसकेको छ, बन्दाबन्दी र कोरोनाले, ठूला घोटाला ओझेलमा परेका छन्, आप्mना प्रिय पात्रलाई सबै सुविधा दिइएको छ, हिमाल रुचाउने यतीहरू सहरतिर रमाएका छन्, राज्य संयन्त्र पुरै निष्कृय छ, सेवा प्रवाह भएकै छैन, राजनैतिक बजार मिलाएर मात्रै भएन, अर्थ बजार मिलाउने कसरी ? म अर्थ विज्ञ होइन भनेर तपाईँका अर्थमन्त्रीले भनिसकेका छन्, त्यसैले देउबा तपाइँका सामु धेरै चुनौती छन्, दल मात्रै होइन अब त जनता पनि बाठा भइसकेका छन्, हरेक कामको स्वमूल्यांकन गर्न जानिसकेका छन् ।

देशमा धर्म परिवर्तन भइरहेको छ । दुइतिहाई मत दिइएको भ्रष्टाचार निवारण, सुशासन, अपराध नियन्त्रण र सेवा प्रवाहमा राम्रो होस् भनेर हो, तर त्यसो भएन, अहिले सत्ता पक्षभन्दा प्रतिपक्षको संख्या धेरै देखिन्छ । दुर्गम भन्दै बैंक शाखा धेरै खुलेका छन्, दुर्गम क्षेत्रको घाटा सहरका ग्राहकले पूर्ति गर्नुपर्ने अवस्था छ । बैंक मर्जर भन्दै एकलौटी बनाउने प्रयास भएको छ । जनताले बैंकहरूबाट अधिक ब्याज र सेवा शुल्क तिरिरहेका छन्, निक्षेपकर्तालाई भारी मात्रामा ब्याज घटाइएको छ, ती पनि निराश छन् । अधिक कर संकलनले आमनागरिक विचल्लीमा छन्, कताबाट सुरु गर्नुहुन्छ काम ? जता हेर्याे उतै दुलाहरू छन् कतितिर टाल्नुहुन्छ ? यस्ता समस्याले अवस्था पेचिलो बनेको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

साताका लोकप्रिय समाचार

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

  काठमाडाैं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको...

कोरोना संक्रमणले तीन साताभित्र विदेशमा थप ३९ नेपालीको निधन

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार...

सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन

काठमाडौ । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव...

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

ट्रेन्डिङ

अटो, बोलेरोदेखि ट्रकमा समेत गाँजा ओसारपसार

चुरे (मकवानपुर) । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ । यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’...

सुरक्षा गार्डले घाँटी थिचेर हत्या गरे अनि सुनको सिक्री झिके

  इलाम । सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)