लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । शेरबहादुर देउवा पाचौंपटक यो मुलुकको प्रधानमन्त्री भएका छन् । देउवालाई देश विकास र सुशासनको क्षेत्रमा प्रभावकारी काम गर्न असक्षम नेता भन्नेहरू धेरै छन् । तथापि, इतिहासबाट पाठ सिकेर यो कार्यकालमा उनले असल काम गरी इतिहास निर्माण गर्ने अवसर छ, यसै गरुन् । देउवा नेतृत्वको गठबन्धन सरकारले देश र जनताको हितमा राम्रो काम गर्न सकोस् । भ्रष्टाचार निर्मूल गरोस् । महंगी नियन्त्रण गरोस् । सुशासन दिन सकोस् ।

नागरिकहरूले हरेक राजनीतिक दललाई नियाली रहेका छन्, मूल्यांकन गरिरहेका छन् । जनताको मूल्यांकनमा नेपाली कांग्रेसमा सक्षम नेतृत्व नभएका, नेतामा पदलोलुपता भएको, विपीवादलाई पछ्याउन नसकेको, वृद्ध नेताले विगत तीन दशकदेखि ठाउँ ओगटी रहेको, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नचाहेको, बाँचुन्जेल पदमा रहनका लागि टुट, फुट, गुट, आदि इत्यादि कर्ममा नेता खप्पिस भएको बुझाइ छ । यसैगरी, कांग्रेसका नयाँ पुस्ताका नेता पनि शक्तिकेन्द्रको वरिपरि घुम्ने, नेताको जयजयकार गर्ने, अवसर पाएमा काले काले मिलेर खाम भालेको अवसरमा रमाउने गरिरहेको आरोप छ । विपीको समाजवादको आवरणभित्र राजनीतिलाई केन्द्रदेखि स्थानीय तहसम्म आयआर्जनको माध्यम बनाएको जस्ता सामाजिक असन्तुष्टिबाट माथि उठाउन देउवा सरकारले सोचबुझका साथ काम गर्नु पर्ने वेला आएको छ ।

नेपालका कम्युनिस्टलाई सचेत वर्गले बिगार्न जान्ने तर बनाउन नजान्ने दलका रूपमा बुभ्mने गरेको पाइन्छ । कम्युनिस्ट धर्म, संस्कृति, परम्परा, सनातनी संस्कार, ऐतिहासिक गौरवको अनुभूति नभएको दलका रूपमा परिचित छन् । यिनीहरू सामाजिक मूल्य र मान्यताप्रति विमुख, आयातीत राजनीतिक दर्शनका पुजारी, आपसी द्वन्द्व, कलह र विखण्डनवादी अभ्यासका पात्र हुन् भन्ने गरिन्छ । यिनै कांग्रेस र कम्युनिस्ट विगत तीन दशकदेखि सत्ताको वरिपरि छन् । देशमा हुने गरेका भ्रष्टाचार, कुशासन र पछौटेपनका कारक तŒवका रूपमा यिनै दलको भूमिका जिम्मेवार छ ।

भ्रष्ट नेता वा कर्मचारीलाई सम्मान होइन, अपमान गर्ने संस्कृतिको विकास गर्नुपर्छ

अहिले युद्धको राप र तापबाट निर्माण भएको माओवादी पार्टी छिन्नभिन्न भएको छ । यो दलका सर्र्वहारा जनताको नेर्तत्व गर्ने भनिएका नेता कमाउ धन्दामा लागेको देखिन्छ । हरेक दलका शीर्ष नेताको भागबन्डामा बाँडिएका कार्यकर्ताको चेतना आप्mना पक्षका नेतालाई देवत्वकरण गर्ने र राजनीतिक फाइदा लिने गरेको पाइन्छ । यिनीहरूले प्रजातन्त्रको मूूल्य, मान्यता र संस्कारलाई शिरोधार्य गरेको पाइँदैन । बरु नेताको वरिपरि घुम्ने र नेतृत्वमा पुग्ने नेतालाई दिग्भ्रमित पार्ने काममा कार्यकर्ता नै जिम्मेवार भएको पाइन्छ । स्वार्थ र व्यक्तिवादमा अन्धभक्त भएको कार्यकर्ताले अमुक नेतालाई सत्तामा टिकाउने र रसपान गर्ने कर्म गर्ने भएकाले कुनै पनि नेताले प्रभावकारी सरकार चलाउन सकेको अवस्था छैन । शीर्ष भनिनेले कार्यकर्ताको भीडलाई सिंगो नेपाल देख्ने गरेकाले आत्मकेन्द्रीत हुने गरेको पाइन्छ । यसरी हेर्दा नेपालका कुनै पनि राजनीति नेतृत्वमा आउट स्ट्यान्डिङ क्षमता भएको व्यक्ति नहुनु देश र जनताका लागि दुःखद् पक्ष हो । अन्योलपूर्ण भविष्यको संकेत हो ।

विकसित देशको राजनीतिक इतिहासको अध्ययन गर्दा राजनीतिले बाटो बिराएको बखतमा देशका प्रवुद्घवर्ग, विद्घत समूह, नागरिक समाजलगायत आम नागरिकले राजनीतिक दल एवं राज्यलाई दिशानिर्देश गरेको पाइन्छ । हाम्रो देशमा नागरिक समाजको भूमिका कमजोर छ । बौद्धिक राजनीतिक कित्तामा बाँडिएका छन् । राजनीतिले हरेक क्षेत्रलाई हस्तक्षेप गरेको अवस्था छ । देशका प्रबुद्घवर्ग पनि राजनीतिक कित्तामा विभाजित छन् । त्यसैले नेपालका नेताले यो मुलुकलाई तहसनहस बनाइरहेका छन् । दलहरू स्वार्थकेन्द्रित कुटील चालवाजीमा अभ्यस्त छन् । मुलुकमा भएको तीव्र राजनीतिक परिवर्तन सँगसँगै सामाजिक रूपान्तरण र आर्थिक समृद्घिको आवश्यकतालाई लत्याएर राजनीतिक दल आन्तरिक कलह र सत्ता स्वार्थमा निर्लिप्त छन् । नागरिकका समस्या ज्यूँका त्यूँ छन् । उल्लेखित राजनीतिक अवस्थालाई आमनागरिकले नबुझेसम्म विसंगति र कुसंस्कारले भरिएको राजनीति सुध्रने देखिँदैन ।

अहिले आधा दर्जन राजनीतिक दलका शीर्ष भनिने नेताको मतिमा देश चलेको छ । नागरिक रमिते हुनुपरेको अवस्था छ । यस्तो बखतमा समाजका अग्रजहरू पढेलेखेका, जाने बुझेका, सामाजिक हैसियत भएका इलिट्सहरूले राज्यको लापर्बाहीमा एकजुट भएर खबरदारी गर्ने र आमनागरिकलाई राज्यका कमी कमजोरीप्रति सचेत बनाउने काम गर्नुपर्दछ । यसो गर्न सकिएन भने आयाराम र गयारामले उही प्रवृत्ति दोहोराउने छन् । कहिले कांग्रेस, कहिले कम्युनिस्ट त कहिले अमुक दल सत्तामा पुग्ने र राइँदलो गर्ने बाहेक देश विकास र सुशासनका कुरा भाषणमा मात्र सीमित रहनेछ ।

एकतिहाईको हाराहारीमा जनसंख्या निरक्षर भएको हाम्रो जस्तो समाजमा राजनीतिक दलका सिद्धान्त, चुनावी घोषणापत्र र व्यक्ति विशेषको योग्यताको अध्ययन गरी सक्षमलाई मात्र मतदान गर्ने कुरा सम्भव देखिँदैन । राजनीतिक दबाब र प्रभावका आधारमा असक्षमलाई भोट दिने काम भइरहेको छ । समाजमा शैक्षिक चेतना कमजोर छ । जनतामा नागरिक शिक्षाको कमी छ । शैक्षिक चेतनाको अभावमा जागरुक हुने राजनीतिक चेतनाले विद्रोह जन्माउने दृष्टान्त हामीहरूले माओवादीले गरेको जनयुद्धका घटना र यसका परिणाम भोगी सकेका छौं । नेपालमा हरेक राजनीतिक सिद्धान्त र वादको प्रयोग भइसकेको छ । अब नेपालको लागि कुनै नयाँ राजनीतिक दल वा सिद्धान्तको खाँचो छैन । बरु समाजले दल वा नेता विशेषका कुकर्म र गैरजिम्मेवार कामविरुद्धमा एकजुट भएर प्रतिकार गर्नुपर्दछ ।

राजनीतिक परिवर्तन सँगसँगै सामाजिक रूपान्तरण र आर्थिक समृद्घिको आवश्यकतालाई लत्याएर राजनीतिक दल आन्तरिक कलह र सत्ता स्वार्थमा निर्लिप्त छन्

चेतनशील समाजको अभावमा भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्दैन । राजनीतिक दलले कार्यकर्तालाई प्रजातान्त्रिक चरित्रभन्दा पार्टीतान्त्रिक वुद्धि दिएकाले उनीहरूले अरूलाई देख्दैनन् । अरूको अस्तित्व स्वीकार गर्न सक्दैनन् । जनता भोक, रोग र शोककमा छन् । शिक्षित युवापुस्ता विदेशमा छन् । दल जिम्मेवार छैनन् । यस्तो अवस्थामा जुन दल वा व्यक्ति विशेष सत्तामा पुगे तापनि आमनागरिकलाई कागलाई बेल पाक्यो हर्ष र विस्मातको अवस्था पुनरावृत्ति भई नै रहने सम्भावना रहन्छ । राष्ट्रिय ढुकुटीबाट धन रासी कुम्ल्याउने, दलगत राजनीति गर्ने, जनताको भावनालाई कुल्चने, राजनीतिलाई स्वार्थ केन्द्रीत विषय बनाउने र देशलाई बर्बाद पार्ने दलका पछाडि लाग्ने कार्यकर्ता एवं निर्वाचनमा लामबद्ध भएर मतदान गर्ने आमजनता भएसम्म योग्यले सत्ता सञ्चालन गर्ने अवसर पाउँदैनन्, अहिले यस्तै भएको छ ।

यदि आगामी दिनमा राजनीतिलाई सच्याउने हो भने दलका छेपारे चरित्र एवं कुटील चालवाजीलाई आमनागरिकले बुभ्mन जरुरी हुन्छ । देश हामी सबैको साझा थलो हो । देश बिग्रँदा, भत्कँदा हामी सबै बिग्रन्छौं, यो देश दल विशेषको होइन, देशको झण्डामुनि उभिन सक्नु पर्दछ । राज्य विकास र नागरिकको समृद्घिमा गैरजिम्मेवार भएको अवस्थामा नागरिक एकजुट भएर गुण र दोषका आधारमा समर्थन र आलोचना गर्नसक्ने क्षमता राख्नुपर्दछ । प्रजातन्त्रलाई जनताका लागि, जनताले नै सञ्चालन गर्ने राज्य व्यवस्था भनिन्छ । तापनि हाम्रो देशको सन्दर्भ यसो हुन सकेको छैन । सामाजिक चेतनाको अभावमा प्रजातान्त्रिक अभ्यास बलियो हुन सक्दैन । त्यसैले भ्रष्ट नेता वा कर्मचारीलाई सम्मान होइन, अपमान गर्ने संस्कृतिको विकास गरौं । भ्रष्टाचार गरेर कमाएको धनबाट निर्मित सुकिलो, मुकिलो सम्पन्न वा तडकभडकको जीवनशैलीलाई इज्जत होइन तिरस्कार गरौं । भ्रष्ट राजनीतिक व्यक्ति, कर्मचारी, ठेकेदार वा जो कोहीलाई पनि सामाजिक बहिष्कार गरौं ।

अन्त्यमा नेपालमा ढिलो चाँडो आमनिर्वाचन हुन्छ । नेपालको संविधानले १८ वर्ष पूरा भएका हरेक नागरिकलाई आपूmले चाहेको राजनीतिक दल वा व्यक्तिलाई निर्वाचनमा स्वतन्त्रपूर्वक मत दिन पाउने अधिकारलाई सुनिश्चित गरेको छ । यस सन्दर्भमा राजनीतिक विसंगतिको अन्त्यको लागि हरेक उमेर समूहका जनता सचेत बनौं । चेतनशील बनांै । असक्षमलाई सत्तामा पुराउने भ-याङ नबनांै । सचेत नागरिकको भूमिका निर्वाह गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी